स्वास्थ्यसमाचार/ पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो। विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए। उनी कारोबार दैनिकमा लामो समयदेखि कार्यरत थिए भने भैरहवाबाट आफ्नै सम्पादनमा न्यूज ओके पत्रिका र अनलाईन सञ्चालन गर्दै आएका थिए। यसका साथै अन्य थुप्रै सञ्चारमाध्यममा कार्यरत रहे। पाल्पाबाट पत्रकारिता गरेका ५२ वर्षीय शर्माको निधनले रुपन्देहीको पत्रकारितामा ठूलो क्षती पुगेको छ। शर्माकी श्रीमती, एक छोरी र एक छोरा छन्। पारिवारिक स्रोतका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य मन्त्रालयद्धारा सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया स्थगित
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा प्रभावसंग सम्बन्धित सेवा बाहेक सरुवा, काज, कामकाज सम्वन्धी काम कारवाहीहरु स्थगित भएको जनाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै सरुवा काज कामकाज सम्वन्धी काम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको हो । मन्त्रालयले २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा भएको आगलागीबाट भवनको संरचना र त्यस भित्र रहेका सम्पूर्ण अभिलेखहरु जलि नष्ट भएको उल्लेख गरेको छ । गत २३ भदौमा जेनजी नेतृत्वको आन्दोलनमा सरकारले व्यापक दमन गर्दा २४ भदौमा जेनजीसंगै स्वतस्फूर्त नागरिक समुदाय सडकमा आएको थियो । सो क्रममा प्रदर्शनले उग्र…
स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड भुक्तानी
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा सेवा उपलव्ध गराउने अस्पतालहरुले गतवर्ष (२०८१ साल) असोज मसान्तसम्मको बक्यौता रकम प्राप्त गरेका छन् । स्वास्थ्य बीमा बोर्डले गत २० भदौमा ४ अर्व ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो । यो रकमले बीमितलाई उपचार सुविधा उपलव्ध गराएका अस्पतालहरुको गतवर्ष असोज मसान्तसम्मको बक्यौता रकमको सोधभर्ना भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । त्यसो त बोर्डले असोज यता चैतसम्म उपचार सेवा उपलव्ध गराउने अस्पतालहरुलाई सेवामा समस्या नहोस भन्दै पेश्की वापत ४ अर्व ३८ करोड रुपैयाँ गत वैशाखमा भुक्तानी गरेको थियो । सूचना अधिकारी मल्लका अनुसार पछिल्लो भुक्तानी पछि…
बुटवलमा नर्सिङ कर्मचारीका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य तालिम शुरु
स्वास्थ्यसमाचार/ रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीको बिशिष्ठ आतिथ्य तथा मनोरोग बिषेशयज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायको आतिथ्यमा तालिम सुभारम्भ भएको थियो । तालिम शुभारम्भ कार्यक्रममा स्वागत गर्दे स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिव सार्कीले नेपालमा…
रूपन्देहीमा जेन–जी आन्दोलनको भयानक क्षति: सरकारी, पार्टी कार्यालय र होटलमा तोडफोड–आगजनी
बुटबल/जेन–जी आन्दोलन क्रममा भएको लुटपाट, तोडफोड र आगजनीबाट अशान्त बनेको जनजीवन सामान्य बन्दै गएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाको मृत्यु भयो। देशभर १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका भएका थिए। लुम्बिनीमा ३७ प्रहरी र २० प्रदर्शकारी घाइते भए।लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा पनि ठूलो भौतिक क्षति भएको छ। स्थानीय प्रशासन कार्यालयहरूले भौतिक क्षतिको विवरण संकलन गरिरहेका छन्। प्रहरीका अनुसार धेरैजसो जिल्लामा आइतबार बिहानसम्म कर्फ्यु र निषेधाज्ञा रहेकाले दिउँसो मात्र क्षतिको विवरण संकलन सुरू भएको छ। सोमबार अपराह्नसम्म पनि लुम्बिनीका सरकारी कार्यालय, प्रहरी चौकी,…
जेन–जी प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, गृहमन्त्री र ऊर्जामन्त्री सहभागी
