जाडोमा हुने कम सरसफाइ र नुवाइ धुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ । यसका धार्मिक तथा सामाजिक महत्व अनगिन्ती छन् । आयुर्वेदअनुसार होलीमा प्रयोग गरिने रङमा सिम्रिक जुनमा षिषाणु बिरुद्ध औषधीय गुण छ नै प्रमुख रङ हो तर आँखामा पार्नुहुँदैन । अन्य मिसाइने रङ तथा तत्वमा कपुर, गोकुल धुप, गाईको घिऊ राखेर सुगन्ध बनाई प्रयोग गर्नुपर्दछ भनी उल्लेख छ । सत्ययुगमा विष्णुदेवका भक्त प्रल्हादलाई मार्नको लागि हिरण्यकश्यपले विभिन्न जालहरु बुन्दा पनि सफल नभएपछि आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी बहिनी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
क्यान्सर बिरामीमा देखिने जटिलता व्यवस्थापन विषयमा सातै प्रदेशका ३४ नर्सलाई तालिम
स्वास्थ्यसमाचार/ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले जनरल अस्पताल र क्यान्सर अस्पतालमा आउने क्यान्सरका बिरामीमा देखिने आकस्मिक जटिलता व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न गरेको छ। फागुन ११ देखि १३ गतेसम्म चलेको ‘फाउण्डेशन कोर्ष टु: एक्युट अंकोलोजी सर्भिस’ नाम दिइएको उक्त तालिममा सातै प्रदेशका ३४ जना नर्सहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी नर्सलाई तीन प्रकारको उपचार पद्धतिबारे तालिम दिएको हो। नर्सहरुलाई क्यान्सर पहिचान हुँदा बित्तिकै, क्यान्सरको उपचारको क्रममा र क्यान्सरको उपचार सकिएपछि पुनः देखिएको अवस्थामा बिरामीको कसरी उपचार र हेरचाह गर्ने भन्ने बारेमा तालिम दिइएको हो। तालिम संयोजक एवं मेडिकल अंकोलोजिष्ट…
शाहका १० बुँदे प्रतिवद्धता: मायादेवी मातृ–शिशु अस्पताल स्थापना गर्ने
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत कुमार साहले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन र सेवा विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ। लुम्बिनीमा आयोजित कार्यक्रममा साहले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै हरेक नागरिकको पहुँचमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने अङ्गिकार गर्नुभएको हो। साहका अनुसार स्वास्थ्य एजेन्डामा मुख्य प्राथमिकताहरूमा स्थानीय स्तरमा सुविधासम्पन्न अस्पताल सञ्चालन, २५ बेडको आधुनिक अस्पताल स्थापना, र निःशुल्क स्वास्थ्य शिविरको निरन्तरता समावेश छन्। उहाँले प्राथमिक स्वास्थ्य सेवा मात्र नभई मातृ–शिशु स्वास्थ्य, बालरोग र आपतकालीन सेवा प्रवाहमा पनि ध्यान दिनुपर्ने बताएका छन्। प्रतिवद्धतापत्रअनुसार साहले मायादेवी…
स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखियो : निर्वाचन आयुक्त डा.तुलाधर
स्वास्थ्यसमाचार/ निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले महिला स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै तुलाधरले फागुन ३ गतेदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा स्वयंसेवकमार्फत मतदाता शिक्षा संचालन भइरहेको छ । १७ गतेसम्म चल्ने यो कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने अपेक्षा रहेको उहाँको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलोमा पुगेर नमुना मतपत्र देखाई मतदान सिकाउने काम गरिरहेका उहाँको भनाइ छ । आयुक्त तुलाधरले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सबै जिल्लामा मतपत्र पुगिसकेको जानकारी दिनुभयो । चुनाव सर्ने…
२४सय कुष्ठरोग संक्रमितमध्ये १५४ बालबालिका: बढ्दो जोखिमप्रति सरकार गम्भीर
स्वास्थ्यसमाचार/ सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको हो । कुष्ठरोग केवल एउटा स्वास्थ्य समस्या मात्र नभएर मनोवैज्ञानिक, सामाजिक, आर्थिक र मानव अधिकारसँग जोडिएको गम्भीर विषय भएको सरोकारवालाहरूले बताए । नेपालले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरे पनि हाल १६ जिल्लामा यसको प्रकोप पुनः देखिएको उनीहरुले बताए । बालबालिकाहरूमा समेत संक्रमण दर उच्च रहेको…
निर्वाचन विशेष: मतदान केन्द्रमै ‘इमर्जेन्सी’ स्वास्थ्य सेवा, अस्पतालहरू ‘हाइ अलर्ट’मा
