स्वास्थ्यसमाचार/खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाबीच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा सरकारी निकाय, उपभोक्ता अधिकारकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाबीच खाद्य स्वच्छता प्रणाली व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको हो। कार्यक्रममा राजकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै खाद्य सुरक्षा व्यवस्थापन प्रणाली आईएसओ २२००० का बारेमा जानकारी गराउनुभयो। उहाँले खाद्य उत्पादन, प्रशोधन तथा बिक्री वितरणका सबै चरणमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न व्यवसायीले स्वच्छता, भण्डारण, प्रशोधन तथा वितरण प्रक्रियामा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वस्थ समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : डा. थापा
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले सञ्चार क्षेत्र बिना यो समाज अगाडि बढ्न नसक्ने बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रले नै समाजलाई राम्रो दिशामा लैजाने बताउनुभयो । बुधबार भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै डा.थापाले पत्रकारिता सम्मानित पेशा भएको बताउनुभयो । यो कुरा सञ्चारकर्मीले सावित गर्नुभएको उहाँले बताउनुभयो । ‘सञ्चार क्षेत्रसँग सहकार्य गर्दै र सञ्चारकर्मीहरुसँग मिलेर समाजलाई अझ राम्रो बनाउनु छ । निःस्वार्थ भावका साथै भूमिका निर्वाह गर्ने वाचाका साथ अघि बढेका छौं, ’उहाँले भन्नुभयो ।प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुलाई आफूले व्यक्तिगत जीत नभइ समाज र…
हृदयघातका कारण एमाले नेता कृष्ण थापाको निधन
स्वास्थ्यसमाचार/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । बिहीबार क्षेत्रीय निर्वाचन समीक्षा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँ अचानक ढल्नुभएको थियो । बैठकस्थलमा आफ्नो मन्तव्य राखेलगत्तै हृदयघात भई ढल्नुभएका थापालाई उपचारका लागि तुरुन्तै मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । उहाँको पार्थिव शरीर अहिले मणिपाल अस्पतालमै राखिएको छ । अस्पताल परिसरमा एमालेका नेता तथा कार्यकर्तासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, आफन्त र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ । पारिवारिक स्रोतका…
मानव जीवनको सुरुवातसँगै पूर्व–प्रसूति स्याहारको महत्व
कुनै पनि दम्पतीले आफ्नो जीवनमा सन्तान प्राप्त गर्ने योजना बनाएको समयदेखि वा आमाको गर्भमा बच्चा बसेदेखि बच्चा जन्मिने समयसम्म आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको हेरचाह, निगरानी तथा स्याहार–सुसारलाई पूर्व–प्रसूति स्याहार (Antenatal Care) भनिन्छ। यो स्याहार आमा र गर्भस्थ शिशुको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। जब कुनै दम्पतीले आफ्नो वंशलाई निरन्तरता दिन वा सन्तान जन्माउने चाहना राख्छन्, तब उनीहरूले गर्भधारण हुनुभन्दा करिब तीन महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ। यस अवधिमा फोलिक एसिड नामक औषधि दिनको एक गोलीका दरले गर्भ बसेपछि १२ हप्ता अर्थात् तीन…
लुम्बिनी प्रदेशमा १३सय ६०बिरामी डायलाइसिसमा, तथ्यांक अझै अधुरो
स्वास्थ्यसमाचार/ रुपन्देही मिर्गौला रोग नेपालमा बिस्तारै गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ। विशेषगरी लुम्बिनी प्रदेशमा मिर्गौला रोगीहरूको संख्या निरन्तर बढ्दै जाँदा उपचार, पूर्वाधार र विश्वसनीय तथ्यांक व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ। यही सन्दर्भमा रुपन्देही स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल ले विश्व मिर्गौला दिवस २०२६ विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाएको छ। कार्यक्रममा चिकित्सक, उद्योगी, सामाजिक क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थी ले मिर्गौला रोगलाई बेवास्ता गर्दा स्वास्थ्यमा थप चुनौती भएको बताउनु भयो। उहाँले समयमै रोग पहिचान र उपचारको…
भीम अस्पतालको स्तरोन्नति, सेवा विस्तार र पूर्वाधार विकासमा सधैं प्रतिबद्ध छु : डा. थापा
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले भीम अस्पताल केवल एउटा अस्पताल मात्र नभइ जनताको भरोसा भएको बताउनुभएको छ । उहाँले अस्पताललाई समयअनुसार प्रविधि, दक्ष जनशक्ति र राम्रो व्यवस्थापनसहित लुम्बिनी क्षेत्रकै स्तरीय र विश्वासिलो सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक रहेकोमा आफूले जोड दिएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिका–१३ (भैरहवा) स्थित भीम अस्पतालको अवलोकन गरेपछि सांसद् डा. थापाले स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा पनि यस अस्पतालको विकास र स्तरोन्नतिबारे आफूले धेरैपटक सोच्ने गरेको बताउनुभयो । उहाँले प्रत्यक्ष पुगेर अस्पतालको वास्तविक अवस्था बुझ्दा यसलाई अझ व्यवस्थित र…
डा. लेखजंग थापाले बुझाए चुनावमा १६ लाख ८८ हजार खर्च विवरण
स्वास्थ्यसमाचार/ निर्वाचन आयोग मा प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण बुझाउँदै लेखजंग थापा ले आफ्नो चुनावी अभियानमा करिब १६ लाख ८४ हजार ४८० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। रुपन्देही क्षेत्र नम्बर–३ का उम्मेदवार थापाले निर्वाचन निर्देशिकाअनुसार विभिन्न शीर्षकमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा बुझाएका हुन्। बुझाइएको विवरणअनुसार वडा परिचालन खर्च शीर्षकमा करिब ६ लाख ५० हजार रुपैयाँ, प्रचार–प्रसार सामग्रीमा करिब २ लाख ४८ हजार रुपैयाँ, तथा यातायात खर्चमा करिब ३ लाख ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यस्तै क्यान्भासिङ तथा परिचालनमा करिब ६० हजार…
स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक ५ लाख नेपाली गरिबीको रेखामुनिः कार्की
स्वास्थ्यसमाचार/ नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा।तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनी पुगेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिव पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गर्नुभयो । नेपालमा औषधि सस्तो रहेको दाबी गरिएपनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उहाँको भनाई छ । उहाँले औषधि…
रुपन्देही: डाक्टर, इन्जिनियर, वकिलदेखि व्यापारीसम्म बने सांसद
स्वास्थ्यसमाचार/ रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले विजयी हुनुभएको छ यी क्षेत्रमा एमाले–कांग्रेस–राप्रपा–जसपाले आफ्नो विरासतका रुपमा लिएपनि रास्वपाका उम्मेदारहरुले फराकिलो मतान्तरले जित दर्ता गरेर राजनीतिलाई नयाँ कोर्षमा लगेका छन् । क्षेत्र नं १ २,३,४ र ५ मा गणना भएर विजयी घोषणा गरिसकिएको छ । क्षेत्र नं १ मा रास्वपाका महामन्त्री रहेका सुनिल लम्सालले ५४८४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर खत्रीको ११९८२ मत रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्जवल बोहराको ८३०१, एमालेका दधिराम न्यौपानेको ७४८८ र नेकपाका घनश्याम यादवको २१९८ मत रहेको छ ।…
ललितपुर–३ मा रास्वपाका डा तोसीमा कार्की पुनः निर्वाचित
स्वास्थ्यसमाचार/ ललितपुर–३ बाट तोसीमा कार्की पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले ४३,०९६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी जितेन्द्र कुमार श्रेष्ठले ९,०४५ मत प्राप्त गरेका छन्। श्रेष्ठ नेपाली काँग्रेसका उम्मेदवार हुन्। कार्की यसअघि पनि सोही निर्वाचन क्षेत्र ललितपुर–३ बाट निर्वाचित भएकी थिइन्। उनी सरकारले गठन गरेको मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।


