घोराहीमा तीन सय शैयाको सञ्जीवनी शिक्षण अस्पताल माघ २८ देखि सञ्चालनमा आउँदै

समाचार /घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित सञ्जीवनी शिक्षण अस्पतालको सेवा माघ २८, बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। तीन सय शैयाको क्षमतायुक्त यस अत्याधुनिक अस्पतालले विशेषज्ञ चिकित्सकहरुको साथमा ‘केयर फर अल’ मूल नाराका साथ सेवा प्रदान गर्नेछ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले तीन अर्ब लगानीमा निर्माण गरिएको अस्पतालको भौतिक संरचना र सबै तयारी पूरा भएको बताए। उनले संघीय जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त गरी अस्पतालले सबै सेवाहरू एकैसाथ सुरु गर्न लागेको जानकारी दिनुभयो। अस्पतालले ओपीडीमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री–प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा…

बुटवलमा २२ सय ५०मध्ये दुई दिनमै १,४२८ किशोरीलाई एचपीभी खोप

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर पालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा दुई दिनमै १ हजार ४२८ जनाले खोप लगाइसकेका छन्। उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको यस अभियानमा विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले अभियानको पहिलो दुई दिनमै १ हजार ४२८ जनाले खोप लगाएर लक्ष्यतर्फ उल्लेखनीय प्रगति हासिल भएको बताउनुभयो। स्वास्थ्य शाखाकी…

स्वास्थ्य बीमा बोर्डको निर्देशन: औषधि र सेवाहरू न्यूनतम दरमै दाबी गर्नुपर्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्न बोर्डले निर्देशन दिएको हो। पुस २४ को बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरुले ‘आइटम तथा सर्भिसेस’ को न्यूनतम दाबी गर्न छुट्टै महल थप गरिएको बोर्डले जनाएको छ। यो व्यवस्था फागुन १ गतेबाट अनिवार्य रुपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई बोर्डको निर्देशन छ।

आमनिवार्चन २०८२: दलहरूको घोषणा पत्रमा हुनु पर्ने प्राथमिकताहरू

लामो समयदेखि जारी राजनीतिक अस्थिरता, कमजोर राज्य संयन्त्र र ह्रासोन्मुख अर्थतन्त्रले नेपाल गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ । बारम्बार सरकार परिवर्तन, नीतिगत अस्थिरता, सुस्त आर्थिक वृद्धि, बढ्दो बेरोजगारी, सार्वजनिक सेवामा देखिएको कमजोरी र जनविश्वासको ह्रासले राज्य सञ्चालनप्रति नै प्रश्न उठ्न थालेको छ। यही पृष्ठभूमिमा २०८२ सालमा हुन गइरहेको आमनिर्वाचनलाई देशको भविष्यको दिशा तय गर्ने निर्णायक अवसरका रूपमा हेरिएको छ। नयाँ तथा पुराना सबै राजनीतिक दलहरूले आफ्ना घोषणा पत्रमार्फत शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुरक्षा, राष्ट्रिय हित, यातायात, निर्माण, जलस्रोत, वातावरण संरक्षण र सुशासनजस्ता आधारभूत विषयलाई स्पष्ट प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दबाब बढ्दै…

नवलपरासी पश्चिममा एचपिभी खोप अभियान उत्साहजनक शुभारम्भ

स्वास्थ्यसमाचार/ महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि नवलपरासी पश्चिम जिल्लामा एचपिभी (HPV) खोप अभियान आजवाट  सुरु भएको छ। यस अभियान अन्तर्गत कुल ३,७५५ लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत १,९१० र विद्यालय बाहिरका १० वर्षका १५ जना गरी जम्मा १,९२५ किशोरीलाई खोप प्रदान गरिएको छ। स्वास्थ्य अधिकारीहरूले यस अभियानलाई प्रभावकारी बनाउन विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी काम गरिरहेको बताए। अभियान यहि माघ २८ गतेसम्म सञ्चालन स्वास्थ्य कार्यलय नबलपरासीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनु भयो ।

रुपन्देहीका साढे १२ हजार किशोरीलाई एचपीभी खोप लगाउन सुरु

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि आजदेखि एचपीभी खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले खोप फागुन ४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ। विद्यालय नजाने किशोरीको हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप उपलब्ध गराइने छ। यस वर्ष जिल्लाभर १२,४१९ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ, जसमा ६१० जना विद्यालय नजाने किशोरी पनि समावेश छन् — जिल्ला…

लुम्बिनीका स्वास्थ्य मन्त्री सारुद्वारा प्युठान अस्पतालको अनुगमन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय खेमबहादुर सारुमगरले प्युठान अस्पतालको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गर्दै बिरामीहरूले भोगिरहेका समस्या र स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिनुभएको थियो। त्यस अवसरमा स्वास्थ्य मन्त्री सारुमगरले अस्पतालमा सञ्चालनमा रहेका विभिन्न विभागहरूको अवलोकन गर्नुका साथै चिकित्सक, नर्स तथा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभएको थियो। अन्तर्क्रियाका क्रममा उहाँले प्युठान अस्पतालमा स्वास्थ्य सेवा विस्तार तथा सेवा सुदृढीकरणका लागि मन्त्रालयबाट आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य मन्त्री सारुमगरले अस्पतालमा निर्माणाधीन नयाँ भवनको प्रगति अवस्थाको समेत अवलोकन गर्दै भवन निर्माण कार्यलाई छिटो सम्पन्न…

६७औँ स्थापना दिवसको अवसरमा बुटवलमा बृहत् सरसफाइ अभियान

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा स्वच्छ, सुन्दर र व्यवस्थित शहर निर्माणको लक्ष्यसहित बुटवलमा बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। अभियानको सुरुवात बसपार्क क्षेत्रबाट गरिएको हो। सरोकारवालाहरूको उत्साहजनक सहभागितासहित सुरु गरिएको अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी, पश्चिम नेपाल बस प्रा।लि।का कर्मचारी, विभिन्न टोल विकास समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले शहरका मुख्य क्षेत्रहरूमा सरसफाइ गर्दै वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारीबोध गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सरसफाइलाई एकदिने औपचारिक कार्यक्रमका रूपमा सीमित गर्न नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,…

प्युठानमा स्वास्थ्य मन्त्री सारुद्वारा एचपीभी खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा क्यान्सर रोग नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ। अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगरले प्युठान नगरपालिका–स्थित कालिका बोर्डिङ स्कुलबाट गर्नु भयो। कार्यक्रममा मन्त्री सारुमगरले पालिका स्वास्थ्य शाखा प्रमुखलाई खोप हस्तान्तरण गर्नुका साथै किशोरीहरुलाई खोप कार्ड प्रदान गर्दै अभियानको औपचारिक सुरुवात गर्नु भएको हो । प्युठानबाट सुरु भएको यो अभियानमा लुम्विनी प्रदेशका करिब ६१ हजार किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी प्युठान जिल्लामा मात्र करिब २ हजार ९ सयभन्दा बढी किशोरीहरूलाई खोप सेवा…

महिला स्वास्थ्य स्वयंसेविका सुर्जमती हरिजनको निधन

भैरहवा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की महिला स्वास्थ्य स्वयंसेविका सुर्जमती हरिजन ५८ वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै घरमा निधन भएकी छन्। केही महिनादेखि अस्वस्थ रहिएकी हरिजनको उपचार चलिरहेको थियो। उहाँको दाहसंस्कार आइतबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्वारी घाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएका छन्। स्वर्गीय हरिजनको चार छोरा र एक छोरी छन्।