स्वास्थ्यसमाचार/ संजीवनी टिचिङ हस्पिटल दाङमा जटिल न्यूरो सर्जरी (हाइड्रोसेफलस) सफलतापूर्वक सम्पन्न भएको छ। दङ्गीशरण गाउँपालिका–३ दाङ निवासी निर्मला थापाकी तीन वर्षीया छोरी सङ्गीता थापाको टाउकोमा जमेको अतिरिक्त तरल पदार्थ हटाउने शल्यक्रिया सफल भएको हो। मस्तिष्कमा सेरेब्रोस्पाइनल फ्लुड (CSF) नामक तरल पदार्थ अत्यधिक मात्रामा जम्मा हुने अवस्थालाई हाइड्रोसेफलस भनिन्छ। यसले मस्तिष्कमा चाप बढाउँदा टाउको अस्वाभाविक रूपमा ठूलो हुने, बान्ता हुने, बेचैनी हुने तथा बालबालिकामा विकासमा असर पर्ने समस्या देखिन सक्छ। संजीवनी टिचिङ हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलम नेतृत्वको टोलीले गरेको शल्यक्रियापछि बालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ।…
संजीवनी शिक्षण अस्पताल
थवाङमा संजीवनीको स्वास्थ्य शिविर, ७ सय वढी लाभान्वित
स्वास्थ्यसमाचार/संजीवनी टिचिङ हस्पिटल घोराही, दाङ र थवाङ गाँउपालीकाको सम्युक्त आयोजनामा रोल्पा जिल्लाको थवाङ आधारभुत अस्पताल झकेबाङ, थवाङमा दुइ दिने निशुल्क बृहत स्वास्थ्य सिविर सम्पन्न भएको छ । यही असार चार र पाँच गते संचालन भएको सो सिविरमा सात सय बढी लाभान्वीत भए । सिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, शिशु तथा वालरोग, नाक कान घाटी, रेडियोग्राफी लगायतका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा थवाङ गाँउ पालिका अध्यक्ष ऋषिकेशव बुढामगरले सिविरले अस्पतालको पहुँच नपुगेका आम नागरिकले निशुल्क विशेषज्ञ सेवा, औषधी, भिडियो…
घोराही–३मा सञ्चालित ३०० शैयाको संजीवनी टिचिङ हस्पिटल नै किन?
संजीवनी टिचिङ हस्पिटल, घोराही–३ दाङमा ४ अर्बभन्दा बढी लगानीमा स्थापना भएको ३०० शैयाको अत्याधुनिक अस्पताल हो। अस्पतालमा जनरल फिजिसियन, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, शिशुरोग, मानसिक तथा नसारोग, सर्जरीलगायत विशेषज्ञ सेवा उपलब्ध छन् भने निकट भविष्यमा कार्डियोलोजी, न्युरोलोजी र युरोलोजीजस्ता सुपर–स्पेसियालिटी सेवा सञ्चालन गरिने तयारी छ। एमआरआई, सीटी स्क्यान, डिजिटल एक्स–रे, म्यामोग्राफी, एन्डोस्कोपी, कोलोनोस्कोपीसहित आधुनिक निदान सेवा तथा ६० शैयाको आईसीयू, एनआईसीयू, पीआईसीयू र एचडीयू सुविधा रहेको अस्पतालले दाङमै गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको छ। साथै नर्सिङ, पारामेडिकल तथा भविष्यमा एमबीबीएस र बीडीएस कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको प्रमुख…
कपुरकोटमा सञ्जीवनी हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर: १ हजारभन्दा बढी लाभान्वित
स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित ३सय शैयाको सञ्जीवनी शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका, सल्यानको संयुक्त आयोजनामा कपुरकोट–३, घनवाङस्थित कपुरकोट आधारभूत अस्पतालमा एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नाराका साथ आयोजित उक्त शिविरबाट कपुरकोट गाउँपालिका तथा आसपासका क्षेत्रका एक हजारभन्दा बढी बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विशेषज्ञ सेवा र स्वास्थ्य परीक्षण शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग एवं नाक–कान–घाँटीका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। अस्पतालका निमित्त मेडिकल डाइरेक्टर…
संजीवनी टिचिङ हस्पिटलद्वारा गाउँमै विशेषज्ञ सेवा, ६ सय बढी बिरामी लाभान्वित
स्वास्थ्यसमाचार/ संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा दाङको शान्तिनगर गाउँपालिका–५ बैसास्थित सभाहलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ६ सयभन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविरमा ६०५ जना बिरामीहरूले विभिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा लिएको आयोजकले जनाएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले आर्थिक अभाव र पहुँचको…
संजीवनी टिचिङ अस्पतालमा नेपालमै पहिलो हिलियम–फ्री एमआरआई सेवा सुरु
