स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभित्रका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१/८२ मा करिब एक लाख ५५ हजार सेवा ग्राही स्वास्थ्य सेवा लिएका छन्।
लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा बुटबलमा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम उक्त कुरा बताईएको हो ।
समीक्षामा वार्षिक तथ्याङ्क सार्वजनिक गर्दे लुम्बिनी आयुर्वेद चिकित्सालयका चिकित्सक डा संदिप कार्कीले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलबाट मात्रै ६८ हजार ९सय १९ जना सेवा लिएको बताउनु भयो ।
तिमध्ये २२ हजार ९ सय ४५ महिला र १८ हजार ७ सय ९३ जना पुरुष रहेका छन । उहाँले चिकित्सालय बाट ११ हजार २ सय ९६ ले प्रयोगशाला वाट सेवा लिएको तथ्याङ्क प्रस्तुत गर्नु भयो ।यस्तै, जिल्लाभित्र सञ्चालनमा रहेका ४ वटा नागरिक आरोग्य सेवा केन्द्रबाट १७ हजार ५५१ जना र ६ वटा पालिका स्तरीय आयुर्वेद शाखाबाट ६८ हजार ५४१ जनाले सेवा लिएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
पालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख हरुले आफनो केन्द्रबाट सेवा लिएको सेवा समस्या र आगामी बर्षको योजना तर्जुमा बारे आफ्नो धारणा राख्नु भएको थियो ।
समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनीका परिवार नियोजन फोकल पर्सन कुमार थापाले आयुर्वेद सेवा समुदायमै लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यसको पहुँच र प्रभावकारिता थप विस्तार गर्न निर्देशनालय प्रतिबद्ध रहेको बताउनु भयो।
उहाँले आयुर्वेदिक औषधि र उपचार प्रणालीमा जनविश्वास बढ्दै गएको बताउँदै आधुनिक र वैकल्पिक स्वास्थ्य प्रणालीबीच सन्तुलित सहकार्य आवश्यक रहेको समेत औंल्याउनु भयो । थापाले समीक्षामा उठेका कुरा लाई आगामी प्रदेशको समिक्षा छलफल गर्ने र आबश्यक सुझाबलाई कार्यन्यन तर्फ लैजानेको लागी पहल गर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष एबं लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. कलावती विश्वकर्माले समीक्षा कार्यक्रममा वोल्दै्, “जिल्लाभित्र आयुर्वेद सेवाको माग र जनसहभागिता वर्षेनी बढ्दै गएको वताउनु भयो ।उहाँले पछिल्ला वर्षमा मानिसहरू आधुनिक उपचारसँगै प्राकृतिक र वैकल्पिक चिकित्सा पद्धतितर्फ आकर्षित हुँदै गइरहेका बताउदै सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउनु पर्ने बताउनु भयो ।”
उहाँले आयुर्वेद क्षेत्रमा पुरानो जनशक्ति औषधी तथा उपकरणको समस्या रहेको बताउदै सेवा प्रवाहको लागी सरकारको ध्यान जानु पर्ने बताउनु भयो । यस्तो अबस्थामा पनि चिकित्सालय तथा पालिकाले राम्रो सेवा प्रवाह गरेको बताउनु भयो ।
डा. विश्वकर्माले आगामी वर्षका योजना र चालु वर्षको मूल्यांकन बारे पनि प्रकाश पार्दै भन्नु भयो “हामीले यो वर्ष समुदाय स्तरमा आयुर्वेद सेवाको पहुँच विस्तार, स्वर्णप्राशन अभियान, पञ्चकर्म उपचार र औषधि वितरणमा उल्लेखनीय प्रगति गरेको र आगामी वर्ष यो सेवा अझ व्यवस्थित र परिणाममुखी बनाउनका लागि पहल गरिने बताउनु भयो ।”
लुम्बिनी आयुर्वेद चिकित्सालयका डा योगेश ढकालको स्वागत तथा लुम्बिनी आयुर्वेद चिकित्सालयका सुचना अधिकारी एबं बरिष्ठ कविराज गणेश सापकोटाको सञ्चालनमा समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकया दिनुहोस्