लुम्बिनी प्रादेशिक अस्पतालमा प्रतिक्षित एमआरआई मेशिन जडान सुरु

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताउनु भयो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताउनु भयो । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको…

“बिश्व मधुमेह दिवस १४ नोभेम्बर २०२५” मधुमेह रोग बारे जानौ

मानब शरिरमा इन्सुलिन हर्मोनको उत्पादन रगतमा प्राप्त नहुनु वा इन्सुलिन प्राप्त हुदा पनि काम गर्न छोड्नु जसले गर्दा शरिरमा भएको रगतमा चिनिको मात्रा अत्याधिक बढेर जानु वा रगतमा चिनिको मात्रा आबश्यक भन्दा बढी हुने अबस्था लाई मधुमेह ,डायबिटीज वा चिनि रोग भनिन्छ । रगतमा चिनिको मात्रा खालिपेटमा १०० भन्दा तल र खाना खाएपछी १४० भन्दा माथी हुनु पर्दछ । यदी भोकोपेटमा वा खालिपेटमा जाँच गर्दा सुगरलेभल १२६ भन्दा माथी भयो भने र खानाखाएको दुई घन्टा पछी सुगरलेभल जाँचगर्दा २०० भन्दा माथी भएमा उक्त अबस्थालाई डायबिटिज, मधुमेह वा चिनिरोग भनिन्छ ।…

भिम अस्पताल भैरहवाको मेसु डा. बर्षा थापा नियुक्त

स्वास्थ्यसमाचार / भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो। डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टर बिभाग प्रमुख हुन । प्रदेश सरकारको सोमबार बसेको क्याबिनेट बैठकले यस निर्णयसँगै तत्कालीन मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता गर्ने निर्णय पनि गरेको जनाएको छ। डा. गुप्ता २०८१ साल जेठ महिनामा भिम अस्पताल भैरहवाको मेसु पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी…

भिम अस्पताल भैरहवाकी मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवाकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. शकुन्तला गुप्ताको काज फिर्ता भएको छ। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनको काज फिर्ता गरिएको जानकारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को हिजो (सोमबार) बसेको क्याबिनेट बैठकले डा. गुप्ताको काज फिर्ता गर्ने निर्णय गरेको बताइएको छ। डा. गुप्ता २०८१ साल जेठ महिनामा लुम्बिनी प्रदेश सरकारको निर्णयअनुसार भिम अस्पताल भैरहवामा मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी पुनः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुने भएको छ।

राप्ती घोषणा पत्र : लुम्बिनी प्रदेशको स्वास्थ्य सुधारको नयाँ खाका

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशले आगामी वर्षहरूमा स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने उद्देश्यसहित ‘राप्ती घोषणा पत्र २०८२’ सार्वजनिक गरेको छ। दाङको राप्ती उपत्यकामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीको अन्त्यमा प्रदेश सरकारद्वारा जारी गरिएको यस घोषणा पत्रले प्रदेशको स्वास्थ्य प्रणालीलाई जनमैत्री, गुणस्तरीय र दिगो बनाउन ठोस मार्गचित्र प्रस्तुत गरेको छ। “स्वस्थ मानव पूँजीयुक्त समृद्ध प्रदेश : खुशी नागरिक” भन्ने नारासहित ल्याइएको यस घोषणामा मातृ तथा शिशु स्वास्थ्य, कुपोषण नियन्त्रण, नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य सुदृढीकरणलाई प्रमुख प्राथमिकता दिइएको छ। नीतिगत प्रतिबद्धता र सुधारका योजना घोषणा पत्रका १६ बुँदाहरूमा स्वास्थ्यकर्मीहरूको…

स्वर्णविन्दु प्राशन’ अभियानमा बालबालिकाको उत्साहपूर्ण सहभागिता

स्वास्थ्यसमाचार/ बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु भएको ‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दै गएको छ । बुटवलमा असोज २९ बाट शुरु भएको यो अभियान अन्तरगत हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने हुन्छ । सोही अनुसार कात्तिक २५ गते बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा अर्को मात्रा खुवाइएको छ । असोजको तुलनामा कात्तिकमा बालबालिकाको सहभागिता अत्याधिक धेरै रहेको छ । चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटाका अनुसार असोजमा ३ सय ७० जना सहभागि भएकोमा कात्तिकमा ७ सय ८५ जना सहभागि भए । बुधवार बुटवल भन्दा बाहिरबाट…

