-आमा गर्भवती भएको दिन देखि बच्चाको उमेर २ बर्षको हुँदाको को बेला सम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ । गर्भको अवधि २७० दिन र जन्म पश्चात २ बर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिन लाई सुनौलो १००० दिन भनिन्छ ।
बच्चाको मानसिक बिकास २ बर्षको उमेर सम्म ८० प्रतिशतले बृद्वि बिकास हुने हुदाँ गर्भ रहेदेखि बच्चा को उमेर २ बर्ष भित्र आमा र बच्चा दुबैलाई अत्यन्तै स्याहार गर्नुपर्ने हुन्छ । जसमा गर्भमा ३० प्रतिशत ले र जन्म पश्चात पहिलो बर्ष भित्र २५ प्रतिशत र दोस्रो बर्षमा २५ प्रतिशत गरि २ बर्ष भित्र ८० प्रतिशतले बच्चाको मानसिक बृद्वि र बिकास हुन्छ ।
भने ५ बर्षको उमेर सम्म १० प्रतिशत र बाँकि जिबनमा १० प्रतिशत गरी १०० प्रतिशत बृद्धि बिकास पुरा हुन्छ । त्यसै कारणले यो समय अवधिमा आमा हरुको खानपान सम्बन्धि नित्यान्तै ध्यान दिनु पर्दछ । यस बेलामा हरेक बार खाना ४ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा बिशेष जोड दिनु पर्दछ ।
स्वास्थ्य संस्थामा ८ पटकको गर्भ जाँच अनीबार्य गर्नुपर्दछ
१. १२ हप्तामा पहिलो पटकको अनिवार्य जाँच ।
२. १६ हप्तामा दोश्रो पटकको जाँच ।
३. २० देखी २४ हप्तामा तेश्रो पटकको जाँच ।
४. २८ हप्तामा चौथो पटकको जाँच ।
५. ३२ हप्तामा पाँचौं पटकको जाँच ।
६. ३४ हप्तामा छैठौं पटकको जाँच ।
७. ३६ हप्तामा सातौं पटकको जाँच ।
८. ३८ देखी ४० हप्तामा आठौं पटकको जाँच ।
हरेक बार खाना ४ मा यी खानेकुरा अनिवार्य खानाको रुपमा प्रयोग गरौं
१.अन्न २. गेडागुडी ३. घ्यु तेल माछा मासु र अण्डा ४. फलफुल सागपात र तरकारी आदी ।
सुनौलो १००० दिनका आमाहरुले खाना खाने तरिका कस्तो हुनु पर्दछ
-बिहान खाजा ,१ गिलास दुध र अण्डा ।
– बिहानको खाना दाल भात तरकारी आवश्यकता अनुसार ।
-दिउसो बिभिन्न किसिमका फलफुल र तरल पदार्थ ।
– दिउँसोको खाजा रोटी गेडागुडी ।
– बेलुकीको खाना दाल भात तरकारी आवश्यकता अनुसार मासु ।
-मौसम अनुसारका फलफुल आवश्यकता अनुसार ।
– आराम तथा नियमित व्यायाम र सरसफाई गर्ने ।
– लगाउने पोषक मा समेत ध्यान दिने गर्नु पर्दछ ।
गर्भबतीले साबिक भन्दा थप एकपटक बढी खाना खानुपर्दछ ,गर्भधारण देखिनै आमाले दिनहुँ खाने साबिक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानु पर्दछ । र सुत्केरी र स्तनपान गराएकी महिलालाई साबिक खानाको साथै थप २ पटक पोसिलो खानाहरू खुबाउनु पर्दछ । सामान्यतया एक सुत्केरी महिला बाट दिनमा झण्डै ८ सय ५० मिलिलिटर दुध बच्चालाई निस्कने हुदाँ आमालाई बिशेष गरी पोषण युक्त खानामा ध्यान दिनु आबश्यक देखिन्छ ।
सुत्केरी महिलालाई विशेषगरी:- ज्वानोको झोल , गेडागुडीको झोल , सुत्केरी मसला जस्तै ः मेथी , गुद ,काजु , बदाम , छोडा , बत्तिसा ,मिस्री , सख्खर आदी खुवाउनु पर्दछ ।
बच्चाको लागी बिशेष गरी बाल भिटा:– छ महिना देखि २ बर्ष सम्मका बच्चालाई बाल भिटा दिइन्छ । र खानामा मिसाएर खुबाईन्छ । बाल भिटामा आइरन र भिटामिनको मिश्रण हुन्छ । बाल भिटा १५ प्रकारका भिटामिन बाट तयार पारिएको हुन्छ । त्यसैले हरेक स्वास्थ्य संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत बितरण गरीएको बाल भिटा सबै आमा बाबा हरुले आप्mना बालबालिकालाई अनिवार्य खुबाउनु पर्दछ ।
सर्वोत्तम पिठो:- २ भाग अन्न दुई थरीका र २ भाग गेडागुडी आदा आदा गरी मिसाई राम्रो संग भुटि मसिनो गराई पिँदेर तयार पारी सफा भाँडोमा राखेर तयार गरिएको सर्वोत्तम पिठो बच्चा हरुको लागी अत्यन्तै पोसिलो र स्वास्थ्य बद्र्वक मानिन्छ । त्यसैले हरेक आमा बाबाले आप्mनो बच्चालाई अनिवार्य रुपमा खुबाउनु पर्दछ ।
स्वास्थ्य संस्थाबाट दिईने सेबालाई अनिवार्य उपयोग गर्ने :-
बच्चा जन्माउने योजनामा भएका दम्पतीले बच्चा राख्ने तिन महिना समय अवधि अगावै डाक्टर वा स्वास्थ्यकर्मी संग भेटगरी फोलिक एसिड भन्ने एउटा महत्वपुर्ण औषधि नियमित रुपमा खान सुरु गर्ने र मासिक श्राप रोकिएको दिनदेखि ९० दिन पुराभईसकेपछि १ डोज जुकाको औषधि Albendazole 400 mg खुबाउने ।
र २ डोज टी डी खोप पहिलो पटकको गर्भवतीलाई १ / १ महिनाको फरकमा लगाउने । दोश्रो पटकको गर्भबतीमा १ डोजमात्र टि डी खोप लगाउने ।
आइरन र क्याल्सियम दिनको १ -१ गोलि का दरले गर्भ अबस्थामा १८० गोलि र जन्म पश्चात ४५ दिन सम्म ४५ गोलि गरी २२५ बटा आइरन र २२५ बटा क्याल्सियम खुबाउने । र ४२ दिन भित्र भिटामिन ए क्याप्सुल खुबाउनुपर्दछ । र घरका सम्पुर्ण सदस्य हरुले गर्भवती अबस्थाका आमा हरु लाई बिशेष स्याहार र सहयोग पुर्याउनु अनिवार्य हुन्छ । अनिमात्र सुुखि र खुसी परिबार बन्दछ ।
लेखक भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।
प्रतिकया दिनुहोस्