सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलमा एचडियु सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ सिद्धार्थ वाल तथा महिला अस्पताल –आम्दा, बुटवलमा ९ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा औपचारिक रूपमा सुरु गरिएको छ। उक्त सेवा अस्पतालका मेसु डा. बिनोद पराजुलीले उद्घाटन गर्नुभएको हो। डा.  पराजुलीले अस्पतालमा पिआईसियु र एनआईसियु संचालनमा रहेको भए पनि अस्पतालमा बाल बिरामीहरूको अधिक चापका कारण बेड अभावले गर्दा अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्दा अभिभावकले सकभर यसै अस्पतालमा उपचार गराउन जोड गरेका कारण बिरामीको अस्पतालप्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु संचालनमा ल्याएको बताउंदै अब थप बिरामीलाई सेवा प्रदान गर्न सकिने बताउनुभयो । विगत २६ वर्षदेखि निरन्तर सेवारत अस्पतालले सस्तो र…

स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारे :डा तोषिमा कार्की

स्वास्थ्यसमाचार/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु(याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खोजेको आरोप लगाउनु भयो । उहाँले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको सिमालाई पाँच लाख पु(याएँछु भन्ने महत्वकांक्षी सपना बाँढ्नु हुने स्वास्थ्यमन्त्रीबाट नै…

निमोनियाले गल्दै आठमहिने बालक, आर्थिक अभावले छोराको रेफर लिन मुस्किल

स्वास्थ्यसमाचार/गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनी सिमकी सुमित्रा परियारका आठ महिनाका छोरालाई निमोनिया भएको छ । बच्चा १० फागुनदेखि गुल्मी अस्पताल तम्घासमा भर्ना भएका छन् । सुमित्रा बेडमा छोरा तड्पिएको देखेर रुन्छिन् । तर, पीडा अभिव्यक्त गर्न सक्दिनन् । किनकि उनी बोल्दिनन्, सुन्दिनन् छोरालाई ज्वरो आउने, खोकी लाग्ने र श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल आएकी हुन् । छोरा साहरा परियारलाई निमोनिया रहेको गुल्मी अस्पतालकी डाक्टर विद्या पन्थीले जानकारी दिइन् । बच्चाको अवस्था सुधार नभएकाले आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्दा राम्रो हुने भएकाले बाहिर पठाउन खोजिएको डाक्टर पन्थीले बताइन् । थप उपचार…

न्यूनतम सेवा मापदण्ड : लुम्बिनीका सेकेन्डरी ए अस्पतालमा बर्दिया पहिलो, भिम र अर्घाखाँची दोस्रो, गुल्मी बन्यो तेस्रो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सेकेन्डरी अस्पताल ‘ए’का अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सम्पन्न भएको छ ।   मूल्यांकनमा बर्दिया जिल्ला अस्पताल पहिलो भएको छ । अर्घाखाँची अस्पताल र भिम अस्पताल भैरहवा दोश्रो भएको छन । यस पटक गुल्मी जिल्ला अस्पताल तेश्रो भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत एबं एम.एस.एस. फोकल पर्सन अस्मिता नेपालले बताउनु भयो । त्यस्तै एम.एस.एस. कार्यान्वयन तथा अनुगमन अधिकृत सन्देश पौडेलले बिभिन्न मापदन्डलाईलाई आधार मानेर मूल्याङ्कनबाट उक्त नतिजा आएको बताउनु भयो ।   प्रदेश स्तरको न्यूनतम सेवा मापदण्ड को अवस्था  

स्वास्थ्य सचिव डा पोखरेल र अतिरिक्त सचिव डा सिंहको बिदाई

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिव. डा रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरेको छ। आइतवार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका डाक्टरहरुलाई मन्त्रालयले एक कार्यक्रमा आयोजना गरी बिदाइ गरेको हो। स्वास्थ्यमन्त्री प्रदीप पौडेल तथा सचिव हरिप्रसाद मैनालीले उनीहरुलाई बिदाइ गरेका थिए। मन्त्री पौडेलले बिदाइ समारोहमा बोल्दै औपचारिक पदबाट बिदा भएपनि आफूले सल्लाहकारका रुपमा लिइरहने बताए। उनले अन्तिम समयसम्म योगदान गरेको भन्दै प्रशंसा गरेका थिए। पौडेलले भने, ‘सचिव डा. पोखरेलसँग मन्त्री हुनुअघि पनि मैले सहयोग लिइरहेको थिएँ र औपचारिक पदबाट बिदा भएपनि…

अर्घाखाँचीको भूमिका स्थानमा मेडिटेक इन्टरनेश्नल हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर ६सय१६ले सेवा लिए

स्वास्थ्यसमाचार/अर्घाखाँचीको भूमिकास्थान–४, धारापानीमा सञ्चालन भएको बिशेषज्ञ सेवा सहितको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले सेवा लिएका छन् । भूमिकास्थान नगरपालिकाको आयोजना, देउराली यातायात अर्घाखाँची प्रा.ली.को सह–आयोजना र मेडिटेक इन्टरनेश्नल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोगमा संचालित शिविरमा ६ सय १६ जनाले सेवा लिएका हुन् । धारापानी स्वास्थ्यचौकीको प्राङ्गणमा एक दिन शनिबार मात्र सञ्चालन भएको शिविरमा भूमिका स्थानको धारापानी र ढाकावाङ अधिकांश नागरिकले सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले जानकारी दिनुभयो । धारापानी स्वास्थ्यचौकी प्रमुख रामु के.सी.का अनुसार १ सय ५३ जनाले ल्यावको सेवा लिनुभएको छ…

गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर, ५९ जनाले लिए सेवा

स्वास्थ्यसमाचार गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ५९ जना बिरामीले सेवा लिएका छन । पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ५९ जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो । गाउँपालिकाको बिनियोजित बजेटबाट दोश्रो चरणमा उक्त कार्यक्रम गरिएको हो । अब बाकी १ बटा शिबिर सञ्चालन गरिने कार्यक्रम रहेको बताउनु भयो। गौमुखी ४ कि रिमा बिकले ३्४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित…

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल नेपालकै प्रथम

स्वास्थ्यसमाचार/न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेन्डरी बी लेभल अस्पतालहरुको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट…

न्यूनतम सेवा मापदण्ड: कपिलवस्तु अस्पताल ९० अंकसहित सुधारोन्मुख

स्वास्थ्यसमाचार/न्यून जनशक्तिका बाबजुद न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा कपिलवस्तु अस्पताल सुधार उन्मुख देखिएको छ । कपिलवस्तु अस्पताल तौलिहवाले न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ९० प्रतिशत अङ्क प्राप्त गरेको छ । बिहिबार कपिलवस्तु अस्पतालमा भएको आर्थिक वर्ष २०८१र०८२ को न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा उक्त तथ्यांङक सार्वजनिक गरिएको हो । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत गरिएको मूल्यांकनमा अस्पताल सुधार उन्मुख देखिएको हो । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन तथा समिक्षा कार्यक्रममा बर्दिया अस्पतालका प्रमुख तथा न्युनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा विजय…

लुम्बिनी प्रादेशिक अस्पतालको ११५औं स्थापना दिवस: फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले हात पारेको छ । फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २-२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई…