शुद्धोदनको एकीकृत घुम्ती शिविर विशेषज्ञ स्वास्थ्य परीक्षण देखि निःशुल्क औषधी बितरणसम्म

स्वास्थ्यसमाचार/ शुद्धोदन गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजार वढी नागरिकले सेवा लिएका छन्। शुद्धोदन गाउँपालिका वडा नं ७ मटेरियामा आयोजना गरिएको उक्त घुम्ती शिविरमा एक हजार वढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण साथै मधुमेह तथा पिसाब परीक्षण, पशुपंक्षी जाँच तथा निःशुल्क औषधी वितरण साथै गोबर तथा थुनेलो परीक्षण र पशु बन्ध्याकरण तथा कृत्रिम गर्भाधान सेवा, आयुर्वेद उपचार तथा निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा रसायन औषधी निःशुल्क वितरण, सुत्केरी आमाको स्वास्थ्य परीक्षण एवम् पोषणजन्य औषधी वितरण सेवा…

राममणि बहुमुखी क्याम्पस मणिग्राममा रक्तदान ४४ पिण्ट रगत सङ्कलन

स्वास्थ्यसमाचार/राममणि बहुमुखी क्याम्पस, मणिग्राममा स्वास्थ्य तथा सरसफाई एकाइको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्, र कुल ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभएको छ। कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरेर गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक मुक्तिनाथ गैह्रेको नेतृत्वमा भएको थियो। क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतका व्यक्तिहरूले रक्तदानको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो।

फागुन ११ गते गौमुखीमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने

स्वास्थ्यसमाचार /प्युठानको गौमुखी गाउँपालिकाको आयोजना प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने भएको छ। यहि फागुन ११ गते गते पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्दा नलाग्ने एकोहोरो हुने आत्महत्याको प्रायाश गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सेवा लिन आग्रह गरिएको छ। आज पालिकाले एक बिज्ञप्तीमा जारी गरि यहि फागुन ११ गते बिहान ९ बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्यचौकी लिवासेमा सेवा लिन पठाउने…

१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल सञ्चालनका लागि तीनै तहको सरकारको सहकार्य आवश्यक: प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी शर्मा लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले १,२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।तर, केन्द्र सरकारले १,००० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ’ हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ प्रधानमन्त्रीले भन्नुभयो,’सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि…

आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल

स्वास्थ्यसमाचार/बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ । मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मङ्सिर १ गतेदेखि लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै…

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयरको स्वास्थ्यमा सुधार

स्वास्थ्यसमाचार/पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । “दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मेयर…

लुम्बिनी प्रदेश सभामा एचपीभी खोपबारे विवादित अभिव्यक्तिप्रति सांसद गिरीको आपत्ति

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभाको नवौं बैठकमा वोल्दै सांसद दिपेन्द्र पुन सिजलद्वारा एचपीभी खोपबारे दिइएको भ्रामक र अप्रमाणित अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई सदनको रेकर्डबाट हटाउन नेपाली काग्रेसकी सांसद निमा गिरीले माग गर्नुभएको छ। उहाँले सार्वभौम सभाबाट तथ्यहीन र वैज्ञानिक प्रमाणविहीन कुरा बोल्न नहुने भन्दै नियमापत्ति जनाउनु भएको हो। आज भएको प्रदेश सभाको नवौं बैठकमा उक्त कुरा गरिएको थियो । एचपीभी (Human Papillomavirus) खोप विश्व स्वास्थ्य संगठन (WHO) र अन्य स्वास्थ्य निकायहरूद्वारा सुरक्षित, प्रभावकारी, र प्रमाणित खोप हो। एचपीभी खोपका वैज्ञानिक प्रमाणहरूः क्यान्सर रोकथाममा प्रभावकारिताः एचपीभी खोपले गर्भाशय–ग्रीवा, गुदा, र मुख–घाँटी…

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य र हेमोफिलिया महासंघबीच सम्झौता

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ । अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार…

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरूलाई अनवरत मिहिनेत गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ । गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का…

जलनका बिरामीलाई स्वास्थ्य लाभको कामना होइन, सुविधा सम्पन्न अस्पताल बनाऔं:सांसद भण्डारी

स्वास्थ्यसमाचार/सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गरे। सांसद भण्डारीले आफू दुई वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे। ‘जलन हुने, शीर्घस्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तरता भयो। जुन म जलनमा परेको थिएँ। आजकै दिन सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो। म ३ महिना…