स्वास्थ्यसमाचार/ रुपन्देहीमा क्षयरोगीको संख्या बढदै गएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म १८ सय ३३ जना क्षयरोगी रहेका छन् ।भने ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले बताउनु भयो ।
सरकारले २०३० सम्म प्रति एक लाखमा २० जनामा भन्दा बढीमा क्षयरोगको संक्रमण फैलिन नदिने लक्ष्य लिएको बताउनु भयो । क्षयरोगको लक्षण देखिने साथ नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन जानु पर्ने बताउनु भयो । संक्रमण दर घटाउने लक्ष्य राखेको भए पनि जिल्लामा संक्रमणको दर बढेको उहाँको भनाई छ ।
रुपन्देही सीमाक्षेत्र भएकोले पनि नियन्त्रणमा समस्या भएको बताउदै अधिकारीले भन्नु भयो हामी रोकथामका लागी सीमाक्षेत्रमा स्कृनीङ गर्ने गर्ने र लक्ष्मण देखिएमा खकार परिक्षण गर्ने काम गरेको भएपनि खुल्ला सिमानाका कारण केही समस्या देखिएको बताउनु भयो ।क्रसवोडर क्षेत्रमा सचेतनाका लागी बिभिन्न संस्थाहरुले पनि काम गरिरहेको अधिकारीले बताउनु भयो ।
अधिकारीले क्षयरोग संक्रमित १ जनाले १० जनासम्मलाई रोग सार्न सक्ने क्षमता हुने भएकाले समुदाय स्तरमै पहिचान, अनुसन्धान र उपचार अभियानलाई थप बलियो बनाउनुपर्ने बताउनु भयो । अधिकारीले रुपन्देहीमा ४ वर्षभन्दा कम उमेरका बालबालिका समेत क्षयरोगबाट प्रभावित रहेको बताउनु भयो ।
रुपन्देहीका पालिका मध्ये बुटवल उपमहानगरपालिका ४२५ जना (सबैभन्दा धेरै) र कोटहीमाई गाउँपालिका ४१ जना कम रहेको तथ्याकं रहेको अधिकारीको भनाई छ
जिल्लामा क्षयरोग पहिचान, निदान तथा उपचार अभियान अन्र्तगत शङ्कास्पद विरामीहरू पहिचान, खकार परीक्षण (माइक्रोप्रोसेसर – जीन एक्सपर्ट) पूर्ण रूपमा निःशुल्क गरिएको व्याक्ट्रोलोजिकल कन्फर्म विरामीहरूको घर–घरमा स्क्रिनिङ र फलोअप गरिएको छ । त्यस्तै पोषण सहयोग उपचार अवधिभर मासिक रु ५०० पोषण खर्च उपलब्ध गरिब तथा असहाय विरामीका लागि पनि नियमित मासिक सहायता गरिएको बताउनु भयो ।
औषधि र आवास सुविधा डीआर (Drug Resistant) विरामीका लागि निःशुल्क औषधि र आवास गृह सञ्चालन‘वि.एन.एम.टी नेपाल’ द्वारा ५ वर्ष माथिका विरामीमा रोकथाम कार्यक्रम उपचार दोहोरिएका विरामीको लागिपुनःदर्ता भएका विरामीलाई उपचार अवधिभर निरन्तर निगरानी स्वास्थ्य शिक्षा तथा समुदाय–स्तरमा जागरण कार्यक्रम गरिएको बताउनु भयो ।
त्यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा देवी थापाले “समुदायमै खोज, निदान र उपचारको प्रणाली बलियो बनाइयो भने २०५० सम्म क्षयरोग अन्त्यको अबस्थामा पुराउने लक्ष्य रहेको बताउनु भयो।”
थापाले”क्षयरोग उपचार योग्य, औषधिले पूर्ण रूपमा निको हुने रोग भएको बताउदै समयमा पहिचान र नियमित औषधि सेवन नै सुरक्षित जीवनको उपाय भएको बताउनु भयो । जिल्लामा खोज पडताल अभियान सञ्चालन गर्ने समेत बताउनु भयो ।
थापाले यो रोग ६ महिना सम्म नियमित औषधी खाए ठिक हुन्छ भन्ने सन्देश समेत सबैमा पुराउनु पर्ने भएकोले स्थानिय तहमार्फत यो कार्य गरिरहेको र अबपनि यसलाई निरन्तरता दिने बताउनु भयो ।
भैरहवामा क्रसबोर्डर क्षेत्रमा कार्यरत सरोकारवालाहरु लाई क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम यस्तो जानकारी गराईएको हो ।
ृ

प्रतिकया दिनुहोस्