‘नेपालमा ७२ प्रतिशत मानिसले नसर्ने रोगका कारण ज्यान गुमाउँदै’

काठमान्डौ/पछिल्लो समय विश्वमा नसर्ने रोगका कारण मृत्यु हुने बिरामीको संख्या बढ्दो क्रममा छ । नेपालमा पनि ७२ प्रतिशत मानिसको “नसर्ने रोगका कारण” मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । नसर्ने रोगका कारण मानिसको स्वास्थ्य उपचारमा लगानी समेत बढेको छ । सरकारले वर्षेनी झण्डै ८ अर्ब रकम नसर्ने रोगको उपचारमा खर्च गर्ने गरेको छ । सरकारी तवरबाट हुने उपचारमा लाग्ने खर्चका साथै व्यक्तिगत रुपमा पनि खर्च बढी गर्नु पर्ने हुँदा कतिपयले उपचार खर्चमा आफ्नो सर्वस्व गुमाउनु परेको छ । सरकारले विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला सम्वन्धि रोगका साथै अल्जाइमर्स, पार्किन्सन्स,…

यही अवस्था रहे स्वास्थ्य बीमा अर्को वर्षबाट बन्द हुन्छ :स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बन्द हुने अवस्थामा रहेको बताएका छन् ।कान्तिबाट अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले मात्र स्वास्थ्य बीमा धान्न नसक्ने भन्दै यहि अवस्था रहे अर्को वर्षदेखि बन्द हुनसक्ने बताए । उनले नागरिकमा आधारित स्वास्थ्य बीमा हुनुपर्ने भन्दै नागरिकमा आधारित स्वास्थ्य बीमा नभएको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन सक्ने अब नागरिकमा आधारित स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुपर्ने बताए ।स्वास्थ्य बिमालाई एकलाख बाट बढाएर पाँचलाख पु¥याउन लागिएको उनको भनाई थियो । सरकारले वार्षिक सात/आठ अर्ब रकम निकासा गर्दै जाने, नागरिकले लगानी…

थिएटर थपसँगै पित्तथैलीकोअपरेसनमा पालो कुर्ने समस्याको अन्त्य हुदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेसनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको सङ्ख्या बढी भएकाले यसलाई घटाउन प्राथमिकता दिइएको अस्पतालका सर्जन विभाग प्रमुख डा.भुवन पौडेलले बताए । स्वाथ्य मन्त्रालय लुम्बिनीको आर्थिक सहयोगमा अस्पताल सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवातर्फ छुट्टै अपरेशन थिएटर थप भएपछि पुरानो अपरेशन थिएटरबाट अन्य विरामीका लागि शल्यक्रिया सेवा उपलब्ध गराउन सुरु गरिएको हो । सर्जन विभाग प्रमुख पौडेलले विशेष गरी पित्तथैलीको अपरेशन तथा नाक, कान, घाँटीको अपरेशन गर्नुपर्ने बिरामीको…

एडमण्ड सिटि अस्पताल र एसियन थाईफूड वीच उपचारमा सम्झौता

स्वास्थ्यसमाचार/एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको हो । उक्त सम्झौतामा मंगलबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष प्रकाश राना र एसियन थाई फूड प्रोडक्सका सेल्स म्यानेजर दीपक बास्तोलाले दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतासँगै एसियन थाईफूडमा कार्यरत झण्डै १ हजार कर्मचारीले सहज रुपमा उपचारमा छुट सुविधा लिने सेल्स म्यानेजर बास्तोलाले बताउनु भयो । अस्पतालका अध्यक्ष रानाले ट्रमा र न्यूरोलाई आधार बनाएर सञ्चालन गरिएको…

युसीएमएस. भैरहवाको २६औं वार्षिक साधारणसभा ,अध्यक्षमा पुनः शर्मा

स्वास्थ्यसमाचार/युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि.(युसीएमएस शिक्षण अस्पताल) को २६ औं वार्षिक साधारण सभा आइतबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभामा युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले सभामा सहभागी शेयर सदस्यहरूबाट उठेका प्रश्न, जिज्ञासा, सुझाव लगायत आगामी कार्ययोजनामा बारेमा आफ्ना धारणा राखेका थिए । कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको थिए । साधारण सभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद…

भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभीं) तीनजनामा पुष्टि

स्वास्थ्यसमाचार/कोरोनाजस्तै घातक मानिने ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) फैलिँदो क्रममा रहेको छ ।एचएमपिभी भाइरस चिनपछि भारतमा समेत देखा परेको छ । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) तीन पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाइरस पुष्टि भएका तीनै जना बालबालिका रहेका छन्। भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार कर्नाटक राज्यका दुई जनामा विभिन्न श्वासप्रश्वाससँग सम्बन्धित भाइरसको नियमित निगरानीको क्रममा पत्ता लागेको थियो। बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्। साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई…

स्वास्थ्य मन्त्रालय लुम्बिनीका सवारी साधन माथि ‘डिजिटल निगरानी’

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । अव चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो ।सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री खेमबहादुर सारुले वर्तमान लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय समेतको नीति ; सुशासन, भ्रष्टाचार न्यूनीकरण, नागरिकप्रति जवाफदेहिता को प्रमुख जिम्मेवारी र दायित्व, नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधि र कार्यालय प्रमुखहरु…

पूर्वमन्त्री संजय गौतमद्वारा बुटवल हस्पिटलको अवलोकन

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुवं मन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुदै गएको बताउनु भएको छ । उहाँले बुटवलमा नीजि क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताउनु भयो । उहाँले बुटवल हस्पिटल प्रा लि को अवलोकन गर्दै नीति क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताउनु भयो । बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले नीति क्षेत्रलाई संगै लिएर हिँडेमा मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताउनु भयो । सरकारले…

रसायन तथा मेडिकल संघलाई औषधी ब्यवसायी संघको सम्मान

स्वास्थ्यसमाचार/रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित संघका अध्यक्ष दिवक भट्टराई, निवर्तमान अध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष दिपक खनाल, द्धितीय उपाध्यक्ष तेजेन्द्र सापकोटा, महासचिव यदुमणी पोख्रेल, कोषाध्यक्ष किसन प्रसाद पाण्डे, सचिव राजीव गौतम, सदस्यहरु कृष्ण प्रसाद खनाल, गोबिन्द प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, लक्ष्छु भण्डारीलाई सम्मान गरेको हो । कार्यक्रममा वक्ताहरुले संवेदनशिल क्षेत्रका रुपमा रहेको स्वास्थ्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए ।नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरु एकजुट…

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिनका लागि पुनः बोलपत्र

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा बिलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरतकासाथ लिनु पर्नेमा जोड दिए । अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिँदै उनले…