नेपाल रेडक्रस सोसाइटी रुपन्देहीमा नयाँ नेतृत्व, सभापतिमा उपाध्याय

स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगरको ४९ औं जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि रामचन्द्र उपाध्यायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचन अधिकारी अनुप कुमार श्रेष्ठका अनुसार कार्यसमितिको महिला उपसभापतिमा रुपमाकुमारी हिराचन, उपसभापतिमा सुशील गुरुङ्ग, मन्त्रीमा टेकबहादुर थापा क्षेत्री, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, उप–मन्त्रीमा दिनेश पन्थी र उप–कोषाध्यक्षमा अलताफ हुसेन खाँ निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा सावित्री सोमरे थापा मगर, हिमा बेलबासे, महेन्द्र कुमार श्रेष्ठ, बेन बहादुर पौडेल क्षेत्री, संजीब शर्मा रेग्मी, कृष्ण प्रसाद भुसाल, सुहा बहादुर…

तिलोत्तमाका जनप्रतिनिधिसँग एचपीभी खोप सम्बन्धी अन्तरक्रिया

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी कार्यपालिका सदस्यहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा पाठेघरको मुखको क्यान्सर र त्यस विरुद्धको प्रभावकारी खोपका बारेमा गहिरो छलफल गरिएको थियो। नगर प्रमुख खाणले  पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसका रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाभित्रका सम्पूर्ण लक्षित बालिकाहरूलाई एचपीभी खोप सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारले यस वर्ष देशभर १६ लाख किशोरीहरूलाई एचपीभी खोप…

लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवा विस्तार, २४ घण्टे काउन्टर सहित नयाँ सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुको लागि डेडिकेटेड फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।फार्मेसी सेवाको समुद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्यले सेवासँगै सबैको पहुँच योग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे ।लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या…

नेपाल औषधी थोक व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन

स्वास्थ्यसमाचार/ नेपाल औषधी थोक व्यवसायी संघ (पडान)रुपन्देही शाखाको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन तथा साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । देवदह नगरपालिका वडा नम्बर १० चरेङ्गेमा आयोजना गरिएको कार्यक्रमबाट कृष्ण जि सि को अध्यक्षता सात कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सुदिप पाण्डे, सचिवमा मनिलाल तिवारी, कोषाध्यक्षमा महेश राज पन्थी, सदस्यमा महेश बिष्ट, सरोज घिमिरे, भेषराज वस्ती रहेका छन् । कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश पुर्व वरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली, नेपाल औषधि थोक व्यवसायिक संघ केन्द्रिय सदस्य शरद राज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष तुफान बाबु श्रेष्ठ,…

सम्मरीमाईमा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया

स्वास्थ्यसमाचार/रूपन्देहीको सम्मरीमाई गाउँपालिका, फरेनामा एचपीभी खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा संचारकर्मीहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सम्मरीमाई गाउँपालिका गाउँ कार्यपालिकाका अध्यक्ष  बिनोद कुमार श्रीवास्तवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत  राजेश मल्लाहको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो। साथै, कार्यक्रम स्वास्थ्य शाखा प्रमुख  मुन्सी प्रसाद माझीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा एचपीभी (Human Papillomavirus) खोपको महत्त्व, लक्षित उमेर समूह (११–१४ वर्षका किशोरीहरू), खोप अभियानको प्रभावकारिता, र समुदायमा यससम्बन्धी जनचेतना फैलाउने विषयमा छलफल गरिएको थियो। खोप अभियानलाई प्रभावकारी बनाउन…

