स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताउनु भयो । चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताउनु भयो । श्रम ऐनले तोकेको पारिश्रमिक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाईका साथ लागू गर्नेगरी सरकार अघि…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बढुवा हुने डाक्टर, नर्स, फार्मासिस्ट र जनस्वास्थ्य कर्मचारीको सूची सार्वजनिक
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विधाका कर्मचारीको बढुवा गरेको छ । मन्त्रालयले डाक्टर, नर्सिङ प्रशाशक, फार्मासिस्ट, जनस्वास्थ्य प्रशाशक लगायतका कर्मचारीको बढुवा गरेको हो । हेरौं बढुवा हुने कर्मचारीको नाम
लुम्बिनी अस्पतालमा सेवा सहजताका लागि प्रवेशद्वार थप गर्न एमालेको सुझाब
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा एमाले बुटवल-९ वडा कमिटीले सोमबार अनुरोध पत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको हो । अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुई वटा गेटले मात्रै सेवा पदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको एमाले वडा अध्यक्ष शेषकान्त बेलबासेले बताए । अनुरोध पत्र बुझ्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सुझाब मनन्योग्य रहेकाले आवश्यक अध्ययन गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे…
सिद्धार्थनगरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिविरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ । शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । शिबिर सोमवार वडा नं ९, मंगलवार वडा नं ३ को खजहना, बुधवार वडा नं १ को बेलहिया, र बिहीबार वडा नं ११ को भुजौलीमा हुने छ । सवै शिबिर हरु वडाका आधारभुत स्वास्थ्य…
स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मोतिपुर को भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जाेड दिनुभयाे ।`याे अस्पतालले नीति, नियम, मापदण्ड पालना गरेकाे कुरा प्रतिवेदनबाट जान्न पाइयाे । भबिस्यमा पनि सरकारले बनाएकाे मापदण्ड अनुसारनै अघि बढ्ने छ´उहाँले भन्नुभयाे-`जति पनि अन्य स्वास्थ्य संस्था छन तिनले पनि मापदण्ड पूर्ण पालना गर्न जरुरी…
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीद्वारा न्युरो साइन्स सम्मेलन सम्पन्न
स्वास्थ्यसमाचार /लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) ले अन्तर्राष्ट्रिय स्तरको न्युरो साइन्स कन्फ्रेन्स आयोजना सम्पन्न गरेको छ। कार्यक्रममा थाइल्यान्डका मस्तिष्क घात विशेषज्ञ डा. सुराकस कमाङयाङ, भारतका पार्किन्सन रोग विशेषज्ञ डा. रोहित बन्जिल तथा नेपालका न्युरोलोजिस्ट डा. राजु पौडेलले मस्तिष्क घात, पक्षघात, पार्किन्सन रोग र अन्य स्नायु रोगका उपचार विधि तथा औषधि प्रयोगबारे विस्तृत जानकारी गराउनु भयो। उहाहरुले पक्षघात रोग लाइ उपचार र औषधि प्रयोग सम्बन्धी विषयमा समेत जानकारी गराउनुभयो थियो ।कार्यक्रममा सिजर टाउको दुखाइ , रिंगटा लाग्ने तथा नशाका विभिन्न समस्या को बारेमा देशका विभिन्न ठाउँका बिशेषज्ञ डाक्टर हरुले न्युरो सम्बन्धि…
“स्वास्थ्य क्षेत्रका प्रेरणादायी व्यक्तित्व: मिम बहादुर सिंहको योगदान”
लुम्बिनी प्रदेशमा क्षयरोग, एचआईभी र मलेरिया कार्यक्रमलाई राष्ट्रिय रणनीतिक योजनाअनुसार समर्पित भई संघीयता कार्यान्वयनसँगै प्रदेश तथा स्थानीय सरकारसँग निकै समाहित भएर काम गरेका मिम बहादुर सिंह स्वास्थ्य क्षेत्रमा एक अब्बल व्यक्तित्वका रूपमा चिनिन्छन्। “एउटा एक–एक सवालको समाधान नै हाम्रो प्रगति हो“ भन्ने मूलमन्त्र राख्ने सिंह आफ्नो टिमलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव उत्प्रेरित गर्दै आएका छन्। स्वास्थ्य सुधारका लागि उनले देखाएको समर्पण र प्रतिबद्धता लुम्बिनी प्रदेशका जनताले बिर्सिन सक्दैनन्। स्वास्थ्य क्षेत्रमा सिंहको योगदान निज सिंहले क्षयरोग कार्यक्रम सुधारका लागि स्वास्थ्य संरचनालाई आत्मसात् गरी कटिबद्ध भएर काम गरे। त्यसकै परिणामस्वरुप, उनले…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटी रुपन्देहीको अध्यक्षमा खनाल
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला समिति, रुपन्देहीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा सिता खनाल उपाध्यक्ष नारायण प्रसाद भण्डारी, र डा. प्रसुमा मल्ल सचिव बिरोद पाण्डे सह सचिव राम प्रसाद अर्याल कोषाध्यक्ष महेश राना भाट रहनु भएको छ.। भने सदस्यहरुमा बाबुराम बराली बसन्ती पाठक गङ्गा देवी गौतम भेषराज बन्जाडे दिपक थापा गोमा सुवेदी डा. विवेक खनाल रहनु भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश ईन्चार्ज खगराज पोखरेल केन्द्रिय सदस्य रुपलाल पन्थी केन्द्रिय…
शुद्ध पानीबारे भ्रम नफैलाउन शंकरनगर खानेपानी संस्थाको चेतावनी
स्वास्थ्यसमाचार/ शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्ना उपभोक्ताको हितका लागि भन्दै आज एक सूचना जारी गरेको छ । बजारमा संस्थाको शुद्ध पिउने पानीलाई बिबिध ब्यापारिक केन्द्रका ब्यक्तिले यो पानी शुद्धीकरण गरेर मात्र पिउनु पर्छ भन्ने जस्ता भ्रम फैलाएको भेटिएको र त्यस्ता भ्रमपूर्ण विज्ञापन मा बिश्वास नगर्न पनि सूचनामा भनिएको छ । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी र संस्थाका खानेपानी सुरक्षा योजना प्रमुख चन्द्रकान्त खनाल द्वारा हस्ताक्षरित सूचनामा ढुक्क भएर पानी पिउन तथा त्यस्ता गलत भ्रम फैलाएको पाएमा खबर गर्न भनिएको छ । नेपालकै उत्कृष्ट पानी भनेर नेपाल सरकारले सम्मान गरेको…
लुम्बिनीका स्वास्थ्य सचिब डा.उपाध्यायको स्वास्थ्य मन्त्रालयमा सरुवा
स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायको सरुवा भएको छ । सरकारले ७८ जना सहसचिवहरूको सरुवा मा डा उपाध्यायको पनि सरुवा गरेको हो। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँको सरुवा गरेको हो । उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । उहाँ सरुवा संगै भेरी अस्पतालबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदमा सरुवा हुनुभएका दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिब बन्ने पक्का भएको छ ।