विश्व नारी दिवस : “Give to Gain” र लुम्बिनीको मातृ स्वास्थ्य अवस्था

प्रत्येक वर्ष मार्च ८ मा विश्व नारी दिवस मनाइन्छ।२०औँ शताब्दीको प्रारम्भमा महिला श्रमिकहरूको अधिकार आन्दोलनबाट सुरु भएको यो दिवसलाई सन् १९७५ मा United Nations ले औपचारिक मान्यता दिएपछि विश्वव्यापी रूपमा संस्थागत रूप प्राप्त भयो। सन् १९७५ देखि २०२६ सम्म आइपुग्दा यो दिवसले ५१ वर्षको औपचारिक यात्रा पूरा गरिसकेको छ। आज नारी केवल शुभकामना साटासाट गर्ने अवसर मात्र नभएर समाजमा रहेका लैङ्गिक असमानता, संरचनागत विभेद, र नीतिगत कमजोरीहरूलाई प्रश्न गर्ने अवसर बनेको छ। यस बर्ष (सन् २०२६ को) विश्व नारी दिवसको नारा “Give to Gain” तय गरिएको छ। यसको सन्देश स्पष्ट…

चिकित्सकबाट संसदसम्म : डा. लेखजंग थापाको नयाँ राजनीतिक यात्रा

स्वास्थ्यसमाचार/ नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा नयाँ अनुहार र नयाँ सोचको चर्चा बढिरहेको छ। पेशागत दक्षता र सामाजिक सेवाबाट पहिचान बनाएका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्ने क्रम पनि विस्तार हुँदै गएको छ। यही पृष्ठभूमिमा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. लेखजंग थापा यतिबेला चर्चा र अपेक्षाका केन्द्र बनेका छन्। वरिष्ठ न्युरोलोजिस्टका रूपमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएका डा. थापाले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले ५८ हजार ८१४ मत प्राप्त गर्दै उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका छन्।…

रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग ५८ हजार ८१४ मतसहित विजयी

स्वास्थ्यसमाचार/ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ। यसैगरी नेकपा (एमाले)का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो।  

रूपन्देही–३ मा रासपाका डा.लेखजंग २६हजार मतसहित अग्रस्थानमा

स्वास्थ्यसमाचार रूपन्देही–३ मा जारी प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापाले उल्लेख्य अग्रता बनाएका छन्। हालसम्मको मतपरिणामअनुसार डा. थापाले २६ हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ३ हजार ७९४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले ३ हजार ५४८ मत ल्याएका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले २ हजार ९२३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका फैज अहमद खाँले ७२० मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टी (एकल चुनाव चिन्ह)…

तिलोत्तमामा निर्वाचन लक्षित निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

स्वास्थ्यसमाचार/   निर्वाचनका क्रममा हुन सक्ने संभावित घटना तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिका ले सुत्केरी, जेष्ठ नागरिक, असहाय तथा अति गरिब नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले विशेषगरी मतदानको समयमा बिरामी, असक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई अस्पतालसम्म सुरक्षित रूपमा पु¥याउने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ। सेमरा बजार स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कमल पाण्डेले निर्वाचन अवधिभर आवश्यकता परेमा एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। उहाले तिलोत्तमा नगरपालिका भित्रका सबै वडामा यो सेवा लागू हुने जानकारी दिँदै आवश्यक परे ९८६७१११९६८ नम्बरमा वा सम्बन्धित वडा प्रतिनिधिसँग सम्पर्क गर्न…

निर्वाचन विशेष: लुम्बिनीका सबै अस्पतालमा ‘र्‍यापिड रेस्पोन्स टिम’

स्वास्थ्यसमाचार/ आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका सबै प्रादेशिक तथा जिल्ला अस्पतालहरूले विशेषज्ञ चिकित्सकसहितको ‘¥यापिड रेस्पोन्स टिम’ (RRT) गठन गरेका छन्। स्वास्थ्य निर्देशनालय लुम्बिनी का निर्देशक रोशनलाल चौधरीका अनुसार निर्वाचनको समयमा हुन सक्ने भवितव्य, दुर्घटना वा अन्य आकस्मिक स्वास्थ्य समस्याको तत्काल सम्बोधनका लागि अस्पतालहरूले विशेष तयारी गरेका हुन्। निर्देशक चौधरीले निर्वाचन बिदाको अवधिभर उक्त टोलीलाई ‘हाइ अलर्ट’ (उच्च सतर्कता) मा राखिने जानकारी दिनुभयो।“निर्वाचनका बेला हुन सक्ने सम्भावित घटनाबाट उत्पन्न स्वास्थ्य चुनौतीको व्यवस्थापनका लागि सबै प्रादेशिक तथा…

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’ गठन

स्वास्थ्यसमाचार/ यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी प्रादेशिक अस्पताल ले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ। निर्वाचन अवधिमा हुन सक्ने सम्भावित दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै विशेष स्वास्थ्य सेवा दल गठन गरिएको अस्पतालले जनाएको छ। सार्वजनिक बिदाको समयसमेत पर्ने भएकाले फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दल सक्रिय रहने गरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए। आकस्मिक विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट एक–एक जना फोकल पर्सन रहने व्यवस्था गरिएको छ।…

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना: २ को मृत्यु, ७ घाइते लाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

काठमान्डौ/ रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा मतदान सामग्री र निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। त्यसैगरी घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा ले जानकारी दिएका छन्। उनको मन्थली अस्पताल मा उपचार भइरहेको अवस्थामा निधन भएको हो। घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटाइएको…

डा. निकोलस भुसालले लिए उम्मेद्वारी फिर्ता ,सुलभ खरेललाई समर्थन

स्वास्थ्यसमाचार/ रुपन्देही–२ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका डा. निकोलस भुसालले आफ्नो उम्मेद्वारी औपचारिक रूपमा निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल लाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्। आज जारी प्रेस विज्ञप्तिमार्फत डा. भुसालले देशको राजनीति नयाँ दिशातर्फ अग्रसर हुनुपर्ने ऐतिहासिक आवश्यकता औंल्याउँदै जेन–जी पुस्ताले उठाएका पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका मागहरूलाई केन्द्रमा राखेर आफूले स्वतन्त्र उम्मेद्वारी दिएको उल्लेख गरेका छन्। तर, “नयाँको लडाइँमा पुराना शक्तिहरू पुनः स्थापित भई प्रतिगमन हावी हुने अवस्था देखिएकाले देशले जित्नु ठूलो कुरा हो भन्ने मान्यतासहित” समर्थनको निर्णय लिएको उनले स्पष्ट…

कुष्ठरोग निवारणका लागि अझै व्यापक जनचेतनाको आवश्यकता : स्वास्थ्य सचिव श्रेष्ठ

स्वास्थ्यसमाचार/ नेपाल कानुन समाज ले नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिहरूको अधिकार तथा भावी रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा  आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । समाजका केन्द्रीय सदस्य पदम वैद्धिकको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव श्रेष्ठले कुष्ठरोग निवारणका लागि अझै व्यापक जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालले निवारणको घोषणा गरे पनि संक्रमण पूर्णरूपमा अन्त्य नभएको उल्लेख गर्दै समुदायस्तरमा सचेतना, प्रारम्भिक पहिचान र उपचारलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो…