ग्रामीण गर्भवती आमाका लागि रुरुक्षेत्रमा अल्ट्रासाउण्ड सेवा सुरु

स्वास्थ्यसमाचार/गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो । ज्ञवालीले यो सेवा बलेटक्सार, बम्घा, थानापती र ग्वादी क्षेत्रका गर्भवती आमाहरुलाइै केन्द्रमा राखेर सञ्चालन गरिएको बताउनुभयो । सक्नेहरु स्तरीय अस्पतालमा हिँडीहाल्ने भएकाले स्वास्थ्यचौकी गरिब तथा विपन्न परिवारको मात्र हुँदा सेवाहरु थप विस्तार गरेर अगाडी बढिएको ज्ञवालीले बताउनुभयो । सेवाग्राहीलाई हरेक दुई महिनामा आफ्नै वडामा अल्ट्रासाउण्ड सेवा प्रदान गरिनेछ । नियमित सेवा बलेटक्सार स्वास्थ्य चौकीबाट उपलब्ध हुने भएकाले ग्रामीण भेगका आमाहरुलाई समयमै, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने…

जाडोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार:भोजराज पोख्रेल

जाडोको समयमा चिसोको कारणले मानीसहरुमा धेरै स्वास्थ्य समस्याहरु देखापर्दछन् । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र बृद्धबृद्धाहरु र दिर्घ रोगी हरुलाई बढी मात्रमा स्वास्थ्य समस्या हुने गर्दछ । त्यासकारण अहिलेको समयलाई बढी मात्रमा साबधानी सहित ध्यान दिएर आप्mनो दैनिकी चलाउनु महत्वपुर्ण मानिन्छ । यस्ता छन् जाडोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार बिधीहरु: श्वासप्रस्वास संम्बन्धि समस्या: चिसो बढेसंगै कतिपय मानिसहरुमा श्वासप्रस्वास संम्बन्धि रोग लाग्ने गर्दछ । यसको सबैभन्दा छिटो प्रभाब बिरामी बृद्धबृद्धा साना साना बालबालिका तथा सुत्केरी महिलामा पर्न जान्छ । श्वासप्रस्वास संम्बन्धि रोग लाग्नुको प्रमुख कारण प्रदुषण धुम्रपानसंगै चिसो…

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना,उपाध्यक्ष र सदस्यमा को-को ?

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छिन्। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई सो जिम्मेवारी सुम्पिएको हो। काउन्सिललाई पूर्णता दिने क्रममा उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई चयन गरिएको छ। सदस्यहरूमा हिरा कुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन्।

सुशासनतर्फ लुम्बिनीको स्वास्थ्य: बेरुजु पूर्ण शून्यमा झार्ने साझा प्रतिबद्धता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई आगामी एक वर्षभित्र बेरुजु शून्यमा झार्ने साझा प्रतिबद्धता स्वास्थ्य क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले व्यक्त गरेका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा पुस २१ र २२ गते दाङको भालुवाङमा आयोजित बेरुजु समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा सहभागीहरूले ‘शून्य बेरुजु’ हासिल गर्न सामूहिक प्रतिबद्धता जनाएका हुन्। स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेमबहादुर सारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी कार्यालयहरूले शून्य बेरुजु कायम राख्ने, बेरुजु रहेका कार्यालयहरूले प्रचलित कानुनी प्रक्रिया अवलम्बन गरी आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणमा शून्य बेरुजु हासिल गर्ने, असुल उपर गर्नुपर्ने…

नेपाल मेडिकल काउन्सिलमा नयाँ नेतृत्व, उपाध्यक्षमा डा.कुञ्जाङ शेर्पा

स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पा विजयी भएका छन् ।उनले उपाध्यक्ष पदका आफ्ना प्रस्तिस्पर्थी डा गुरुशरण साहलाई ८८४ मतले पराजित गर्दै उपाध्यक्ष पदमा बिजयी भएका हुन् । निर्वाचन समितिका अनुसार डा शेर्पाको पक्षमा ५२३४ मत परेको थियो भने उनका निकटतम प्रतिस्पर्धी डा साहले ४३५० मात्रै प्राप्त गरे । नव निर्वाचित डा शेर्पा वीर अस्पतालका मुटुरोग विशेषज्ञ हुन् । उपाध्यक्षका अर्का उम्मेदवार डा अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।यस्तै आठ जना सदस्य पदका लागि ३३ जना उम्मेद्धार भएका मध्ये डा छविलाल पन्थीले ४८५७ मत सहित विजयी भएका…

इन्द्रेणी ग्रामीण विकास केन्द्रको सामाजिक परीक्षण भैरहवामा सम्पन्न

स्वास्थ्यसमाचार/ इन्द्रेणी ग्रामीण विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ।संस्थाले गत एक वर्षमा गरेका गतिविधि, उपलब्धि र चुनौतीबारे सार्वजनिक रूपमा जानकारी गराइएको हो । इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेकोे अध्यक्षता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यमा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बलकृष्ण त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोखरेल, कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत, गैडहवा रहनु भएको थियो ।   त्यस्तै गाउँपालिकाका…

बुटवलमा बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरमा सेवाग्राहीको भीड

स्वास्थ्यसमाचार/शीतलहरका बाबजुद बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर मा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। मौसम प्रतिकूल भए पनि सोमबार बुटवल उपमहानगरपालिका वडा नं. ८ र ९ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको हो। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार वडा नं. ८ सुख्खानगरमा सञ्चालित शिविरमा ६१ जना र वडा नं. ९ मा ८१ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन्। सोमबार बिहान सुख्खानगरमा सञ्चालित शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिक हरू स्वास्थ्य…

एनएमए निर्वाचनः अध्यक्षमा डा. मंगल रावलसहित ‘टिम मंगल’द्वारा संकल्पपत्र सार्वजनिक

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ (एनएमए) को आउँदै गरेको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्धारी दिएका डा मंगल रावलको टिमले आफ्नो संकल्पप्रस्ताव सार्वजनिक गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डा रावल नेतृत्वको टिमले आज पत्रकार सम्मेलन गरी संकल्प पत्र सहित टिम सार्वजनिक गरेको हो । ‘टिम मंगल’ नाम दिइएको यस टिमबाट अध्यक्षमा डा. मंगल रावल उठेका छन् ।बरिष्ठ उपाध्यिक्षमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले उम्मेद्धारी दिएका छन् । उपाध्यक्ष (कोशी प्रदेश संयोजक)मा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा टंकप्रसाद बाराकोटी, उपाध्यक्ष (मधेश प्रदेश…

गुल्मेली सम्पर्क समाजद्वारा क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम 

स्वस्थ समाचार/गुल्मेली सम्पर्क समाज रुपन्देहीले आज क्यान्सर परीक्षण तथा सचेतना शिविर संचालन गरेको छ । नेपाल क्यान्सर अस्पताल एवम् नेपाल क्यान्सर सपोर्ट ग्रुपको समन्वय तथा सहकार्यमा क्यान्सर परीक्षण तथा सचेतना शिविर गरेको हो । रुपन्देहीको शंकरनगर – १ , ड्राइभरटोलमा अवस्थित होराइजन गौतमबुद्ध स्कुलमा अहिले स्वास्थ्य शिबिर जारी छ । जहाँ सर्बसाधारणको बिहानै देखि भिड छ । स्वास्थ्य शिबिरको उद्घाटन गर्नुहुँदै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले घरघरबाट क्यान्सर रोग उन्मुलन गर्न जनचेतना र स्क्रिनिङ जरुरी रहेको बताउनु भयो । उहाँले यस क्षेत्रमा क्यान्सर अस्पताल बनाउन पालिकाले समन्वय र सहकार्य गर्न…

नेपाल चिकित्सक संघ निर्वाचन: डा.बद्रीद्वारा सार्वजनिक चुनावी प्रतिवद्धता

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता’ भन्ने नाराका साथ जारी गरिएको पत्रमा चिकित्सकहरूको पेशागत सुरक्षा, पारिश्रमिक वृद्धि, दरबन्दी थप, कार्यस्थलमा सुरक्षा, मानसिक स्वास्थ्य, र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ। समूहका संयोजक डा. बद्री रिजालले जानकारी दिनुभयो कि प्रतिबद्धता पत्र मुख्यतया छ वटा मुख्य क्षेत्रमा केन्द्रित छ। समूहले सरकारी सेवामा चिकित्सकहरूको न्यून सङ्ख्या औँल्याउँदै, पहिलो वर्षमै २,१०० र पाँच वर्षभित्र १०,००० बढी चिकित्सक थप…