स्वास्थ्यसमाचार / जेन–जी आन्दोलनमा मारिएकाहरूको मंगलबार शवयात्रा भएको छ। जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागि मारिएकाहरूको शवयात्रा गरिएको हो। त्रिवि शिक्षण अस्पतालमा पोष्टमर्टपछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिएको थियो।त्रिवि शिक्षण अस्पतालबाट शवयात्रासहित मंगलबार पशुपतिस्थिति आर्यघाट पुर्याएर मृतकरूको अन्त्येष्टि गरिएको हो। शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए। उनीहरूले राष्ट्रिय झन्डा ओढाए। मृतकहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। शवयात्राका क्रममा मृतकका आफन्त शोकविह्वल देखिन्थे। शवयात्रामा सरिक भएकाहरू पनि भावविह्वल बनेका थिए। सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ…
अर्घाखाँचीका मनकारी तुलसीराम : अकबरे खुर्सानी बेचेर जम्मा गरेको १ लाख १सय सिंहदरबार पुनःनिर्माणमा सहयोग
स्वास्थ्यसमाचार/ सिंहदरबारसहित देशभरका प्रशासनिक भवनहरू ध्वस्त बनेका बेला अर्घाखाँचीको ग्रामीण क्षेत्रका एक किसान तुलसीराम अधिकारीले पुनःनिर्माणका लागि ठूलो मन देखाएका छन्। शितगंगा–२ सितापुरका अधिकारीले सोमबार प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा १ लाख १०० रुपैयाँ जम्मा गर्दै जिल्ला प्रशासन कार्यालयमा सहयोगको भौचर बुझाए। ‘फेरि यस्तो नहोस्, म बनाउँछु सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहित प्रशासन पुगेका अधिकारीले आफूले टिमुर, अकबरे खुर्सानी र तरकारी बेचेर जम्मा गरेको रकम आत्मशान्ति र श्रद्धाका रूपमा अर्पण गरेको बताए। अधिकारीले भने, “सिंहदरबार जलेपछि मलाई निद्रा लागेन। यो ठूलो रकम होइन तर सन्देश हो। सबै मिलेर…
पूर्व स्वास्थ्यमन्त्री गगन थापा काङ्ग्रेस महामन्त्री पद छोड्न तयार
स्वास्थ्यसमाचार/ पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन र आमूल परिवर्तनका लागि आफू सहर्ष पदत्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ । भदौ २३ र २४ गते जेन-जी युवाहरूको आह्वानमा सुरु भएको आन्दोलनपछि देश नयाँ राजनीतिक संकटमा प्रवेश गरेको सन्दर्भमा थापाले आफ्नो प्रस्ताव सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो । उहाँले आन्दोलनका क्रममा मारिएका युवाहरूको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीति निर्माण गर्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रलाई जोगाउन निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु र संविधानको रक्षा गर्नु आजको प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।…
प्रधानमन्त्री कार्की र डा. सन्दुक रुइतको भेट : ‘बिरामी छाडेर सरकारमा नजाने’ रुइतको भनाई
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेका छन् ।मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा। रुइतसँग आग्रह गरेकी थिइन् ।जवाफमा डा रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । सञ्चारकर्मीले क्याविनेटमा आउने हो भनेर सोधेको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम…
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
स्वास्थ्यसमाचार/ शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद बैठकले ९ वटा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहादत प्राप्तलाई सहिद घोषणा गर्ने निर्णय गर्दै आगामी असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने घोषणा गरेको हो। सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुको राष्ट्रिय सम्मानसहित अन्तेष्टि गर्ने, प्रतिपरिवार १० लाख क्षतिपूर्ति तथा थप ५ लाख अन्य खर्चका लागि उपलब्ध गराउने निर्णय गरेको छ। घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ भने शव लैजानका लागि निशुल्क सवारी साधन, दुर्गम क्षेत्रमा हेलिकोप्टर र दाहसंस्कारमा सहयोग गरिनेछ। बैठकले आन्दोलनका क्रममा भएको…

