लुम्बिनीमा दुई स्वास्थ्य अधिकारी डा. होदा र चौधरी ११ तहमा बढुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य क्षेत्रका दुई जना वरिष्ठ अधिकारी ११ तहमा बढुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीले जारी गरेको सूचनाअनुसार स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रोशनलाल चौधरी र प्रदेश स्वास्थ्य सेवाअन्तर्गत मेडिकल जनरलिस्ट डा. मोहम्मद नुरुल होदा ११ तहमा बढुवा हुनुभएको हो। बढुवासँगै चौधरी प्रमुख जनस्वास्थ्य प्रशासक पदमा पदोन्नति हुनुभएको छ भने डा. होदा प्रमुख कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा हुनुभएको छ। चौधरी हाल स्वास्थ्य निर्देशनालय लुम्बिनीमा निमित्त निर्देशकका रूपमा कार्यरत रहनुभएको छ। डा. होदा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत हुनुहुन्छ। लुम्बिनी प्रदेश लोक सेवा आयोगको…

स्वास्थ्य संस्था संचालक संघको अध्यक्षमा पुर्वे निबिरोध निर्वाचित

स्वास्थ्यसमाचार/स्वास्थ्य संस्था संचालक संघ नेपाल (होडान) ले आफ्नो प्रथम साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। अध्यक्षमा पुनः मदन कुमार पुर्वे चयन भएका छन् भने उपाध्यक्षमा रामहरी थापा, महासचिवमा रघुनाथ पनेरू र कोषाध्यक्षमा पुजा चौधरी रहेका छन्। कार्यसमितिका सदस्यहरूमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्याय, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेका छन्। कार्यक्रम अध्यक्ष मदन कुमार पुर्वेको अध्यक्षतामा सुरु भएको थियो। स्वागत मन्तव्य रामहरी थापाले दिएका थिए भने खुल्ला सत्र रघुनाथ पनेरूले सञ्चालन गरेका थिए। साधारणसभामा सल्लाहकार शमशेर नेपालीले होडानले विगत ६ महिनामा उल्लेख्य काम गरेको उल्लेख गर्दै…

दाङको घोराहीमा ३सय शय्याको सञ्जीवनी टिचिङ हस्पिटलको सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ तीन सय श्ययाको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आएको छ । करिब चार अर्ब रुपैयाँको लगानीमा घोराही–३ बर्गदुवामा स्थापना भएको अस्पतालले बुधवारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । अस्पतालको उद्घाटन गर्दै सञ्चालक समितिका अध्यक्ष खुमाप्रसाद अर्यालले अब उपचारका लागि दाङसहित राप्तीबासीलाई जिल्लाबाहिर जानु नपर्ने बताए । उपचारका लागि दाङबाट नेपालगन्ज, बुटवलदेखि भारतको लखनउसम्म बिरामी गएको देखेरै आपूmले घोराहीमा अस्पताल सञ्चालन गरेको बताए । अस्पताल सञ्चालन भए पनि बिरामीले स्वास्थ्य सेवासँगै केही वर्षपछि स्वास्थ क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्तिसमेत उत्पादन हुने र यसले दाङको सेवालाई थप सहज बनाउँदै लैजाने बताए…

अपांगता तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीलाई घरमै खोप

स्वास्थ्यसमाचार/ महिलामा देखिने पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले एचपिभी (HPV) खोप अभियान सञ्चालन गरेको छ। उपमहानगरभित्रका ७१ वटा विद्यालय र १८ वटा सहरी स्वास्थ्य केन्द्रमार्फत किशोरीहरूलाई लक्षित गरी खोप सेवा प्रदान गरिएको छ। बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार २०८२ माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत २ हजार २५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। हालसम्म १ हजार ७३२ जना किशोरीलाई खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो। अभियानका क्रममा अपांगता भएका तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीहरूलाई घरदैलोमै पुगेर खोप सेवा प्रदान गरिएको छ।…

बुटवलभित्र गुटका र भोलाका खोल फाल्नेहरूलाई ५ सय जरीवाना

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्यालले नगरभित्र रहेको गुट र भोला खोलको प्रदूषण नियन्त्रणका लागि ५ सय जरीबान लगाउने घोषणा गर्नु भएको छ। उपमहानगरपालिकाको ६७ औं स्थापना दिवसको पुर्वसन्धामा आयोजना गरिएको सरसफाई अभियानको क्रममा उहाँले यो जानकारी दिनुभयो। उपप्रमुख अर्यालले बुटवलमा खोल र गुटको उचित व्यवस्थापन नगरेको खण्डमा फोहोर कम नहुने भएकाले जरीबाना रोपाइ अभियानलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले हाल ५ सय जरीबान तोकेका छौँ। यदि कसैले यसलाई पालन नगरे वा बेवास्ता गरे, हामी जरीवाना बढाउने र कडा निगरानी गर्ने छौँ।“ नगरपालिकाले यस अभियानमार्फत नदी…

बुटवलमा ३ दिनमै एचपीभि खोपको ८०% लक्ष्य पूरा, फागुन १ सम्म अभियान

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा हालसम्म करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ। उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको अभियानअन्तर्गत विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले छोटो समयमै ८० प्रतिशत लक्ष्य हासिल हुनु सकारात्मक  भएको बताउनुभयो। स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार गत वर्ष बुटवल उपमहानगरपालिकामा…

पाल्पामा नसर्ने रोग स्क्रिनिङ तीव्र, २२ हजार नागरिकको परीक्षण लक्ष्य

स्वास्थ्यसमाचार/पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ (पहिचान) अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यलय पाल्पाले अभियानलाई तीव्र रुपमा सञ्चालन भैरहेको जनाएको छ । लुम्बिनी प्रदेश सरकारको उपचार सेवा सुधारसँगै निरोधात्मक विधिको प्रवद्र्धन गर्ने योजना अनुसार नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि स्क्रिनिङ अभियान चलाइएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले सञ्चालन भएको अभियानबाट जिल्लाका ३० वर्षदेखि ८० वर्षसम्मका करिब २२ हजार नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको बताउनुभयो । अभियानको अबधिमा मधुमेह परीक्षण, रक्तचाप मापन, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको अनुपात पहिचान निःशुल्क रुपमा…

भेरी अस्पतालमा शय्या वृद्धि गर्न कुनै दुविधा छैन : मन्त्री डा. शर्मा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएका कारण भेरी अस्पतालमा प्रसूतिका बिरामीको चाप बढेको विषयलाई गम्भीरताका साथ लिएको बताएकी छन् । भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा शर्माले शय्या अभाव भएर बिरामीलाई उपचार दिन समस्या भएको चिकित्सकहरुको गुनासोपछि अस्पतालमा शयया वृद्धि गर्नुपर्ने विषयमा कुनै दुविधा नरहेको उल्लेख गरिन् । मन्त्री डा शर्माले भनिन्, “देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती रहे पनि समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने छ ।” मन्त्री डा शर्माले कार्डियोलोजी विभागका लागि…

बुटवलमा प्रमुख–उपप्रमुखसहित सप्ताहव्यापी सरसफाइ अभियान

स्वास्थ्यसमाचार/ बुटवलका प्रमुख खेलराज पाण्डेय तथा उपप्रमुख सावित्रादेवी अर्याल आफैँ झाडु बोकेर शहर सरसफाइ अभियानमा सहभागी हुनुभएको छ। उपमहानगरको ६७औँ स्थापना दिवसको अवसरमा माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी सरसफाइ अभियान अन्तर्गत  बुटवलको योगीकुटीदेखि कालिका स्कुल क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो। सरसफाइ अभियानमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, सामाजिक संघ–संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका सदस्य, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। बिहानै झाडु बोकेर सडकमा पुग्नुभएका नगर प्रमुख खेलराज पाण्डेयले सरसफाइलाई औपचारिक कार्यक्रममा मात्र सीमित गर्न नहुने बताउनुभयो। तपाईँहरूले सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्छ भन्दै उहाँले…

अब देशको उपचार गर्न डा. लेखजंग थापालाई जिताउनुस् : लामिछाने

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रूपन्देही क्षेत्र नं. ३ का मतदातासँग यसपटकको निर्वाचनलाई “देश जिताउने अवसर” का रूपमा लिन आग्रह गर्नुभएको छ। क्षेत्र नं. ३ मा आयोजित जनसम्पर्क कार्यक्रममा उहाँले उम्मेदवार डा. लेखजंग थापालाई देशको उपचार गर्न सक्षम व्यक्तिका रूपमा चित्रित गर्दै मतदाताको विश्वास नै परिवर्तनको आधार हुने बताउनुभयो। कार्यक्रममा लामिछानेले भन्नुभयो, “डा. लेखजंग थापाले अहिलेसम्म मानिसको उपचार गरिरहनुभएको छ, अब देशको उपचार गर्न उहाँलाई जिताउनुस्।” उहाँले देश निर्माणका लागि सक्षम, इमानदार र पेशागत अनुभव भएका प्रतिनिधि आवश्यक रहेको उल्लेख गर्नुभयो। लामिछानेका अनुसार मतदाताले मनमै निर्णय…