बुटबलमा औलो तथा अन्य उपेक्षित रोगहरुको वार्षिक समिक्षा

स्वास्थ्यसमाचार /स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा बुटबलमा औलो तथा अन्य उपेक्षित रोगहरुको वार्षिक समिक्षा गरिएको छ। प्रदेशका १३ अस्पताल १२ जिल्ला स्वास्थ्य कार्यलय र १३ बटा औलो देखिएका पालिकाका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागी रहेको समीक्षामा आगामी बर्षको योजना तर्जुमा  तथा गत बर्षको कार्यक्रमको समिक्षा गरिएको हो । स्वास्थ्य निर्देशनालय लुम्बिनीका  (VBDs/NTDs)फोकल प्रर्दशन खिमलाल पाण्डेका अनुसार  बुटबलमा भएको २ दिने समीक्षामा आगामी बर्षको योजना तर्जुमा  तथा गत बर्षको कार्यक्रमको समिक्षा गरिएको बताउनु भयो। पाण्डेले भन्नुभयो २ दिन सम्म चलेको समीक्षामा स्वास्थ्य कार्यालयले पालिकाले कहिले के गर्ने भन्ने बारेसमेत जानकारी गराइएको वताउनु…

बालबालिकामा हस्पिटलको डर भगाउन लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण

स्वास्थ्यसमाचार/ बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ । बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचार बारे सकारात्मक सन्देश दिनेगरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा सुदर्शन थापाले बताए । बालबालिकाहरु बारे अनुसन्धान तथा उपचार पद्दतीलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक…

पर्रोहा स्वाथ्य चौकीको सेवा सुविधा तथा गुणस्तर सम्बन्धी सामाजिक परिक्षणः स्वाथ्यमा पहुँच वृद्धि गर्न आवश्यक नगरप्रमुख शर्मा

स्वास्थ्यसमाचार/ पर्रोहा स्वाथ्य चौकी सैनामैनाको स्वाथ्य सेवा तथा गुणस्तर सम्बन्धी सामाजिक परिक्षण तथा आम भेला सम्पन्न भएको छ । रुपन्देही मिडिया नेटवर्कको आयोजानमा भएको आम भेलामा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले गर्भवती जाँच सहितको सेवा पर्रोहा स्वाथ्य चौकीमा सुरुवात गरिएको जानकारी दिदै ८ पटक गर्भवती जाँच गर्न आवश्यक रहेको बताउनु भयो । उहाले नियमित जाँच गरेपनि अहिले घरमा नै प्रसुती हुने परिपाटी रहेको भन्दै यसको लाग स्वाथ्य चौकीमा पहुँच वृद्धि गर्न आवश्यक भएको बताउनु भयो ।उहाले स्वाथ्य चौकीमा आउने गर्भवती महिलाहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने गरिएको जानकारी…

सीटीईभीटीको सदस्य सचिव पदमा महेश भट्टराई नियुक्त

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त भएका छन् । सदस्य सचिव पदमा महेश भट्टराईसहित अरविन्दकुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य प्रतिस्पर्धामा थिए। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन।

सुत्नु भन्दाअघि गर्न नहुने ७ गल्तीहरु

स्वास्थ्यसमाचार| मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीहरु यसप्रकार रहेका छन् । १. रातिमा खाने खाने वित्तिकै सुत्नू हुँदैन। यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ। २. खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १देखि२ घण्टा अघि…

लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीको टेण्डर गर्न ढिलाई किन ? : पूर्व अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/ पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि पौडेलले आपत्ति जनाउनु भएको छ। रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै पूर्बअर्थमन्त्री पौडेलले यस्तो बताएउनु भएको हो। पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गर्नु भयो ।पौडेलले अस्पतालको स्तरोन्नती नभएसम्म उपचारमा सहजता नभएकोले टेण्डर आह्वान गर्नु पर्ने बताउनु भयो। उहाले बुटवलको ६ लेन सडक निर्माणमा भैरहेको ढिलाईले बुटवललाई गिज्याइरहेको भन्दै उहाँले सरकारमा बस्नेहरुले रमिता हेर्ने बाहेक केहीगर्न नसकेको बताउनु भयो ।…

The 2-day annual review conference of the laboratories of Lumbini province was completed

Health news/The annual review conference of state level laboratories for the fiscal year 2079-80 was held at Ghorahi in Dang under the organization of Lumbini State Public Health Laboratory. Rajesh Kumar Gupta, director of the State Public Health Laboratory, chaired the conference in which Health Minister Raju Khanal, Health Secretary Dr. Jarnadan Panthi, Health Director Dr. Vinod Kumar Giri, Training Center Senior Health Education Administrator Nod Narayan Chaudhary, Health Division Chief Dr. Pushparaj Paudel of Health Ministry of Lumbini Province, Mim Bahadur Singh, Senior Program Manager of Save the Children…

नवलपरासीमा एक वर्षमा थपिए १३ जना नयाँ एचआइभी सङ्क्रमित

स्वास्थ्यसमाचार/नवलपरासी -बर्दघाट सुस्तापूर्वमा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो ।“सङ्क्रमितमध्ये ५१ पुरुष र ४८ महिलासहित ९९ जनाले निरन्तर औषधि खाइरनुभएको छ”,उहाँले भन्नुभयो, “पाँच पुरुष र चार महिला सहित नौ जना यस जिल्लाबाट आफ्नै जिल्ला गइसकेका र पाँच पुरुषले औषधि सेवन गर्न छाडेका छन् ।”…

प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्न माग

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्र्तगतका प्रयोगशाला प्रमुखहरुले प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड तयार गर्नुपर्ने माग गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आयोजना गरेको दुई दिने समिक्षा गोष्ठीमा सहभागि प्रदेश भित्रका सरकारी प्रयोगशाला प्रमुखहरुले स्थापना र सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड नहुदाँ प्रयोगशालाहरुको वर्गिकरण गर्न नसकिएको बताएका छन् । सरकारी प्रयोगशालाहरुको बर्गिकरण गरि कुन प्रयोगशाला कुन तह सम्मको परिक्षण हुने भन्ने निश्चित गरि सोहि अनुसारका उपकरण र जनशक्ति व्यवस्थापन गर्न आबश्यक रहेको गोष्ठीका सहभागिहरुको निष्कर्ष छ । स्थानिय तह अन्र्तगतका अधिकांश प्रयोगशालामा अहिले पनि म्यानुयलमै काम हुने भएकाले गलत…

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालमा जिन सिक्वेन्सिङ हुँदै

स्वास्थ्यसमाचार/भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ ९भेरिएन्ट अफ इन्टरेस्ट० पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ । जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो…