स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाकाे उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीकाे आयाेजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुकाे क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सरकारी अस्पतालकाे सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताउनु भयाे । प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेकाे जानकारी दिनुभयाे । बुटवललाई स्वास्थ हव बनाउन,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ फार्मेसीबाट लागु औषध विक्री गरेको आरोपमा पक्राउ
कास्की(प्रहरीले लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ । लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए । उनका अनुसार फार्मेसीका सञ्चालक डा. श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । २०७९ को…
समायोजनमा जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत
काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ ।यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संशोधन हुने भएको छ । स्वास्थ्य मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो संशोधन गर्ने गरी कर्मचारी व्यवस्थापन कार्यविधि तयार गरेको थियो ।सोमबार बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यससम्बन्धी प्रस्ताव लगेकामा मन्त्रिपरिषदले पारित गर्नुभएको हो । मन्त्री पौडेलले पर्याप्त स्वास्थ्यकर्मी दरबन्दी नभएको अवस्थामा समायोजनका क्रममा जिम्मेवारी पाउन नसकेका चिकित्सकलाई आवश्यक नीतिगत व्यवस्था गरेर कार्यक्षेत्रमा…
देशभर ८ हजार बढीमा डेंगुको संक्रमण लुम्बिनीमा पाँच सय ५६ जना
स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका ८ हजारभन्दा धेरै मानिसमा डेंगुको संक्रमण देखिएको तथ्य बाहिर ल्याएको छ। महाशाखाका अनुसार पछिल्लो आठ महिनामा देशका ७५ जिल्लामा डेंगुको संक्रमण फैलिएको हो। महाशाखाले सार्वजनिक गरेको रिपोर्ट अनुसार देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा संक्रमण देखिएको छ। आठ महिनाको अवधिमा डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। तथ्यांक अनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा बढी तीन ३ हजार ८ सय ६३ जनामा संक्रमण फैलिएको छ। गण्डकीको तनहुँ र कास्की जिल्ला बढी प्रभावित छन् । त्यसपछि बागमतीमा दुई हजार…
बर्सेनि ७ हजार बढीले गर्छन् नेपालमा आत्महत्या, सबभन्दा बढी बागमती प्रदेशमा
स्वास्थ्यसमाचार/गत वर्ष नेपालमा ७ हजार बढीले आत्महत्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ‘विश्व आत्महत्या रोकथाम दिवस’को अवसरमा जारी भिडियो सन्देश मार्फत् यस्तो तथ्याङ्क बताउनुभएको हो । उहाँका अनुसार बागमती प्रदेशमा सबभन्दा धेरैले आत्महत्या गरेका छन् । ‘नेपालमा करिब सात हजार भन्दा बढीले आत्महत्याको कारणले ज्यान गुमाएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘बागमती प्रदेशमा सबभन्दा बढीले आत्महत्या गरेका छन्, त्यसमा पनि काठमाडौं जिल्लामा सबभन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।’ पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । ३ वर्षको तथ्याङ्क हेर्दा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको हो । मन्त्री…
आत्महत्या/आत्महानी (Suicide/Self harm):खिम बहादुर पौडेल
कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्य गर्दछ भने त्यस्तो (आफुले आफुलाई हानी पुर्याइ जीवन समाप्त गर्ने) कार्यलाई आत्महत्या भनिन्छ । आत्महत्यामा व्यक्ति स्वयंले स्वच्छाले वा जानीजानी मर्ने मनसायले योजनाबद्ध रुपमा वा आवेशमा आई आफ्नो ज्यान लिने कार्य गर्दछन । आत्महत्या अति जटिल मनोबैज्ञानिक एवं सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिकोणले यसलाई पाप एवं अपराधको रुपमा लिने गरिएको भए तापनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज मानिन्छ ।आत्महत्याको सोच तथा कोशिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संबेदनशील चिकित्सकीय बिपत (Medical emergency) को रुपमा हेरिन्छ…
वाँकेमा बालबालिकाहरुमा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दो
बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताउनुभयो । पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै…
स्वास्थ्यतर्फ डा. रिजाल र सि.अ.न.मी गुरुङले पाए निजामती पुरस्कार
स्वास्थ्यसमाचार/उत्कृष्ट कर्मचारीतर्फ यसपटक स्वास्थ्य सेवातर्फ पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सिअहेव (छैटौँ) डा पुष्पराज रिजाल पुरस्कृत भएका छन्। उनीहरू दुवैलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सरकारले निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्य समूहका दुईजना परेका छन् । वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरू पुरस्कृत भएका हुन्। शनिबार दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ। सर्वोत्कृष्ट निजामती पुरस्कार भने…
पाल्पामा एचआइभी रोकथामका लागि प्रि-एक्सपोजर प्रोफाइलेक्सिस सेवा सुरु
पाल्पा/पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप)सेवा सुरु भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत जिल्लाहरुलाई लक्षित गरी जिल्लामा पहिलो पटक प्रेप सेवा सुरु भएको हो । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा दिन सुरु गरेको छ । एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मीहरू, समलिंगी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा संक्रमितहरुकको सुरक्षा सुनिश्चित गर्न सेवा सुरु गरिएको संघका कोषध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभयो । एचआइभी संक्रमण नभएका तर जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका निम्ति एचआइभीको औषधी प्रयोग गरिने बिधि…
रुपन्देहीमा डेंगु संक्रमण बढेपछि खोज र नष्ट गर अभियान सुरु
स्वास्थ्यसमाचार/ रुपन्देहीमा डेंगु संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगु संक्रमण फैलिन थालेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियानलाई तीव्रता दिव्रता दिईएको छ ।रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु संक्रमण भेटिएपछि खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले वताउनु भयो। डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका,…