साविक राप्तीको रिफरल सेन्टर बनाउने लक्ष्यसहित सेवा सुरु गरेका छौँ : दीपक रोका

ARE FOR ALL’ ‘सबैको ख्याल राखौँ’  भन्ने मूल नाराका साथ घोराही उप–महानगर पालीका वडा नं. ३, बर्गदुवामा स्वास्थ्य मन्त्रालयबाट ३०० शैयाको अस्पताल संञ्चालन स्वीकृती लिई २०८२ साल माघ २८ गतेबाट सेवा प्रारम्भ गरेको संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दिपक रोका संग गरिएको कुराकानी । अस्पतालको परिचय संजीवनी टिचिङ हस्पिटल तीन वर्ष लामो अध्ययनको निष्कर्ष स्वरुप जन्मेको हो । साविक राप्तीका जिल्लाहरुको जनसंख्या, जनतामा स्वास्थ्य सेवाको पहुँच, अस्पतालहरुको अवस्था, विरामीको चाप, यहाँबाट रिफर गरीएको बिरामीहरुको संख्या लगाएको बृहद अध्ययन गरी दाङ जिल्लाको घोराहीमा एउटा सुविधा सम्पन्न अस्पताल आवश्यक भएको निष्कर्षमा…

स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र पर्यटन सुशिल गुरुङका प्राथमिकता

स्वास्थ्यसमाचार/ रुपन्देही–३ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुशिल गुरुङ मतदातासँग आफ्नो विकास योजना प्रस्तुत गर्दै व्यस्त छन्। गुरुङले “सम्रुन्त नेपाल, सम्मानित नेपाली” भन्ने नारासहित स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकतामा राखेका छन्। उहाँले भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, लुम्बिनी क्षेत्रको पर्यटनमैत्री पूर्वाधार विकास, सीमा नाका व्यवस्थापन सुधार र विशेष आर्थिक क्षेत्र (सेज) प्रभावकारी बनाउने योजना अघि सारेका छन्। स्थानीय तहमा, सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ समस्या समाधान, अधुरा अस्पताल र पूर्वाधार सम्पन्न गर्ने तथा औद्योगिक…

नर्सिङ पेशामा Motivation संकट: Herzberg Motivation Theory को आधारमा विश्लेषण

नेपालको नर्सिङ पेशा पछिल्लो समय गम्भीर Motivation सङ्कटको चपेटामा परेको छ।  स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड मानिने नर्सहरू कार्यस्थलमा बढ्दो असन्तुष्टि, सीमित अवसर र न्यून मनोबलका कारण निराश बन्दै गएका छन्।  यस अवस्थालाई व्यवस्थापनशास्त्री Frederick Herzberg ले प्रतिपादन गरेको Two-Factor Theory (Motivation–Hygiene Theory) का आधारमा विश्लेषण गर्दा समस्या अझ स्पष्ट रूपमा उजागर हुन्छ। हर्जबर्गका अनुसार कार्यस्थलमा सन्तुष्टि र असन्तुष्टि दुई पृथक् पक्ष हुन्—‘मोटिभेटर’ र ‘हाइजिन’ फ्याक्टर। यस सिद्धान्तकाअनुसार काममा सन्तुष्टि र असन्तुष्टि फरक–फरक कारणले उत्पन्न हुन्छ। ________________________________________ १) दुई प्रकारका कारक (Factors) (A) Hygiene Factors (स्वच्छता/आधारभूत तत्व) यी तत्व नहुँदा असन्तुष्टि…

स्वास्थ्य क्षेत्र सुधारलाई केन्द्रमा राख्दै डा.थापाको चुनावी एजेन्डा सार्वजनिक

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. लेखजंग थापाले क्षेत्रगत समग्र विकासका लागि बहुआयामिक योजना सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समन्वित विकासको खाका अघि सारेका हुन्। उम्मेदवार थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन सके क्षेत्रको पर्यटन, व्यापार र रोजगारीमा उल्लेख्य वृद्धि हुने उनको विश्वास छ। स्वास्थ्य क्षेत्र सुधारलाई मुख्य एजेन्डा बनाएका उनले जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य बीमा…

हर्जबर्गको Two-Factor Theory र नेपालको नर्सिङ वास्तविकता

नेपालको नर्सिङ पेशा पछिल्लो समय गम्भीर Motivation सङ्कटको चपेटामा परेको देखिन्छ। स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डका रूपमा चिनिने नर्सहरू कार्यस्थलमा बढ्दो असन्तुष्टि, सीमित अवसर, न्यून पारिश्रमिक र कमजोर पेशागत मनोबलका कारण निराश बन्दै गएका छन्। यस अवस्थालाई व्यवस्थापनशास्त्री Frederick Herzberg द्वारा प्रतिपादित Two-Factor Theory (Motivation–Hygiene Theory) का आधारमा विश्लेषण गर्दा समस्या अझ स्पष्ट रूपमा बुझ्न सकिन्छ। हर्जबर्गका अनुसार कामप्रतिको सन्तुष्टि र असन्तुष्टि एउटै कारणबाट उत्पन्न हुँदैनन्। उनले कार्यस्थलका कारक तत्वलाई दुई भागमा विभाजन गरेका छन्— Hygiene Factors र Motivators। Hygiene पक्ष कमजोर हुँदा असन्तुष्टि बढ्छ, तर केवल यी पक्ष सुधार्दा मात्र…

