रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग ५८ हजार ८१४ मतसहित विजयी

स्वास्थ्यसमाचार/ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा विजयी हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो।

 

सम्बन्धित शिर्षक :