स्वास्थ्य मन्त्रालयको टोलीद्वारा बुटवलमा एचपीभी खोप अभियानको अनुगमन

स्वास्थ्यसमाचार/बुटवल–१२ स्थित नया गाउँ माध्यमिक विद्यालयमा आयोजित  (एचपीभी) विरुद्धको राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। स्वास्थ्य आपतकालीन तथा प्रकोप व्यवस्थापन इकाई (HEDMU) तथा स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) का प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीको नेतृत्वमा उक्त अनुगमन भएको हो। ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको खोप अभियानको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन टोलीले बुटवलका विभिन्न केन्द्रहरूमा निरीक्षण गरेको थियो। खोप अभियानले किशोरीहरूलाई एचपीभी संक्रमणबाट सुरक्षित बनाउने उद्देश्य लिएको छ, जुन पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूको प्रमुख कारण मानिन्छ। डा. बुढाथोकीले खोप कार्यक्रमको…

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा आइसीयू सेवा सञ्चालन

स्वास्थ्यसमाचार/ रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकारले रू १३ करोड ६६ लाखको लागतमा निर्माण गरेको ५० शय्याको अस्पतालमा यो सेवा शुरू भएको हो। यसअघि आइसीयू सेवा नहुँदा बिरामीलाई भैरहवा, बुटवल, भरतपुर पठाउनुपर्ने बाध्यता थियो। अब भने नयाँ भवनमा जनरल तथा आर्थोपेडिक सेवा पनि सुरू गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिए। अस्पतालमा आइसियूसँगै जनरल सर्जन, एनेस्थेसिया, स्त्रीरोग, डेण्टल सर्जन, ल्याब र नर्सिङ सेवाका विशेषज्ञहरू पठाइएको छ। साथै, केही दिनअघि आँखा विशेषज्ञ पनि आएकाले आँखासम्बन्धी सेवा विस्तारको तयारी भइरहेको…

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

स्वास्थ्यसमाचार/प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदन समेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने निर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र…

बुटवल हस्पिटल प्रा. ली.र वरदान आइभीएफ बीच उपचार सम्झौता

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा. ली. ले आफ्नो सेवा र सुविधा विस्तार गर्दै बुटवलमा रहेको वरदान आइभीएफसँग उपचार सम्झौता गरेको छ। यस सम्झौतासँगै अब वरदानमार्फत आइभीएफ सेवा लिएका सेवाग्राहीहरू बुटवल हस्पिटल प्रा. ली. मा प्रस्तुति सेवा लिन सक्नेछन्। निःसन्तान दम्पतीका लागि आइभीएफ उपचार केन्द्रका रूपमा स्थापित वरदान आइभीएफसँगको यस सहकार्यले बुटवल हस्पिटललाई प्रमुख रोजाइ बनाएको छ। अस्पतालको उत्कृष्ट भौतिक संरचना, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणले यसलाई सेवाग्राहीहरूको पहिलो विकल्प बनाएको हो। बुटवलमा निकै सफल रहेको वरदान आइभीएफसँगको सम्झौतासँगै दुवै संस्थाबीचको सहकार्य सेवाग्राहीहरूको लागि अझ सहज भएको छ। सम्झौतापत्रमा बुटवल हस्पिटल प्रा. ली.…

लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ वर्षीय बिरामीमा सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ६३ वर्षीय पुरुषको सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण गरिएको छ। डा. रोशन घिमिरेका अनुसार, यो प्रक्रिया बुटवलमा पहिलो पटक नभए पनि सबैभन्दा जटिल थियो। पेसमेकरले राम्रोसँग काम गरिरहेको र बिरामीको अवस्था सामान्य रहेको वताउनु भयो । डा. घिमिरेले यस सफलतामा आफ्नो योगदानका लागि आदरणीय गुरुहरू लाई सम्झनुभएको छ। साथै, सहयोगका लागि अस्पतालका मेसु डा. इन्द्र ढकाल, क्याथल्याबका सहयोगी हातहरू, शल्यक्रियामा सहभागी डाक्टरहरू र सहयोगी हातहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि पनि मुटु सम्बन्धी उपचारमा महत्वपूर्ण प्रगति गर्दै आएको छ। अस्पतालमा मुटुको उपचारका…