स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र सेवा विस्तार गर्दै नागरिकको जीवनस्तर उकास्ने काममा तीव्र गति लिएको छ। नगर प्रमुख खेलराज पाण्डेयले ६७औँ स्थापना दिवसको अवसरमा प्रस्तुत गरेका विवरण अनुसार, स्वास्थ्य सेवा, खोप अभियान, पोषण कार्यक्रम र अस्पताल विकास तिब्र रुपमा संञ्चालन भएका छन । पाण्डेयले कार्यक्रम र उपलब्धीहरू यसरी प्रस्तुत गरेका छन्।” जेष्ठ नागरिकको स्वास्थ्य सेवा नगरपालिकाले “बा-आमासँग नगर प्रमुख स्वास्थ्य जाँच उपचार कार्यक्रम” अन्तर्गत १९ वटा वडामा ६,४६० जना ६० वर्षमाथिका जेष्ठ नागरिक लाई स्वास्थ्य सेवा प्रदान गरेको छ। नगर प्रमुख पाण्डेयका अनुसार, जेष्ठ नागरिकलाई वर्षमा तीन…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्यसेवा, उद्योग र समाजसेवामा असाधारण यात्रा :चुनप्रसाद पौडेल
स्वास्थ्यसमाचार/समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन्। त्यस्तै व्यक्तित्व हुन् चुन्नप्रसाद शर्मा पौडेल। बागलुङमा जन्मिएका, बागलुङमै हुर्किएका र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश–विदेशमा छुट्टै पहिचान बनाएका छन्। शिक्षा पूरा गरी गाउँ फर्किएपछि २०३८ सालमा गाउँकै विद्यालयमा अध्यापन पेशाबाट आफ्नो यात्रा सुरु गरेका पौडेलले चार वर्ष शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने कार्य गरे। यसपछि २०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु गरेको उद्योग यात्रा आज बहुआयामिक व्यावसायिक समूहमा परिणत भएको छ। उनले यशोदा फूड…
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीका लागि उत्प्रेरणामूलक अभिमुखिकरण
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ३०० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्प्रेरणामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्यक्षमता वृद्धि तथा सेवाप्रति थप प्रतिबद्धता अभिव्यक्त गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्वास्थ्य सेवा केवल भौतिक पूर्वाधार र आधुनिक उपकरणले मात्र पूर्ण नहुने उल्लेख गर्दै सेवा दिने जनशक्तिको इमान्दारिता, लगनशीलता र व्यवहार नै अस्पतालको वास्तविक पहिचान हुने बताए। “हामीले ठूला भवन बनायौं, आधुनिक उपकरण भित्र्यायौं, तर ती सबैको प्रभावकारी उपयोग स्वास्थ्यकर्मी र कर्मचारीकै हातमा हुन्छ,” उनले भने,…
राप्रपाले सार्वजनिक गर्यो चुनावी घोषणापत्र: स्वास्थ्यमा यी प्रमुख बुँदा
स्वास्थ्यसमाचार/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्पपत्र’ नामक घोषणापत्र सार्वजनिक गरेका हुन्। स्वास्थ्य क्षेत्रमा केन्द्रित घोषणापत्रका मुख्य बुँदाहरू यस प्रकार छन्: -आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई निशुल्क र अनिवार्य गरिनेछ। -आम नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित नहुन र अस्पतालको पहुँचबाट बाहिर नपर्न पाउने सुनिश्चित गरिनेछ। -जेष्ठ र असक्त नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याइनेछ। -सबै नागरिकलाई स्वास्थ्य बीमा प्रणालीमा पुर्याइने र बीमितले इच्छित अस्पतालमा उपचार पाउने व्यवस्था मिलाइनेछ। बीमाको…
नसर्ने रोगको मौन महामारी : उपचार खर्च बढ्दो, रोकथाम कमजोर
स्वास्थ्यसमाचार/ नेपालमा नसर्ने रोग (एनसिडी) पछिल्ला वर्षहरूमा गहिरो स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। क्यान्सर, मिर्गौला, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, हेड तथा स्पाइनल इन्जुरी, सिकल–सेल एनिमिया जस्ता रोगले परिवार, समाज र राज्य तीनै तहमा दबाब सिर्जना गरिरहेका छन्। एनसिडीले पीडित मात्र हैन, उनीहरूको परिवार र समाजमा पनि असह्य भार थपेको छ। उपचारका लागि आवश्यक सुविधा स्वदेशमै नभएको र विदेशमा उपचार गर्न आर्थिक स्रोत अभाव हुनु परिवारमा आर्थिक र मानसिक संकटको प्रमुख कारण बनेको छ। सामाजिक सञ्जालमा उपचारका लागि सहयोग याचना गर्ने पोस्ट दिनहुँ देखिनु यसको स्पष्ट प्रमाण हो। अहिलेसम्म राज्यले…