लुम्बिनी प्रादेशिक अस्पतालः एचआइभी परिक्षण र उपचारमा नौलो आयाम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एचआइभीको उपचार सहज र प्रभावकारी बन्दै गएपछि परिक्षण गराउने र एआरटी (Antiretroviral Therapy) उपचारमा आबद्ध हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ। अस्पतालको एआरटी शाखाको पछिल्ला तथ्यांक अनुसार हाल १६८३ जना एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन गरिरहेका छन्। एआरटी शाखा प्रमुख भीम प्रसाद ज्ञवालीका अनुसार नियमित उपचारमा रही भाइरल लोड ‘शून्य’ भएका व्यक्तिहरूबाट अन्य व्यक्तिमा एचआइभी संक्रमण नहुने भएकाले यस सम्बन्धी लाञ्छना र भेदभाव समेत क्रमशः घट्दै गएको छ। गत आर्थिक वर्षमा मात्र १०५ जनाले नयाँ रूपमा एआरटी उपचार सुरु गरेका थिए भने १६०२ जनाको…

विश्व रेडियाग्राफी दिवस: यु.सि.यम.यस.मा ‘वियोन्ड इमेजिङ्ग’ कार्यशाला

स्वास्थ्यसमाचार/ ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यूसिएमएस., शिक्षण अस्पताल, भैरहवामा रेडियोलोजी विभागद्धारा ‘रेडियोलोजीः वियोन्ड इमेजिन्ङ्ग’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरियो । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा.सदनमूखिको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पि.एस.ले यु.सि.यम.यस.मा रेडियोलोजी विभागले करिब २५ वर्षदेखी निरन्तर उत्कृष्ट सेवा दिईरहेको र चाडै नै अस्पतालले २८ स्लाइसको अत्याधुनिक सि.टी.स्क्यान मेसिन सञ्चालनमा ल्याउन लागेको बताए । उक्त कार्यशालामा प्रा.डा.सन्तोष शाह, प्रा.डा.कृष्ण कुमार अग्रवाल, उप प्रा.डा.राजकुमार के.सी., डा.सन्तोष मिश्रा, डा.निश्चल गौतमले स्वास्थ्यमा…

दाङमा जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिनाकी बालिकाको मृत्यु

स्वास्थ्यसमाचार/ दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमकै क्रममा १८ महिनाकी जमुना यादवको ज्यान गएको छ । महिला स्वास्थ्य स्वयंसेविकाले खुवाएको जुकाको औषधि घाँटीमा अड्किँदा जमुनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानले देशभरका लाखौं बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउँदै आएको भए पनि यस घटनाले बालबालिकालाई औषधि खुवाउँदा सावधानी र सतर्कता कत्तिको जरुरी हुन्छ भन्ने गम्भीर प्रश्न उठाएको छ । स्थानीयका अनुसार, स्वास्थ्य स्वयंसेविकाले आफ्नो जिम्मेवारीअनुसार औषधि खुवाएकी थिइन्,…

नेफा लुम्बिनीद्वारा जनस्वास्थ्य विषयमा छलफल तथा सम्मान कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश को आयोजनामा जनस्वास्थ्यका बिषयमा छलफल तथा सम्मान कार्यक्रम गरिएको छ । सो अवसरमा लुम्बिनी प्रदेश भित्र जनस्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा पनि विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले प्रदेश स्तरमा जनस्वास्थ्य सेवा सुदृढीकरणका लागि सहकार्य, दक्ष जनशक्ति अभिवृद्धि र नीति–व्यवहार बीचको अन्तर घटाउने विषयमा सुझावहरू प्रस्तुत गर्नु भएको नेफा लुम्बिनीका सचिब नरेश श्रेष्ठले बताउनु भयो। नेफा लुम्बिनीका अध्यक्ष सरोज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश निजामति सेवाका विभिन्न पदहरू जनस्वास्थ्य प्रशासक, स्वास्थ्य प्रशासक, फार्मेसी अधिकृत र तथ्यांक अधिकृतमा हालै नियुक्ति तथा बढुवा हुनु भएका अधिकृतहरुलाई…