स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका लक्षित समूहका करीब १०० प्रतिशत छात्रा तथा किशोरीले उक्त खोप लगाएका छन। माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको अभियानमा १० हजार ८ सय ७४ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १० हजार ८ सय ४३ जना छात्रा तथा किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो। समग्रमा गुल्मी जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने संख्या ९९ दशमलव ७१ प्रतिशत रहेको छ। आचार्यले दिएको जानकारी अनुसार अभियान अन्तर्गत रेसुङ्गा नगरपालिकामा १०२…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
राप्ती प्रतिष्ठानमा बीमाको ११ करोड बक्यौता: औषधि वितरण सीमित, परीक्षण स्थगित
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ११ करोड भन्दा बढी रुपैयाँ भुक्तानी नगर्दा स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको छ। बिरामीलाई औषधि उपलब्ध गराउने तथा आवश्यक केमिकल खरिद गर्नका लागि ११ करोड भन्दा बढी दायित्व सिर्जना भइसकेको तथा उक्त रकम बीमा बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा कार्यक्रम प्रभावित भएको जनाइएको हो। प्रतिष्ठानले एक सूचना जारी गर्दै आगामी फागुन १८ गतेदेखि बीमा अन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सीमित गरिने तथा प्रयोगशाला तथा रेडियोलोजीका परीक्षणहरु स्थगित गरिने जनाएको छ। प्रतिष्ठानका निमित्त निर्देशक डा जनार्दन पन्थी हस्ताक्षर गरेको उक्त…
सरकारसँग ९ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित
स्वास्थ्यसमाचार/सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले गर्ने भनिएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेले र चिकिच्सकसँघका अधिकारीबिच शुक्रबार मन्त्रालयमा भएको छलफलपछि सरकारले चिकित्सकहरुले उठाएका माग पुरा गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्तगित गरिएको हो । सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको थियो । संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो…
स्वास्थ्य मन्त्रालय लुम्बिनी ५१ प्रतिशत बजेट खर्च गर्दै अग्रस्थानमा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारको मन्त्रालय र केन्द्रीय निकायमध्ये सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको छ । २०८१ फागुन ३ सम्मको मन्त्रालयगत खर्चको विवरण अनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेको हो । मन्त्रालय र केन्द्रीय निकाय गरि १६ वटा कार्यालयमा सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव डिलाराम पन्थीले आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय १६ वटा कार्यालय मध्ये प्रथम भएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री…
बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधि
स्वास्थ्यसमाचार/क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन् ।बिहीवार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताउनुभएको हो । उहाँले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )लगायत संस्थाहरुले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताउनु भयो । उहाँले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने बताउनु भयो । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि…
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा अर्घाखाँची अस्पताल ९४ अंकसहित उत्कृष्ट
स्वास्थ्यसमाचार/अर्घाखाँची अस्पतालले न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरेको छ । अनुगमन, मूल्यांकन तथा समीक्षात्मक कार्यक्रमपछि विज्ञ टोलीले अस्पतालको कार्यसम्पादन मूल्यांकन गरी ९४% अंक प्रदान गरेको घोषणा गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सम्पन्न कार्यक्रम अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला हुनुहुन्थ्याे । उहाँले अर्घाखाँची अस्पतालको उत्कृष्ट कार्यसम्पादनका लागि अस्पताल प्रमुख डा. जगनाथ तिवारी, सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा निक्स साइमन संस्थालाई बधाई तथा धन्यवाद…
न्यूनतम सेवा मापदण्डको रिजल्ट सन्तोष जनक भएन : स्वास्थ्य सचिव उपाध्याय
स्वास्थ्यसमाचार/आयुर्वेद स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूमा न्युनतम सेवा मापदण्ड (अभिमुखीकरण र कार्यन्वयन ) कार्यक्रम बुटबलमा सुरु भएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा भएको कार्यक्रममा प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख लाई तिन दिनसम्म न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले उदघाटन गर्नु भयो। उदघाटनमा बोल्दै स्वास्थ्य सचिब डा उपाध्यायले पुर्व जानकारी गराएर न्युनतम सेवा मापदण्ड (MSS) को रिजल्ट सन्तोष जनक नआएको बताउनुभयो । अर्काै बर्षदेखी यस्तो नभई अनुसन्धानात्मक तरिकाले जाने र मुल्याकंन गरेर रिजल्ट दिने ब्यबस्था गर्ने बताउनु…
पाल्पामा नसर्ने रोग पहिचान र निदानका लागि एक महिने अभियान
स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन गरेको छ । कार्यालयले सरोकारवाला पक्षसँग अन्तरक्रिया गरी परीक्षणको कामलाई तीव्रता दिएको छ । नसर्ने रोग न्युनिकरणका लागि संघीय स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला र ७५३ वटा पालिकामा फागुन १ गते मसान्तसम्म एक महिने जनचेतना,खोज अनुसन्धान, रोग परीक्षण पहिचान तथा उपचारका कार्यक्रम सञ्चालन गरिएको छ। नसर्ने रोग न्युनिकरणका लागि मधुमेह,उच्च रक्तचाप,मिर्गौला,शरीरको तौल मापनको अवस्था पत्ता लगाउन सरकारी स्वास्थ्य निस्शुल्क परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नसर्ने रोगहरूलाई न्युनिकरण गर्न स्वस्थकर खानपान र नियमित…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको बैठकले ४सय शय्याको शिक्षण अस्पताल निर्माणको गुरुयोजना स्वीकृत
स्वास्थ्यसमाचार/प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्दै प्रतिष्ठानको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बैठकमा रजिष्ट्रार प्रा। श्याम लम्सालले प्रस्तुत गरेको नीति, योजना, कार्यक्रम तथा बजेट सम्बन्धी प्रस्तावहरू छलफलपछि अनुमोदन गरिएको छ । प्रतिष्ठानले हाल ३३० श्यैयाको अस्पताल सञ्चालन गर्दै विभिन्न विशेषज्ञ सेवा प्रदान गरिरहेको छ भने बैठकले चार सय श्ययाको आधुनिक शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । उक्त योजनाका लागि आवश्यक स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रक्रिया…
ग्यास्ट्रो सेन्टर बुटवलमा पहिलो पटक PTBD सेवाः बिरामीलाई उपचारमा सहजता
स्वास्थ्यसमाचार /गुणस्तरीय तथा विश्वासनीय चिकित्सकीय सेवा प्रदान गर्दै आएको ग्यास्ट्रो सेन्टर बुटवल प्रा. लि. अन्तर्गतको रेडियोलोजी विभागले यस क्षेत्रमा पहिलो पटक PTBD (-Percutaneous Transhepatic Biliary Drainage) सेवा सुरु गरिएको छ । यो सेवा रेडियोलोजिस्ट डा. बिष्णु पौडेल र डा. कबिराज भुसालको नेतृत्वमा सफलतापूर्वक सुरू गरिएको हो। दाङ निवासी ५२ वर्षीय पुरुष बिरामीमा पहिलो पटक यो प्रक्रिया गरिएको छ। सफल उपचारपछि ग्यास्ट्रो सेन्टर बुटवलको रेडियोलोजी विभागले Interventional Radiology सेवाको दायरा फराकिलो बनाएको छ। PTBD के हो र किन आवश्यक छ ? PTBD एक अत्याधुनिक चिकित्सा प्रविधि हो, जसले विभिन्न कारणले पित्तनली…