गुल्मी अस्पतालका ६ विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाबाट प्रोत्साहन भत्ता

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अस्पतालमा विशेषज्ञ सेवाको निरन्तरता र टिकाउ बनाउने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । सोमबार नगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थीले अस्पतालका डक्टरहरुसँग प्रोत्साहन भत्ता उपलब्ध गराउनेबारे सम्झौता गरे । नगरपालिकाले डक्टरहरूले नेपाल सरकारबाट पाउने तलब बराबरकै प्रोत्साहन भत्ता दिने निर्णय गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थीले जानकारी दिए । यसअघि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टरलाई मात्र प्रोत्साहन दिँदै आएको नगरपालिकाले अबदेखि सबै विशेषज्ञ डक्टरलाई सुविधा उपलब्ध गराउने भएको हो । यसका…

युवायुवतीमा यौन दुर्बलता उच्च, १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित

स्वास्थ्यसमाचार /नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखा र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले संयुक्त रूपमा गरेको राष्ट्रिय सर्वेक्षणमा युवायुवतीमा यौन दुर्बलता उच्च रहेको पाइएको हो । अध्ययन अनुसार ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । नेपालका सात वटै प्रदेश र…

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

स्वास्थ्यसमाचार/ जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीकाअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन्  । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका-५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका…

सामाजिक सञ्जालका दर्दनाक दृश्यले मन चयन छैन, यी उपाय अपनाउनुस्

देशमा भइरहेको हिंसा, तोडफोड, र त्यससँगै सामाजिक सञ्जालमा देखिने दर्दनाक दृश्यहरूले मनमा दुःख, आक्रोश, र निराशा उत्पन्न गर्नु स्वाभाविक हो। यस्ता समयमा मनलाई शान्त राख्न निकै गाह्रो हुन्छ, तर केही उपायहरूले तपाईंलाई सन्तुलनमा रहन सघाउन सक्छन्: १. सामाजिक सञ्जालबाट केही समय टाढा बस्नुहोस् : निरन्तर हिंसात्मक भिडियो हेर्दा मनमाथि गहिरो मानसिक असर पर्न सक्छ। सकेसम्म केही समयका लागि Facebook, TikTok, Instagram वा YouTube जस्ता प्लेटफर्मबाट दूरी बनाउनु राम्रो हुन्छ। २. सकारात्मक कुरामा ध्यान केन्द्रित गर्नुहोस् . समाचारभन्दा फरक, प्रेरणादायी पुस्तकहरू पढ्नुहोस् । . शान्त संगीत सुन्नुहोस्। .  प्रकृतिमा जानुहोस् वा…

नवनियुक्तमन्त्री अर्थ खनाल, ऊर्जा घिसिङ र गृहमन्त्रीअर्यालले लिए शपथ

काठमान्डौ/ प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए…

यी आश्चर्यजनक खानेकुरा जसले राम्रो निद्रा लगाउँछन्

बीबीसी / हामीमध्ये कैयौँलाई थाहा छ पेट भरिने गरी खाना खाएर सुत्न जाँदा त्यसले हाम्रो निद्रालाई असर पार्न सक्छ। हामीले के खान्छौँ र कतिबेला खान्छौँ भन्ने व्यवहारले राम्रोसँग निद्रा पार्न सहयोग पुर्‍याउन सक्छ। हामी धेरै खानेकुरा खाएर सुतेको भोलिपल्ट थकित भएको अनुभव गर्दै उठेका हुन्छौँ। ठूलो मात्रामा गरिष्ठ भोजन पचाउनका लागि आवश्यक अतिरिक्त ऊर्जाले हाम्रो निद्रालाई प्रभावित पार्न सक्छ। निद्रामा समस्या पार्ने खाना र क्याफिन भएका पिउने पदार्थ नखाएर आहारामार्फत् आफ्नो निद्रा राम्रो बनाउने कोसिस गर्न सकिन्छ।सुत्न जानु अगाडि राम्रो निद्रा लागोस् भन्ने अभिप्रायले हामी कुनै अन्य खाद्य पदार्थ खान…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीमैत्रि सेवा सुनिश्चित गर्न निर्देशन

स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्श, स्वास्थ्यकर्मि, विभागीय प्रमुख, शाखा प्रमुखहरुको बैठक आइतवार प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ । बैठकमा प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्साल र अस्पताल निर्देशक प्रा.डा जनार्दन पन्थिले संयुक्तरुपमा अस्पतालको सेवालाई विरामीमैत्रि बनाउन र गुनासो नआउने गरी कामलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनु भएको हो । रजिष्ट्रार लम्सालले देशमा विकशीत राजनैतिक, सामाजिक घटनाक्रम र शनिवार दाङको सुरक्षा संयन्त्रको प्रतिष्ठान भ्रमणकाक्रममा राखीएका चासो र प्रतिष्ठानप्रति निरन्तर ब्यक्त हुने जनसरोकारका विषयहरुमा ब्रिफीङ गर्नु भएको थियो । उहाँले प्रतिष्ठानको फार्मेसिमै पाइने औषधिहरु किन्न विरामीलाई वाहीर नपठाउन र ल्यावको…

जेनजी डक्टर्स एशोसिएसनको सात बुँदे माग :स्वास्थ्य क्षेत्रलाई राजनीति–मुक्त क्षेत्र घोषणा गर्न दबाब

स्वास्थ्यसमाचार/ ‘जेनजी डक्टर्स एशोसिएसन’ले आइतबार सात बुँदे मागसहित विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र दलगत भागबण्डाप्रति तीव्र आपत्ति जनाइएको छ। एशोसिएसनले अस्पताल र मेडिकल कलेजहरू जनताको जीवन रक्षा गर्ने संवेदनशील संस्था भए पनि दलगत स्वार्थ र भागबण्डाको अखडा बनेको दाबी गरेको छ। योग्यता र दक्षतालाई पाखा लगाएर गरिएको राजनीतिक नियुक्तिले चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली गम्भीर संकटमा परेको भन्दै तत्काल सुधारको माग गरिएको छ। विज्ञप्तिमा स्वास्थ्य क्षेत्रलाई राजनीति–मुक्त क्षेत्र घोषणा गर्नुपर्ने, योग्यता र पारदर्शितामा आधारित नियुक्ति प्रक्रिया लागू गर्नुपर्ने, दल–सम्बद्ध चिकित्सक संगठनहरू विघटन गर्नुपर्ने लगायत…

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत र घाइतेलाई नि:शुल्क उपचार

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। पद ग्रहण गरे लगत्तै उनले जेन(जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०(१० लाख दिने निर्णय गरेकी छन्। पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्।  

ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे जानकारी लिइन् प्रधानमन्त्री कार्की

स्वास्थ्यसमाचार/प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले शनिबार अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए । प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए ।