काठमान्डौ / विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू महेन्द्र प्रसाद यादव, रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित ७ जना विरुद्ध स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । यादवले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य: ‘ओखती र ओत दिने नेपाल’
स्वास्थ्यसमाचार/ आसन्न निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । अघिल्ला निर्वाचनहरुमा लामो लामो प्रतिज्ञापत्र ल्याउने काँग्रेसले पनि यसपटक सम्छिप्त रुपमा प्रतिवद्धता पत्र तयार पारी सार्वजनिक गरेको छ । काँग्रेस सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा आगामी पाँच वर्षका लागि पार्टीले लिने नीति तय गरिएको छ । १० भिजन भनेर दिईएको प्रतिज्ञा पत्रको पाँचौँ नम्बर बुँदामा स्वास्थ्यको विषय समेत अटाएको छ । ‘ओखती र ओत दिने नेपाल’ राखिएको १० भिजनको पाँचौँ नम्बर बुँदामा भनिएको छ, ‘हाम्रो परिकल्पनाको नेपाल गर्भावस्था देखि बृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य…
पाण्डेले स्वास्थ्यलाई केन्द्रमा राख्दै समृद्ध रुपन्देहीको घोषणा प्रस्तुत गरे
स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले समृद्ध रुपन्देहीको खाकासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, युवा, लैंगिक समानता तथा भौतिक पूर्वाधार गरी पाँच शीर्षकमा केन्द्रित घोषणापत्रमा विशेषगरी जनस्वास्थ्य सुधार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। स्वास्थ्य : अन्तर्राष्ट्रियस्तरको सेवा विस्तारको लक्ष्य घोषणापत्र अनुसार रुपन्देहीको स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेषगरी लुम्बिनी प्रादेशिक अस्पताल लाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहित स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान, विशेषज्ञ…
रुपन्देही जिल्लामा ९९ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
स्वास्थ्यसमाचार / रुपन्देहीमा ९९ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले दिइको तथ्याक अनुसार जिल्लाभर १२ हजार २१८ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १२ हजार २०६ जनाले खोप लगाएका छन्, जसले समग्र प्रगति लगभग ९९ प्रतिशतसम्म पु¥याएको छ। विशेष गरी केही पालिकाले आफ्नो लक्ष्य भन्दा बढी प्रगति गर्दै अभियानलाई सफलता दिलाएका छन्। तिलोत्तमा (१०३%), लुम्बिनी सांस्कृतिक नगरपालिका (१०४%), सिद्धार्थनगर नगरपालिका (१०२%), कोटहीमाई गाउँपालिका (१०५%), मायादेवी गाउँपालिका (१०९%), रोहिणी गाउँपालिका (१०३%), सम्मरीमाई गाउँपालिका (१२४%) र गैडहवा गाउँपालिका (१०८%) ले उल्लेखनीय प्रगति देखिएको छ ।…
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु
स्वास्थ्यसमाचार / सरकारले मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्यसहित ‘सुरक्षित मातृत्व अभियान’ विशेष कार्यक्रम सुरु गरेको छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै अभियानको अवधारणा तथा कार्यढाँचा सार्वजनिक गरेको हो। सरोकारवालाबाट सुझाव संकलन गरी अभियानलाई थप प्रभावकारी बनाउने मन्त्रालयको लक्ष्य छ। कार्यक्रमले निःशुल्क प्रयोगशाला सेवा तथा युएसजी परीक्षण, सम्मानजनक तथा भेदभावरहित सेवा प्रवद्र्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ। मन्त्रालयका अनुसार प्रदेशमा गर्भवती जाँच (एएनसी) ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ। तर…
कांग्रेस उम्मेदवार पौडेलका २२ प्रतिबद्धता, स्वास्थ्यलाई उच्च प्राथमिकता
