स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य क्षेत्रका दश जना वरिष्ठ अधिकारी ११ तहमा बढुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्वास्थ्यका दस जना वरिष्ठ सहित १३ जना कर्मचारीलाई बढुवा गरेको छ ।
प्रदेश लोक सेवा आयोग, बुटवलबाट प्रकाशित सूचना अनुसार बढुवा समितिको मिति २०८२/११/०१ को निर्णयबमोजिम प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ४२ बमोजिम बढुवा सिफारिस गरिएको हो।
बढुवा हुनेमा स्वास्थ्य सेवा अन्तर्गत डा. राजेन्द्र कुमार गिरी प्रमुख जनस्वास्थ्य प्रशासक डा. पदम राज अधिकारी प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. सकुन्तला गुप्ता प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. अनुपमा थापा , प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गाइनाकोलोजिस्ट डा. भुवन पौडेल , प्रमुख कन्सल्टेन्ट सर्जन रहनु भएको छ ।
त्यस्तै डा. सुरेन्द्र कुंवर ,प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पुष्पराज जोशी – प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. कृष्ण हरि सुवेदी प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. प्रताप पोखरेल , प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट र डा. गोपाल प्रसाद ज्ञवाली, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रहनु भएको छ ।
त्यस्तै प्रदेश इञ्जिनियरिङ सेवाबाट सुपरिन्टेन्डेण्ट इञ्जिनियर, प्रदेश वन सेवाबाट महा निर्देशक र प्रदेश शिक्षा सेवाबाट सहसचिव÷महानिर्देशक पदमा समेत बढुवा गरिएको छ। बढुवा हुनेहरुमा अनिल मरासिनी सुपरिन्टेन्डेण्ट इञ्जिनियर ईश्वरी प्रसाद पौडेल महा निर्देशक (वन सेवा) र दिवाकर भण्डारी सहसचिव÷महानिर्देशक (शिक्षा सेवा) रहेको छ ।
प्रदेश सरकारले दक्ष र योग्य कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको जनाएको छ। प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको हो।


प्रतिकया दिनुहोस्