स्वास्थ्यसमाचार/ नयाँ सरकार गठनको तयारीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी स्वास्थ्य क्षेत्रमै सक्रिय व्यक्तिहरूलाई दिने सम्भावना बढेको छ। मन्त्रीमण्डल गठनमा प्रत्यक्ष निर्वाचनबाट विजयी भएका सांसदहरूलाई प्राथमिकता दिने संकेत देखिएकाले यसपटक स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरू चर्चामा आएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चिकित्सक डा. लेखजंग थापा, डा. तोसिमा कार्की र डा. शम्भुकुमार यादव निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट डा. मोहम्मद फिर्दोस आलम विजयी भएका छन्। त्यस्तै रास्वपाबाट जनस्वास्थ्यविज्ञ डा. आनन्दबहादुर चन्द, जनस्वास्थ्य विज्ञ दीपककुमार साह र स्वास्थ्य स्वयंसेविका आशा झा पनि संसदमा पुगेका छन्। यसपटकको संसदमा स्वास्थ्य क्षेत्रका अनुभवी…
डा. लेखजंग थापा
डाक्टरदेखि स्वयंसेविकासम्म: नीति बनाउने थलोमा स्वास्थ्यकर्मी
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक प्रतिनिधिसभामा स्वास्थ्य क्षेत्रबाट उल्लेखनीय उपस्थिति गराएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत चिकित्सक, जनस्वास्थ्यविज्ञ, नर्स तथा स्वास्थ्य स्वयंसेविकासमेत संसदमा पुगेका छन्। रास्वपाबाट डा. लेखजंग थापा, डा. तोसिमा कार्की, आनन्दबहादुर चन्द, डा. दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद बनेका छन्। वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा राष्ट्रिय न्युरो केन्द्र, काठमाडौंमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत रहँदै आएका छन्। उनी नेपाल स्ट्रोक संघका संस्थापक अध्यक्षसमेत हुन्। स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेकी डा. तोसिमा कार्की ललितपुर–३ बाट पुनः निर्वाचित भएकी हुन्। किष्ट मेडिकल कलेजबाट एमबीबीएस…
स्वस्थ समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : डा. थापा
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले सञ्चार क्षेत्र बिना यो समाज अगाडि बढ्न नसक्ने बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रले नै समाजलाई राम्रो दिशामा लैजाने बताउनुभयो । बुधबार भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै डा.थापाले पत्रकारिता सम्मानित पेशा भएको बताउनुभयो । यो कुरा सञ्चारकर्मीले सावित गर्नुभएको उहाँले बताउनुभयो । ‘सञ्चार क्षेत्रसँग सहकार्य गर्दै र सञ्चारकर्मीहरुसँग मिलेर समाजलाई अझ राम्रो बनाउनु छ । निःस्वार्थ भावका साथै भूमिका निर्वाह गर्ने वाचाका साथ अघि बढेका छौं, ’उहाँले भन्नुभयो ।प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुलाई आफूले व्यक्तिगत जीत नभइ समाज र…
चिकित्सकबाट संसदसम्म : डा. लेखजंग थापाको नयाँ राजनीतिक यात्रा
स्वास्थ्यसमाचार/ नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा नयाँ अनुहार र नयाँ सोचको चर्चा बढिरहेको छ। पेशागत दक्षता र सामाजिक सेवाबाट पहिचान बनाएका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्ने क्रम पनि विस्तार हुँदै गएको छ। यही पृष्ठभूमिमा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. लेखजंग थापा यतिबेला चर्चा र अपेक्षाका केन्द्र बनेका छन्। वरिष्ठ न्युरोलोजिस्टका रूपमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएका डा. थापाले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले ५८ हजार ८१४ मत प्राप्त गर्दै उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका छन्।…
