बुटवलमा सुरु भयो ‘स्वर्णप्राशन’ अभियान, ३६० बालबालिकालाई खुवाइयो स्वर्णविन्दु

स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलमा ‘स्वर्णप्राशन’ अभियान शुभारम्भ भएको छ । बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियानको बुटबल उपमहानगर प्रमुख खेलराज पान्डेले शुभारम्भ गर्नु भयो ।

उक्त अबसरमा बोल्दै उहाले “आयुर्वेदिक चिकित्सा पद्धति हाम्रो संस्कृतिको महत्वपूर्ण अंग हो । स्वस्थ जीवनका लागि स्वर्णप्राशन जस्ता परम्परागत अभ्यासहरू आजको आधुनिक युगमा पनि उतिकै प्रभावकारी रहेका छन । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक र मानसिक विकासमा मद्दत गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

उपमहानगरपालिकाले यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताउनु भयो,”।उहाँले बालबालिकाको स्वस्थ भविष्यका लागि अभिभावकहरूलाई यस्ता अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह समेत गर्नु भयो ।

लुम्बिनी आयुर्वेद चिकित्सालका प्रमुख डा.कलावती विश्वकर्माले ‘स्वर्णप्राशन’ अभियानका आजबाट सुरु भएको र यसलाई निरन्तरता दिईने बताउनु भयो। उहाले ३६० जना ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाईएको बताउनु भयो ।त्यसमा २०१ वालक र१५९ वालिका रहेको समेत उहाले बताउनु भयो ।

डा बिश्वकर्माले बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने भएकोले अर्काे महिनाको २५ गते यो सुरु हुने समेत बताउनु भयो ।‘स्वर्णप्राशन’ कम्तीमा ३० मात्रासम्म खुवाउदा राम्रो मानिन्छ । आयुर्वेद शास्त्र अनुसार बिहानको समयमा खालि पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई ‘स्वर्णविन्दु प्राशन’ भनिन्छ । यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो । स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।

कार्यक्रममा बुटबल उपमहानगरपालिका वडा नं ११का वडा अध्यक्ष राचन्द्र क्षेत्री लुम्बिनी आयुर्वेद चिकित्सालयका निबर्तमान अध्यक्ष शिब ज्ञाबली लगायको सहगाती रहेको चिकित्सालयका सूचना अधिकारी बरिष्ठ कविराज गणेशप्रसाद सापकोटाले वताउनु भयो। यो अभियान देशका २५ जिल्लामा तथा लुम्बिनी प्रदेशका सबै जिल्लामा लागु गरिहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित शिर्षक :