स्वास्थ्यसमाचार/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सुरक्षा मात्र नभई स्वास्थ्य व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखेको छ। मतदानका दिन हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आयोगले देशभरका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई ‘स्ट्यान्डबाई’ (तयारी अवस्था) मा रहन निर्देशन दिएको छ। निर्वाचन आयोगका अनुसार मतदान गर्न आउने मतदाता, खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई पर्न सक्ने आकस्मिक स्वास्थ्य समस्या समाधानका लागि प्रत्येक मतदानस्थलमा प्राथमिक स्वास्थ्य सहायता सेवा सुनिश्चित गर्न भनिएको छ। यसका साथै देशभरका अस्पतालहरूमा चिकित्सक, नर्स र आवश्यक औषधिहरूको पर्याप्त भण्डारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत निर्देशन…
गुल्मी–१ बाट उम्मेदवार पूर्व सामाजिक विकास मन्त्री बरालको प्रतिबद्धता: स्वास्थ्य, शिक्षा र अधुरा पूर्वाधार पूरा गर्ने
स्वास्थ्यसमाचार / सुदर्शन बराल यतिबेला प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेर चुनावी अभियानमा सक्रिय छन्। लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका बरालले स्वास्थ्य, शिक्षा र अधुरा पूर्वाधार सम्पन्न गर्ने एजेन्डालाई मुख्य प्राथमिकतामा राखेका छन्। नेकपाले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको सन्दर्भमा बरालले एक्लै चुनावमा जाँदा स्पष्ट राजनीतिक एजेन्डासहित मतदातामाझ जान सहज भएको बताउँछन्। उनका अनुसार विगतको गठबन्धनका कारण पार्टीको पहिचान कमजोर बनेको अनुभूति भए पनि अहिले संगठन एकजुट भएर सक्रिय रूपमा प्रचारमा जुटेको छ। स्वास्थ्य क्षेत्रबारे बोल्दै बरालले ग्रामीण भेगमा आधारभूत स्वास्थ्य सेवाको…
रुपन्देही कारागारमा ६२० जनामा क्षयरोग परीक्षण: १४५ सुसुप्त र २ सक्रिय क्षयरोगका बिरामी फेला
स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देही कारागारको सहकार्य तथा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) को आर्थिक र प्राविधिक सहयोगमा रुपन्देही कारागारमा (क्षयरोग) स्क्रिनिङ र Latent TB परीक्षण भएको छ। माघ २५ गतेदेखि फाल्गुन १ गतेसम्म सञ्चालन गरिएको यस अभियानले बन्द वातावरणमा रहेका कैदी–बन्दीहरूमा TB पहिचान र उपचारको महत्त्वपूर्ण योगदान पुर्याएको वताईएको छ । कार्यक्रम अन्तर्गत ६२० जना कैदी–बन्दीहरूमा TB स्क्रिनिङ गरिएको थियो। तीमध्ये ६१८ जनाको X-ray र Latent TB परीक्षण गरिएको थियो। परीक्षणको क्रममा १४५ जना सुसुक्त (Latent) TB बिरामी पत्ता लागेर उपचारका लागि दर्ता गरिएका छन् भने २ जना…
मातृ–नवजात मृत्युदर घटाउन प्रदेश सरकारको प्रयास जारी : मन्त्री सारु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ प्रभावकारी हुने बताएका छन्। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले बाँके, बर्दिया, दाङ र प्युठानका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसँग नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले १२ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरी अभियान कार्यान्वयनमा ल्याइएको जानकारी दिए। मन्त्री सारुका अनुसार मातृ मृत्युदर उच्च रहेका २६ पालिकामा अभियान सुरु गरिएको छ। चालु आर्थिक वर्षमा ४ करोड ४० लाख रुपैयाँ खर्च गरिने र करिब २७ हजार ६ सय आमालाई कार्यक्रममा समेट्ने लक्ष्य छ। उनले…
रुपन्देही :३ डाक्टर, पाइलट बिद्यार्थी नेता र निवर्तमान सांसदबीच–चतुष्पक्षीय भिडन्त
स्वास्थ्यसमाचार/ हरेक निर्वाचनमा ‘हेभिवेट’ नेताका कारण चर्चामा रहने रुपन्देही–३ यसपाली पुनः राष्ट्रिय ध्यानको केन्द्रमा परेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँ डाक्टर, पाइलट, विद्यार्थी नेता र निवर्तमान सांसदबीच कडा प्रतिस्पर्धा देखिएको छ । यसअघि पुर्व गृहमन्त्री बालकृष्ण खाँण र दीपक बोहोराबीच चर्चित प्रतिस्पर्धा रहने यो क्षेत्रमा यसपाली दुवै प्रभावशाली व्यक्तित्व चुनावी मैदानमा छैनन् । खाँण भुटानी शरणार्थी प्रकरणपछि बाहिरिनु भएको छ भने बोहोराको गत चैतमा निधन भएको थियो । त्यसैले नयाँ अनुहारबीचको प्रतिस्पर्धाले क्षेत्रको राजनीतिक समीकरण फेरिएको छ । को–को मैदानमा ? नेपाली कांग्रेसबाट क्षेत्रीय…


