स्वास्थ्यसमाचार/ आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका सबै प्रादेशिक तथा जिल्ला अस्पतालहरूले विशेषज्ञ चिकित्सकसहितको ‘¥यापिड रेस्पोन्स टिम’ (RRT) गठन गरेका छन्।
स्वास्थ्य निर्देशनालय लुम्बिनी का निर्देशक रोशनलाल चौधरीका अनुसार निर्वाचनको समयमा हुन सक्ने भवितव्य, दुर्घटना वा अन्य आकस्मिक स्वास्थ्य समस्याको तत्काल सम्बोधनका लागि अस्पतालहरूले विशेष तयारी गरेका हुन्।
निर्देशक चौधरीले निर्वाचन बिदाको अवधिभर उक्त टोलीलाई ‘हाइ अलर्ट’ (उच्च सतर्कता) मा राखिने जानकारी दिनुभयो।“निर्वाचनका बेला हुन सक्ने सम्भावित घटनाबाट उत्पन्न स्वास्थ्य चुनौतीको व्यवस्थापनका लागि सबै प्रादेशिक तथा जिल्ला अस्पतालमा विज्ञहरूको टोली तयारी अवस्थामा राखेका छौँ,” उहाँले भन्नुभयो।
टोलीमा को–को छन्?
¥यापिड रेस्पोन्स टिममा विभिन्न विभागका विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, आकस्मिक कक्ष इन्चार्ज, औषधि व्यवस्थापन प्रमुख तथा आवश्यक प्राविधिक जनशक्ति समावेश छन्। निर्वाचन अवधिभर अस्पतालमा आउने आपतकालीन बिरामीको उपचारमा उक्त टोलीले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
अस्पतालहरूले आवश्यक जनशक्तिसँगै अत्यावश्यक औषधि, शल्यचिकित्सा सामग्री, रगत तथा जीवनरक्षक उपकरणको पर्याप्त व्यवस्था मिलाएको निर्देशक चौधरीले जानकारी दिनुभयो।
अस्पतालहरूका टोली यस प्रकार रहेका छन्: लुम्बिनी प्रदेशका सबै प्रादेशिक तथा जिल्ला अस्पतालमा आ–आफ्नो अस्पताल प्रमुख वा मेडिकल सुपरिटेन्डेन्टको नेतृत्वमा विशेषज्ञ चिकित्सक सहित ¥यापिड रेस्पोन्स टिम गठन गरिएको छ।
टोलीमा सामान्यतया निम्न सदस्यहरू समावेश गरिएका छन्—कन्सल्टेन्ट चिकित्सक (मेडिसिन/शल्य/अर्थोपेडिक)एनेस्थेसियोलोजिस्ट नर्सिङ प्रमुख वा नर्सिङ प्रशासकआकस्मिक कक्ष इन्चार्ज औषधि व्यवस्थापन प्रमुखप्रयोगशाला तथा रेडियोलोजी प्रतिनिधि प्रदेशभरका अस्पतालहरूलाई निर्वाचन अवधिभर आकस्मिक सेवा प्रभावकारी बनाउन निर्देशनसमेत दिइएको निर्देशनालयले जनाएको छ।
कुन अस्पतालबाट टोलीमा को–को छन?


प्रतिकया दिनुहोस्