स्वास्थ्यसमाचार/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारदेखि निर्वाचन आयोग ले प्रचार–प्रसार खुला गरेसँगै रुपन्देही जिल्लामा चुनावी सरगर्मी बढेको छ। यसपटक रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा स्वास्थ्य क्षेत्र मुख्य चुनावी एजेण्डाका रूपमा उभिएको देखिन्छ। नेपाली कांग्रेस का उम्मेदवार उद्योगी चुन्न प्रसाद पौडेलले सार्वजनिक गरेको २२ बुँदे प्रतिबद्धतामा स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिइएको छ। उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउन पहल गर्ने बताएका छन्। क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सक…
लुम्बिनीमा स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरण कार्यशाला सम्पन्न
स्वास्थ्यसमाचार/ प्रादेशिक अस्पताल लुम्बिनी (हब) को आयोजनामा तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र, लुम्बिनी प्रदेश को समन्वयमा स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरण सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ। प्रादेशिक अस्पताल लुम्बिनी अन्तर्गतका हब तथा स्याटेलाइट अस्पताल नेटवर्कमार्फत प्रदान हुने स्वास्थ्य आपतकालीन सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यशालामा प्रदेशभरिका सम्बन्धित अस्पतालका प्रमुख, आपतकालीन सेवा संयोजक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन प्रमुख डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकाल तथा विपद्को अवस्थामा अस्पतालहरूको भूमिकाको महत्व औंल्याउँदै विपद् पूर्वतयारीलाई सुदृढ बनाउनु अपरिहार्य…
लुम्बिनी प्रदेशमा स्वास्थ्यको प्रमुख गन्तव्य बन्दै रुपन्देही जिल्ला
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रको प्रमुख गन्तव्यका रूपमा तीव्र रूपमा उभिँदै गएको छ। विशेषगरी बुटवल, भैरहवा र देवदह क्षेत्रमा सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको विस्तारसँगै जिल्लाको समग्र स्वास्थ्य पूर्वाधार मजबुत बन्दै गएको हो। जिल्लामा ठूला लगानीका अस्पताल सञ्चालनमा आएका छन् भने केही अत्याधुनिक अस्पताल निर्माणाधीन अवस्थामा छन्। यसको केन्द्रमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई १२ सय शय्यामा विस्तार गर्ने लक्ष्यसहित करिब ७ अर्ब रुपैयाँ लागतमा पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। प्रदेशस्तरीय मात्र नभई बहुप्रदेशीय सेवा केन्द्रका रूपमा विकसित हुँदै गएको उक्त अस्पतालमा लुम्बिनी प्रदेशसँगै…
४ अर्ब ५० करोड रुपैयाँ लगानीमा बनेको २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने
स्वास्थ्यसमाचार/ सिद्धार्थ नगरपालिका—८, अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. बैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। अस्पतालको भवन तयार भइसकेको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति पनि पूरा भइसकेको अस्पताल ब्यबस्थापनले जनाएको छ । अस्पतालमा ४ अर्ब ५० करोड रुपैयाँ लागतमा सात तलाको अत्याधुनिक भवनमा सेवा निमार्ण गरिएको छ। हस्पिटलमा न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स, अब्स-गाइनोकोलोजी लगायतका विशेषज्ञ सेवा उपलब्ध हुनेछ। रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोंन्कोस्कोपी, कोलोनोस्कोपी जस्ता अत्याधुनिक परीक्षण तथा उपचार सुविधा पनि उपलब्ध गराइने अस्पतालका अध्यक्ष कमल भण्डारीले बताउनु भयो। उहाले भन्नु…
मुलुकलाई दुर्घटनाबाट जोगाउन काँग्रेसले बहुमत ल्याउनु पर्छः डा शर्मा
स्वास्थ्यसमाचार/ नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताउनु भएको छ । आईतवार मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता शर्माले काँग्रेस नयाँ नेतृत्वसहित नयाँ मिसन र भिजन लिएर आएकाले पनि काँग्रेसलाई विजयी गराउनुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले एक महिना अघिबाट काँग्रेसमा नयाँ पुराना दुवै पुस्ताले रुचाएको नयाँ नेतृत्व आएकाले त्यसैलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गर्नुभयो ।…