स्वास्थ्यसमाचार/ दाङको घोराही उपमहानगरपालिका–३, बर्गदुवास्थित ३०० शय्याको संजीवनी टिचिङ हस्पिटलले अत्याधुनिक एमआरआई सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले बुधबारदेखि विधिवत् रूपमा यो सेवा प्रारम्भ गरेको हो। अस्पतालका रेडियोलोजी विभाग प्रमुख एवं कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. जेशन केसीका अनुसार अस्पतालले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको अत्याधुनिक मेसिन जडान गरेको छ। अस्पतालका अनुसार यो मेसिन नेपालकै पहिलो ‘हिलियम फ्री’ प्रविधिको स्क्यानर हो। ‘यसमा ‘डिप रिजोल्भ’ नामक एआई प्रविधि प्रयोग गरिएको छ, जसले गर्दा स्क्यान गर्ने समय छोटो हुनुका साथै इमेजको गुणस्तर उत्कृष्ट आउँछ,’ डा. केसीले भने, ‘विशेषगरी मुटुको एमआरआई गर्दा अटोमेटेड पोजिसनिङ हुने…
साविक राप्तीको रिफरल सेन्टर बनाउने लक्ष्यसहित सेवा सुरु गरेका छौँ : दीपक रोका
ARE FOR ALL’ ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नाराका साथ घोराही उप–महानगर पालीका वडा नं. ३, बर्गदुवामा स्वास्थ्य मन्त्रालयबाट ३०० शैयाको अस्पताल संञ्चालन स्वीकृती लिई २०८२ साल माघ २८ गतेबाट सेवा प्रारम्भ गरेको संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दिपक रोका संग गरिएको कुराकानी । अस्पतालको परिचय संजीवनी टिचिङ हस्पिटल तीन वर्ष लामो अध्ययनको निष्कर्ष स्वरुप जन्मेको हो । साविक राप्तीका जिल्लाहरुको जनसंख्या, जनतामा स्वास्थ्य सेवाको पहुँच, अस्पतालहरुको अवस्था, विरामीको चाप, यहाँबाट रिफर गरीएको बिरामीहरुको संख्या लगाएको बृहद अध्ययन गरी दाङ जिल्लाको घोराहीमा एउटा सुविधा सम्पन्न अस्पताल आवश्यक भएको निष्कर्षमा…
दाङको घोराहीमा ३सय शय्याको सञ्जीवनी टिचिङ हस्पिटलको सेवा शुभारम्भ
स्वास्थ्यसमाचार/ तीन सय श्ययाको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आएको छ । करिब चार अर्ब रुपैयाँको लगानीमा घोराही–३ बर्गदुवामा स्थापना भएको अस्पतालले बुधवारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । अस्पतालको उद्घाटन गर्दै सञ्चालक समितिका अध्यक्ष खुमाप्रसाद अर्यालले अब उपचारका लागि दाङसहित राप्तीबासीलाई जिल्लाबाहिर जानु नपर्ने बताए । उपचारका लागि दाङबाट नेपालगन्ज, बुटवलदेखि भारतको लखनउसम्म बिरामी गएको देखेरै आपूmले घोराहीमा अस्पताल सञ्चालन गरेको बताए । अस्पताल सञ्चालन भए पनि बिरामीले स्वास्थ्य सेवासँगै केही वर्षपछि स्वास्थ क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्तिसमेत उत्पादन हुने र यसले दाङको सेवालाई थप सहज बनाउँदै लैजाने बताए…
घोराहीमा तीन सय शैयाको सञ्जीवनी शिक्षण अस्पताल माघ २८ देखि सञ्चालनमा आउँदै
समाचार /घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित सञ्जीवनी शिक्षण अस्पतालको सेवा माघ २८, बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। तीन सय शैयाको क्षमतायुक्त यस अत्याधुनिक अस्पतालले विशेषज्ञ चिकित्सकहरुको साथमा ‘केयर फर अल’ मूल नाराका साथ सेवा प्रदान गर्नेछ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले तीन अर्ब लगानीमा निर्माण गरिएको अस्पतालको भौतिक संरचना र सबै तयारी पूरा भएको बताए। उनले संघीय जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त गरी अस्पतालले सबै सेवाहरू एकैसाथ सुरु गर्न लागेको जानकारी दिनुभयो। अस्पतालले ओपीडीमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री–प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा…
दाङको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
स्वास्थ्यसमाचार/४ अर्ब लगानीमा बनेको दाङको घोराही उपमहागरपालिका—३ भानपुरमा ३०० शय्याको सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल सञ्चालनमा आउने भएको छ । माघ मसान्तबाट ३०० शय्याको शिक्षण अस्पताल अत्याधुनिक उपकरणसहित सञ्चालनमा ल्याउने गरी सबै तयारी सकिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक रोकाले जानकारी दिए । ‘माघ मसान्तबाट सेवा दिने गरी प्राविधिक, प्रशासनिक लगायतका सबै तयारी सकिएका छन्,’ सिईओ रोकाले भने, ‘निर्माण कार्य एक महिनाअघि सकेर हामीले ह्युमन रिसोर्सदेखि प्राविधिक तयारीसम्मका सबै कामहरु सकेका छौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० शय्याको स्वीकृती पाइसकेको सन्जीवनी अस्पताल ४ अर्ब लगानीमा…

