स्वास्थ्यसमाचार/ बुटवलको लायन्स आँखा अस्पतालको सभापति पदमा मनोनित हुनु भएकोमा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघको बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित हुनु भएका श्रेष्ठलाई सममान गरिएको हो । उहाँलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले टिका सहित खादा लगाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष अर्यालले अस्पतालको व्यवस्थापकीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । लायन्स क्लव अफ बुटवलले स्थापना गरि सञ्चालनमा ल्याएको बुटवल लायन्स आँखा अस्पतालमा क्लवले ४ वर्षे कार्यकालको लागि अध्यक्ष सहित पदाधिकारी मनोनित गर्ने गर्दछ ।…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
चन्द्रौटा आधारभूत अस्पतालका मेसु डा. पाण्डे आक्रमण प्रयासबाट भाग्दा सडक दुर्घटनामा गम्भीर घाइते
स्वास्थ्यसमाचार/ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ सोनबर्सी खरेन्द्रपुरमा चन्द्रौटा आधारभूत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित पाण्डेमाथि आइतबार साँझ साङ्घातिक आक्रमणको प्रयास भएको छ। चोरको निगरानीमा बसेकाहरुले डा पाण्डेमाथि हतियार प्रयोग गरी आक्रमण गर्न खोज्दा उनले मोटरसाइकल तिब्र गतिमा अघि बढाउँदा सडक दुर्घटना भई गम्भीर घाइते भएका हुन्। प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
बुटवल हस्पिटल प्रा. लि. ले दशैं विदामा पनि सेवा दिने
बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैंको बिदा अवधिभर पनि सेवा दिने भएको छ । असोज १३ गते दशैंको फूलपातीबाट सरकारले बिदा दिएको भए पनि बुटवल हस्पिटल प्रा. लि. ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी अस्पतालका सबै सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।अस्पतालको इमर्जेन्सी, ओपीडी,आईसीयू, एनआईसीयू,अपरेशन लगायतका सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । सरकारबाट १०० शैयाको बेड सञ्चालन अनुमति प्राप्त बुटवल हस्पिटल प्रा. लि. ले वर्षभरि ३६५ दिन सेवा प्रदान गर्ने भएकाले कुनै पनि बिरामीलाई समस्या नपर्ने…
पूर्वस्वास्थ्यमन्त्री डा.तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?
स्वास्थ्यसमाचार/ पुर्वस्वास्थ्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले जेनजी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेकी छन्। भदौ २४ गते नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरुमा पार्टी सदस्यहरुको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन रास्वपाले छानबिन समिति गठन गर्ने निर्णय भएसँगै उनले आन्दोलनमा प्रहरीको गोलिबिच हिँडेको बताएकी हुन्। रास्वपामा सहमहामन्त्री विपीन आचार्यले नख्खु कारागारमा शीर्ष नेता सहभागी भएको र अन्य क्षेत्रमा पनि पार्टीका कार्यकर्ता तोडफोडमा सहभागी हुँदा बदनाम भएको भन्दै कारबाहीको माग गरेका थिए। केन्द्रीय सदस्य कार्कीले पार्टीको विशेष अधिवेशनको माग गरिन्। निवर्तमान सांसद समेत…
श्वासप्रश्वाससम्बन्धी रोग तीव्र बढ्दो: दम, निमोनिया, क्षयरोग र फोक्सोको क्यान्सर प्रमुख चुनौती
काठमान्डौ/ पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको छ । सरकारी तथ्याङ्कले पनि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्दै गएको देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा एक लाख ८७ हजार ८५७ र आर्थिक वर्ष २०८०-८१ मा दुई लाख ५९ हजार ११० जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो । श्वासप्रश्वाससम्बन्धी तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञ डा. रवि महतले श्वासप्रश्वाससम्बन्धी समस्या दम, निमोनिया, क्षयरोग, फोक्सोको क्यान्सर, रुघाखोकीजस्ता स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गरेको जानकारी दिनुभयो । प्रमुख श्वासप्रश्वाससम्बन्धी समस्या दम : डा. महतका अनुसार…
सीआईबीमा गृहमन्त्रीको घोषणा: राजनीतिक दबाबमा बन्द गरिएका सबै फाइल पुनःखोलिने
स्वास्थ्यसमाचार / गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सबै फाइल खोल्ने प्रष्ट्याए । अपराध अनुसन्धानमा अब ब्रेक थ्रू हुने गृहमन्त्रीको जिकिर छ । सुशासन दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बीचैमा भंग भएकाले अब सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनको भनाइ थियो । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नैपर्ने अर्यालले बताए ।…
सञ्चारमन्त्री खरेलद्वारा जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी
स्वास्थ्यसमाचार/ सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका हुन् ।भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे । सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।’
बिस बर्ष पारी अनि बिहेबारी यही हो जिम्मेबारी
”नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० बर्षको उमेर उपयुक्त हुन्छ । भने कानुनी रुपमा बिबाह गर्न महिला र पुरुष दुबै कम्तिमा २० बर्ष पुरा भएको हुनुपर्दछ ” महिलाको लागि २० देखि ३५ बर्ष र पुरुषको लागी २० देखि ४०/४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० बर्ष पछाडी र ३० बर्ष अगाडी पहिलो बच्चा जन्माउनु महिलाको लागी बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । सामान्य भाषामा भन्नुपर्दा २० बर्ष पारी अनि बिहेबारी भन्ने भनाई स्वास्थ्यको नाराकै रुपमा चलेको पाईन्छ ।…
स्वास्थ्य मन्त्रालयमा गुनासो व्यवस्थापन प्रणाली पुनःसक्रिय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न र छानबिन गर्ने व्यवस्थालाई थप सक्रिय बनाएको जनाएको छ। मन्त्रालयका अनुसार, कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या परेमा तत्काल गुनासो गर्न सकिनेछ। यसका लागि हेल्पलाइन नम्बर १११५, भ्वाइस ह्वाट्सएप नम्बर ९८५१२५५८२१, इमेल [email protected] लगायतका माध्यम उपलब्ध गराइएको छ। त्यसैगरी, प्रवक्ता तथा सूचना अधिकारीमार्फत् पनि गुनासो तथा प्रतिकृया दिने व्यवस्था गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई प्राथमिकता दिँदै यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएको छ।…
नवजात शिशु उपचार खर्चबारे आम्दा अस्पताल बुटबलको स्पष्टीकरण
स्वास्थ्यसमाचार/ सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलले नवजात शिशु उपचार खर्चबारे हालै सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। अस्पताल प्रशासनले गुल्मी दरबार गाउँपालिका–बाख्रे घर भई हाल बुटवलको कालिकानगर बस्दै आएकी मीना शर्माले भाद्र ४ गते नवजात शिशु NICU कक्षमा भर्ना गराएकी र भाद्र ७ गते डिस्चार्ज गराएको जानकारी दिएको छ। यस क्रममा NICU, भेन्टिलेटर, अक्सिजन, ल्याब, एक्स–रे लगायत सेवावापत कुल रु. २८ हजार ५३० शुल्क तोकिए पनि अस्पतालले रु. १० हजार छुट दिँदा जम्मा रु. १५ हजार ८३० मात्र तिरेको अस्पतालले स्पष्ट पारेको छ। आमाले किन त्यो भनिन त्यो…


