बुटवल आम्दा अस्पतालमा आर्थिक अभावले शिशु उपचार अलपत्र

स्वास्थ्यसमाचार/ आर्थिक अभावले उपचार खर्च तिर्न नसक्दा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक शिशु अलपत्र परेकी छन् । छ महिनाको समय अवधिमा मात्रै जन्मिएकी शिशुको आम्दामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अहिले उनलाई गर्नुपर्ने औषधि उपचारमा गाह्रो भइरहेको परिवारले जनाएको छ। अस्पतालले उपचार खर्च जोडिरहने तर, उपचार खर्च आफूसित नहुदा अब उपचार कसरी गर्ने भन्ने समस्या भएको आमा मीनादेवी कंडेलले बताइन् । गुल्मीको दरबार गाउपालिका बाख्रे घर भै बुटवलको कालिकानगर बस्दै आएकी मीनाले गर्भ रहेको ६ महिनामै शिशु जन्माएकी थिइन् ।…

धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट प्रयोगशाला सेवा सुरु

स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिकामा धुर्कोट आधारभूत अस्पतालसहित सबै स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु गरिएको छ । सोमबारदेखि धुर्कोट गाउँपालिका–७ को वाग्ला स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सुरु गरिएको छ । स्वास्थ्य सेवा उपभोग गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । सिमित स्रोत साधन र जनशक्तिकाबिच धुर्कोट गाउँपालिकाले सवै स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागि आवश्यक पहल गरिरहेको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले जानकारी दिनुभयो । तीनै तहका सरकारसँग पहल गरेर पालिकाका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार, मेसिनरी औजार तथा उपकरण आदिको व्यवस्थापन गरेको पोख्रेलले बताउनुभयो । जिल्लामा सबैभन्दा पहिला १५ शय्याको आधारभूत अस्पताल…

डब्लूएचओद्वारा ‘पब्लिक हेल्थ च्याम्पियन’ घोषणा : नेपाली स्वास्थ्य स्वयंसेविकालाई सम्मान

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले सार्वजनिक स्वास्थ्य च्याम्पियन पुरस्कारका विजेताहरूको घोषणा गरेको छ । यस वर्षको पहिलो संस्करणमा नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचभी), भारतका अपाङ्गता समावेशीकरणका अगुवा डा. सतेन्द्र सिंह र लेप्रा सोसाइटी विजेता घोषित भएका छन् । डब्लूएचओले सार्वजनिक स्वास्थ्य च्याम्पियन पुरस्कार स्थापना गरेर क्षेत्रीय सदस्य राष्ट्र वा समुदायको स्वास्थ्यमा असाधारण योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने उद्देश्य राखेको छ । यसपटक बंगलादेश, भारत, नेपाल र थाइल्यान्डबाट जम्मा ५० नामांकन प्राप्त भएकोमा तीन समूह÷व्यक्तिहरू छनोट भएका हुन् । नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले देशका…

“मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम समापन”

स्वास्थ्यसमाचार /रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम समापन भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुवन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब सार्कीको बिशिष्ट आतिथ्य तथा मनोरोग विषेशज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायतको आतिथ्यमा तालिम समापन गरिएको थियो । “समापन कार्यक्रममा सहभागिताको तर्फबाट बोल्दै श्रृजना बुढाले तालिम उपलब्धीमूलक र कार्य गर्नका लागि सहज…

संजीवनी शिक्षण अस्पताल, दाङ्गको ‘शुभसाइत कार्यक्रम’ सम्पन्न

स्वास्थ्यसमाचार/ बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घोराही उपमहानगरपालिका–३, भानपुरस्थित संजीवनी शिक्षण अस्पतालको ‘शुभसाइत कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। करिब ४ अर्ब लगानीमा स्थापना भएको अस्पताल दशैंलगत्तै पूर्ण सञ्चालनमा आउने तयारीमा छ। हाल ३०० शैयाबाट सेवा प्रारम्भ हुने र आगामी तीन वर्षभित्र ५०० शैयामा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु, डायलासिस, क्याथ ल्याब तथा ५० शैयाको आकस्मिक सेवा २४ घण्टा उपलब्ध गराउनेछ। अस्पतालमा न्युरोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी लगायतका विशिष्टिकृत सेवा उपलब्ध हुने जनाइएको छ। साथै ‘बी’ श्रेणीको अत्याधुनिक प्रयोगशाला, एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल…

अख्तियार छानबिनका कारण संगीताको स्वास्थ्य मन्त्री नियुक्ति रोकियो

स्वास्थ्यसमाचार/आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएको डा संगीता कौशल मिश्राको सिफारिस ‘होल्ड’ गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा आइतबार बेलुका पाँच जना मन्त्रीलाई नियुक्त गर्न सिफारिस गरेकी थिईन् । त्यसमा एक जना थिईन डा मिश्रा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिवबाट आइतबार राजिनामा दिएर स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा मिश्रालाई भ्रष्टाचारको आरोप लागेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले सिफारिस होल्डमा राखेकी हुन् । डा मिश्रालाई मन्त्रीका लागि सिफारिस भएको खबर सार्वजनिक भएपछि अख्तियारले डा। मिश्राको नाममा धेरै…

वैदेशिक रोजगार स्वास्थ्य परीक्षण संस्थाहरूको नयाँ संघ गठन, सिन्डिकेटविरोधी अभियान घोषणा

स्वास्थ्यसमाचार/ वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरूले नयाँ संघ गठन गरी कार्यालय उद्घाटनसँगै नेपालीहरुको महानचरण पर्वको शुभकामना आदानप्रदान गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष रामहरि थापाले सिन्डिकेटको विरोधमा संघको स्थापना भएको उल्लेख गर्दै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए। उनले व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे। त्यस्तै, सोमराज लिम्बू र नुरपति भण्डारीले स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघको साठगाठमार्फत मन्त्रालयमार्फत अनुगमन गराएर व्यवसायीलाई त्रसित पार्ने प्रयास भएको आरोप लगाए। उनीहरूले ‘सी’ ग्रेडमा उपलब्ध सामग्री र उपकरणमार्फतै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न…

स्वास्थ्यमन्त्री डा मिश्र सहित पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। उनी स्वास्थ्य अतिरिक्त सचिव हुन्। उनले उक्त पदबाट राजीनामा समेत दिएकी छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिइएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ। उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्। त्यस्तै,…

डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्रा सिफारिस भएकी छन् । आइतबार बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको क्याबिनेट बैठकले स्वास्थ्यमन्त्रीमा डा. मिश्रालाई सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रीमा नियुक्ति हुने निश्चित भएपछि उनले आइतबार नै स्वास्थ्य सेवाको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् । स्वास्थ्य सचिव हुने लाइनमा रहेकी उनी स्वास्थ्य सचिव भने बन्न सकिनन् । निवर्तमान स्वास्थ्य…

अतिरिक्त सचिव डा. संगीताको राजीनामा, स्वास्थ्यमन्त्री बन्ने चर्चा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने सम्भावना बढेपछि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले पदबाट राजीनामा दिएकी छन् । आइतबार उनले सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री सम्भावना बढेपछि अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी हुन् । उनी स्वास्थ्य सेवाकी १२ औं तहकी उच्च अधिकारी हुन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् । स्वास्थ्य सचिव हुने लाइनमा रहेकी उनी स्वास्थ्य सचिव भने बन्न सकिनन् । निवर्तमान स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य…