राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनीमा नयाँ नेतृत्व :अध्यक्षमा डा. आचार्य, महासचिवमा डा. पराजुली

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनले डा समीर आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरिएको छ । संघ को उपाध्यक्षमा डा. रमेश भट्टराई र डा. पुष्पराज रिजाल साथै महासचिव मा डा.सम्राट पराजुली निर्वाचित भएका हुन । नयाँ गठन गरिएको समितिको कोषाध्यक्षमा डा. अमृता पाण्डे, उपसचिवमा डा. कृतिपाल सुबेदी चयन भएका छन् । यस्तै सदस्य डा. युधिष्ठिर राज खडका, डा. खगेन्द्र आचार्य, डा. अरुण ज्ञवाली, डा. राजेन्द्र पौडेल, डा. बिनोद सिंह, डा. परिधि भट्टराई, डा. कृष्ण खरेल, डा. सुवास शर्मा, डा. संगीता अधिकारी, डा. बिशाल काफले र डा.…

मनोचिकित्सक सङ्घ नेपालको १० औं राष्ट्रिय सम्मेलन नेपालगन्जमा नेपाल सहित भारतका गरेर दुई सयभन्दा बढी साइक्याट्रिष्ट सहभागी

नेपालगञ्ज/नेपालगन्जमा अहिले देशभरिका दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोचिकित्सकहरु हुनुहुन्छ । उहाँहरुले मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रित रहेर विभिन्न छलफल तथा कार्यपत्रहरुमाथि अन्तरक्रिया गरिरहनुभएको छ । नेपालगन्जमा सुरु भएको मनोचिकित्सक सङ्घ नेपालको १० औं राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि नेपालसहित भारतका गरेर दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरु हाल नेपालगन्जमा रहनुभएको हो । प्रत्येक वर्ष सङ्घले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानका विषयमा विचार विमर्श गर्ने गरिएको सम्मेलनका संयोजक साइक्याट्रिष्ट प्रा डा मोहन बेल्वासेले जानकारी दिनुभयो । पश्चिम नेपालको नेपालगन्जमा पहिलो पटक…

रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसमा रक्तदान ५५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/रुपन्देही उद्योग संघले आफ्नो ४७ औं स्थापना एवम् औद्योगिक दिवसका अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष दिनेश राज रेग्मीले संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु हुँदै उद्योगीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्नेतर्फm प्रोत्साहन बढेको बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर…

उपप्रधान तथा अर्थमन्त्री पौडेलद्धारा रण अम्बिका आँखा अस्पतालको आधुनिक शल्यक्रिया भवन शिलान्यास

स्वास्थ्यसमाचार/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा आधुनिक शल्यक्रिया भवन शिलान्यास गर्नु भएको छ। भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताउनुभएको हो । नेपाल नेत्रज्योती सङ्घद्वारा विसं २०४० मङ्सिर १३ गते स्थापना गरिएको नेपाल नेत्रज्योती…

नर्सिङ संघको चुनावमा कांग्रेस-समाजवादी र एमाले-माओवादी गठबन्धन

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ सङ्घको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा काँग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र काँग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गङ्गाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् । मङ्सिर २८ गते नर्सिङ सङ्घको निर्वाचन हुँदै छ । महासचिवमा एमाले–माओवादी गठबन्धनबाट एमालेनिकट डा देवका कुमारी आचार्य र काँग्रेस–समाजवादी गठबन्धनबाट काङ्ग्रेसनिकट मिनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमै जानकी…

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य समाचाररस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताउनु भयो । उहाँले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले…

छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गरौँ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री प्रदीप पौडेलले केही समयमा कानुन नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताउनुभयो । उहाँले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पार्नुभयो।नागरिकलाई दिने सेवा छिचोलेर नभई एकीकृत गरेर प्रभावकारी ढङ्गबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ । यस्तै, मन्त्री प्रदीप पौडेलले सामाजिक सुरक्षामा…

सेवाग्राहीले बुझ्ने गरी सूचना राख्न स्वास्थ्य मन्त्रालय लुम्बिनीको निर्देशन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रुपमा देख्ने र पढ्न मिल्ने गरी सेवा शुल्कसहितको विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सेवा शुल्कसहितको विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्ने गरी राख्न निर्देशन जारी गरेका हुन् । ‘स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा निःशुल्क हो । कुन सेवामा शुल्क लाग्छ थाहा नहुँदा समस्या परेको देखिन्छ’मन्त्री सारुले भने–‘सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउने गरी निर्देशन जारी गरेका हौं ।’…

लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो । “कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उहाँले भन्नुभयो, “सरकारी कामको यो रवैया हुनुभएन ।” मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताउनुभयो । मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गर्नुभयो…

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ :मन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताउनु भयो । उहाँले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरु प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्व बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य अनुसन्धान अभ्यासहरु सुधार गर्ने यात्रा जारी रहेको बताउनु भयो । मन्त्री पौडेलले…