भरतपुर पुरानो मेडिकल कलेजको आइसीयू छिरेर नर्समाथि मुक्का प्रहार

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् । स्वास्थ्यसमाचार/आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक रोशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए । हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा शुप्रभात श्रेष्ठले जानकारी दिए । नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।…

लुम्बिनी प्रादेशिक अस्पताललाई बिरामी थेग्न हम्मे-हम्मे,क्षमता ५ सय, विरामी २५ सय बढी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिका अस्पताल बुटवलको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो । यो अन्तरंग, बहिरंग लगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्ने अवस्था हुन्छ । तर अहिले अस्पतालमा दैनिक सवै क्षेत्रमा गरेर २५ सय भन्दा बढि विरामीले उपचार गराईरहेका छन् । लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएको कारण पनि विरामीहरुको संख्या ह्वात्तै बढेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नायव शुब्बा चिरन्जीवी घिमिरेका अनुसार ५ सय बढी बेड क्षमतामा अस्पताल संञ्चालनमा रहेको छ। अस्पतालमा आईतबारको ओपीडी टिकट मात्रै…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराएका १८ हजार मध्ये १ हजार २० वर्ष मुनिका

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका १२ जिल्ला १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका हुन् ।त्यसअघि आर्थिक वर्षमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याक रहेको छ। गर्भपतन गराउनेमध्ये १६ हजार ९ सय ५२ जना २० वर्षभन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको…

स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघको माग

स्वास्थ्यसमाचार /स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघले माग गरेको छ। प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनीको बैठकमा यस्तोमाग गरिएको हो। प्रदेश कार्यसमितकाका अध्यक्ष निरञ्जन पोखरेलको अध्यक्षता स्वास्थ्यमन्त्रीका सल्लाहकार हरि पुनको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेषज्ञ आतिथ्यमा सम्पन्न भएको हो। बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु , स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हरुको लोकसेवा द्वारा बिज्ञापन, गैरसरकारी सरकारी सस्थाहरुमा जनस्वास्थ्य कर्मिहरुको अत्यधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको संघका सचिब नरेश श्रेष्ठ वताउनु भयो।

स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकामा महिला स्वास्थ्य स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम  गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक पटक मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिने भएको छ। मानसिक रोगको निःशुल्क स्वास्थ शिविर हरेक महिनाको दोस्रो मंगलबार गरिने भएको छ।विश्व स्वास्थ संस्था तथा सि.एम.सि नेपाल संस्थाले ५ महिना सम्म सहयोग दिने र सो मानसिक स्वास्थ्य र परामर्श को लागी शुद्धोधन गाउँपालिकाले निरन्तर दिने उक्त कार्यक्रम यस शुद्धोधन गाउँपालिकामा…

बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने

स्वास्थ्यसमाचार/ बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराए । यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उजले जानकारी गराए । देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको…

भिम अस्पताल भैरहवाको मेडिकल सुपरिटेन्डेन्ट फेरिए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकारले भिमअस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयले मेसुमा कार्यरत डाशकुन्तला गुप्तालाई लुम्बिनी प्रादेशिक अस्पतालमा काज फिर्ता गर्ने र डा नुरूल होदालाई पृथ्वीचन्द्र अस्पताल परासीवाट भैरहवामा रहेको भिम अस्पतालमा सरुवा गरि मेसुको जिम्मेवारी दिएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले पृथ्वीचन्द्र अस्पताल परासीमा मेसु रहेका डा.नुरूल होदालाई भिम अस्पताल भैरहवामा सरुवा गरेको मन्त्रालयले जनाएको छ। डा डा.नुरूल होदा आजै भिम अस्पतालमा आई हाजीर समेत गरेको अस्पताल प्रशासनले जनाएको छ। गुप्ता बिगत ३ बर्ष सम्म भिम अस्पतालमा मेसुको जिम्मेबारी समाल्नु भएको थियो। भने पृथ्वीचन्द्र…

लुम्बिनी प्रादेशिक अस्पताल कर्मचारी युनियनको अध्यक्षमा गौतम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिकास समिति कर्मचारी युनियनको अध्यक्षमा तिलक गौतम निर्वाचित हुनु भएको छ। आज अस्पतालमा भएको बिकास समिति कर्मचारी युनियन को भेला ले गौतमलाई सर्बसहमतिमा निवाचित गरेको हो।समितीको उपाध्यक्षमा सागर गौतम, कमल लामिछाने,भगबती पान्डे सचिबमा दिपन्द्र पौडेल,सह सचिबमा ईन्द्र राई,कोषाध्यक्षमा कमला राना सह कोषाध्यक्षमा बाबुराम बराली रहनु भएको छ । भने सदस्यहरुमा कल्पना बस्याल,हिरा घिमिरे,शर्मिला ज्ञाबली,राम बहादुर राबल,रेशम पौडेल,लिला भन्डारी,मनकुमारी सार्र्की रहनु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको अध्यक्षता ,अस्पताल बिकास समिति कर्मचारी युनियनको केन्द्रीय अध्यक्ष सुरेन्द्र राज पन्त बिशिष्ठ…

अनुगमन आएको थाहपाएपछि औषधी पसललेहरु सटरलगाएर हिडे

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन आएको थाह पाएपछि सटर लगाएर हिडेका छन। अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा टोलि हिडेको थाहपाएपछि अमुवामा रहेको फार्मा सटर लगाएर हिडेको स्थानियले वताए । सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन । सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र…

डा. शकुन्तला गुप्ताको प्रयास वाट फेरिएको भिम अस्पतालको पहिचान

भैरहवामा पनि सरकारी अस्पताल छ र ? भन्ने जो कोही पनि अनविज्ञ थिए । बर्षौ पहिला स्थापना भएको भिम अस्पताल ईतिहास बोकेपनि मानिसको सेवामा पनि सहज रुपमा पुग्न सकेको थिएन । पुराना भौतिक पुर्वाधार, कर्मचारी अवाभ सेवा प्रवाहमा ढिला सुस्ती यी भिम अस्पतालका पुराना रोग जस्तै थिए । तर अहिले अस्पतालका यी सबै रोग निको मात्रै भएका छैनन, निर्भलीकरण नै भएका छन् , अर्थात उन्मुलननै भएका छन् ।भिम अस्पतालको नेतृत्वमा पुगेकी एक महिला चिकित्सकको कारण अहिले रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको भिम अस्पताले आफ्नो पहिचान नै बदलेको छ । आइपर्ने जुनसुकै…