१ लाखको स्वास्थ्य बीमा उपचार सेवा यथावत् : स्वास्थ्य बीमा बोर्ड
स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको १ लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको हो । उहाँले बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रुपैयाँ बराबरको योगदान बराबर ५ जना परिवारले पाउने वार्षिक कूल १ लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो । बोर्डले २५ हजार रुपैयाँको ओपीडी सेवा र ७५ हजार रुपैयाँको अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताउनुभयो…
लुम्बिनीमा १० चिकित्सक सहित १३ अधिकारी जना ११ तहमा बढुवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य क्षेत्रका दश जना वरिष्ठ अधिकारी ११ तहमा बढुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्वास्थ्यका दस जना वरिष्ठ सहित १३ जना कर्मचारीलाई बढुवा गरेको छ । प्रदेश लोक सेवा आयोग, बुटवलबाट प्रकाशित सूचना अनुसार बढुवा समितिको मिति २०८२/११/०१ को निर्णयबमोजिम प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ४२ बमोजिम बढुवा सिफारिस गरिएको हो। बढुवा हुनेमा स्वास्थ्य सेवा अन्तर्गत डा. राजेन्द्र कुमार गिरी प्रमुख जनस्वास्थ्य प्रशासक डा. पदम राज अधिकारी प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. सकुन्तला गुप्ता प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा.…
बुटवल स्वास्थ्यको हव बनाउने काँग्रेस उम्मेद्वार पौडेलको प्रतिवद्धता
स्वास्थ्यसमाचार/नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेद्वार चुन्नप्रसाद पौडेलले बुटवललाई स्वास्थ्य हव बनाउने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार स्वास्थ्य क्षेत्रका अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा फर्मासिष्टहरुलाई सम्बोधन गर्दै उहाँले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेजको रुपमा विकास गर्ने तथा नीजि क्षेत्रबाट सञ्चालित अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय र सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवललाई स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको सुनाउनु भएको हो । बुटवलमा पूर्वपश्चिम, उत्तरदक्षिणबाट उपचारका…
भैरहवामा ४ अर्ब लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर हस्पिटल बन्ने
स्वास्थ्यसमाचार, /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ भैरहवामा ४ अर्ब रुपैयाँको लगानीमा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिको नाममा निर्माण हुन लागेको उक्त अस्पतालको तयारी अन्तिम चरणमा पुगेको हो। अस्पताल निर्माणका लागि आवश्यक करिब ३ बिघा क्षेत्रफल जग्गा खरिद प्रक्रिया पूरा भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन अन्तिम चरणमा पुगेको बताइएको छ। ईआईए प्रतिवेदन स्वीकृतिपछि निर्माण कार्य औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ। अस्पतालका प्रमुख लगानीकर्ता कमल भण्डारीले भैरहवा क्षेत्रमा आधुनिक क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल स्थापना गर्न लागिएको बताउनु भयो।…
गर्भजाँच–खोप सहित १७ सूचक मूल्यांकनमा बुटवल उपमहानगर उत्कृष्ट
स्वास्थ्यसमाचार/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य सूचकतर्फ बुटवल उपमहानगरपालिका अग्रस्थानमा देखिएको छ भने इटहरी सबैभन्दा पछाडि परेको छ। आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार बुटवलले समग्र मूल्यांकनमा ६४.४४ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको छ। इटहरी उपमहानगरपालिका भने ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ। मूल्यांकनमा स्वास्थ्यसँग सम्बन्धित सूचकहरूलाई पनि महत्त्व दिइएको थियो। गर्भवती महिलाले नियमित गर्भजाँच (एएनसी) सेवा लिएको अनुपात र खोप लगाइएका बालबालिकाको प्रतिशतलाई मुख्य स्वास्थ्य सूचकका रूपमा समावेश गरिएको थियो। यी सूचकले मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता…