मेडिकल उपकरण खरिदमा ‘स्पेक्ट लक’ र मूल्य खेलबाड :अख्तियार प्रमुख

स्वास्थ्यसमाचार/ अख्तियार प्रमुख प्रेमकुमार राईले मेडिकल उपकरण खरिदमा समस्या नै समस्या रहेको टिप्पणी गरेका छन्। मेडिकल उपकरण खरिद घोटालामा १/२ वटा मुद्दा चलाएपछि उजुरी चाङ लाग्न थालेकाे अख्तियार प्रमुख राईको दाबी छ। मेडिकल उपकरणमा २/४ वटा एजेन्ट मात्रै एकाधिकार रहेको उनको प्रतिक्रिया छ। एउटा ‘केस’मा तीन महिनासम्म मधेसमा नै बसेर अनुसन्धान गर्दा त्यहाँका प्रत्येक गाउँपालिका, नगरपालिका मिलोमतोमा ‘स्पेक्ट लक’ गर्ने र एउटै कम्पनीको मात्रै समान आउने गरेको पाइएको अख्तियार प्रमुख राईको भनाइ छ। ‘स्पेक्ट’ एउटा बनाउने समान अर्कै ल्याउने गरेको पनि देखियो। त्यसरी मेडिकल उपकरणमा घोपाला गर्ने रहेछन्। एउटा भनेको…

दलहरूका चुनावी घोषणापत्रमा स्वास्थ्य प्राथमिकता: प्रतिबद्धता धेरै तर कार्यान्वयन चुनौतीपूर्ण

नेपालका प्रमुख राजनीतिक दलहरू—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चुनावी घोषणा पत्रमा स्वास्थ्य क्षेत्रलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा समेटिएको देखिन्छ ।यद्यपि उनीहरूको दृष्टिकोण, कार्यान्वयन रणनीति र प्राथमिकतामा केही समानता तथा केही स्पष्ट भिन्नताहरू पाइन्छन् । यहाँ तुलनात्मक विश्लेषण प्रस्तुत गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्य जोड: प्रणाली सुधार, पारदर्शिता र बीमा–केन्द्रित मोडेल • सार्वभौमिक स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने प्रतिबद्धता • प्राथमिक स्वास्थ्य सेवामा गुणस्तर सुधार • डिजिटल स्वास्थ्य प्रणाली (E-health, EMR) र पूर्वाधार विस्तार र सेवामा पहुँच विस्तार • औषधि…

कपिलवस्तुमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु ,साढे ६ हजार गर्भवतीलाई निःशुल्क जाँच गरिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशले मातृ तथा बाल मृत्युदर न्यूनीकरण गर्ने लक्ष्यसहित ‘सुरक्षित मातृत्व अभियान’ सुरु गरेको छ। अभियान अन्तर्गत कपिलवस्तु जिल्लाका ७ वटा पालिकामा रहेका करिब ६ हजार ७ सय ६२ गर्भवती महिलालाई लक्षित गर्दै प्रतिव्यक्ति करिब ४६ सय रुपैयाँ बराबरको निःशुल्क प्रयोगशाला परीक्षण तथा युएसजी सेवा प्रदान गरिने भएको छ। कार्यक्रमसम्बन्धी अन्तरक्रिया बैठक महाराजगंज नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा समन्वय समिति प्रमुख, नगर तथा गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख, स्त्रीरोग विशेषज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता…

स्वास्थ्य मन्त्रालयद्वारा ७५ करोड रकमान्तर, बीमा बोर्डलाई राहत

स्वास्थ्यसमाचार/स्वास्थ्य  मन्त्रालयले मन्त्रालयका चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ स्वास्थ्य बीमा कार्यक्रमलाई रकमान्तर गरेको छ । स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘स्वास्थ्य विमा कार्यक्रम आर्थिक संकटमा पर्‍यो । विमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकता देखियो । त्यसैले मन्त्रालयका चालु अवस्थामा रहेका २२ शीर्षकबाट ७५ करोड, ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेका छौँ,’ प्रवक्ता डा। बुढाथोकीले भने, ‘अन्य मन्त्रालयका महाशाखा र विभागलाई पनि रकमान्तर गर्न मिल्ने बजेट हेर्न भनेका छौँ…

बुटवल हस्पिटल :अर्ब,३ लगानी ३सयलाई रोजगारी दिएका चुन्न पौडेल

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल सहर पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको उदीयमान केन्द्रका रूपमा चिनिन थालेको छ। पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित बुटवलमा निजी लगानीबाट सञ्चालनमा आएको बुटवल हस्पिटल प्रा. लि. यस परिवर्तनको एउटा महत्वपूर्ण आधार बनेको छ। आज भन्दा २५ बर्ष पहिले १ करोड ५ जनाबाट सुरु गरिएको यो अस्पताल अहिले करिब १ अर्ब रुपैयाँको निजी साझेदारी लगानीमा स्थापित भएको छ ।अस्पतालमा १७ जना सेयर सदस्य छन् भने मुख्य लगानीकर्ता तथा अध्यक्ष चुन्नु पौडेल रहनु भएको छ । सुरुदेखीनै चर्चित रहेको यो प्रालि अहिले १०० शय्याको क्षमतासहित सञ्चालनमा रहेको छ…