स्वास्थ्यसमाचार/ निर्वाचनका क्रममा हुन सक्ने संभावित घटना तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिका ले सुत्केरी, जेष्ठ नागरिक, असहाय तथा अति गरिब नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले विशेषगरी मतदानको समयमा बिरामी, असक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई अस्पतालसम्म सुरक्षित रूपमा पु¥याउने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ।
सेमरा बजार स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कमल पाण्डेले निर्वाचन अवधिभर आवश्यकता परेमा एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। उहाले तिलोत्तमा नगरपालिका भित्रका सबै वडामा यो सेवा लागू हुने जानकारी दिँदै आवश्यक परे ९८६७१११९६८ नम्बरमा वा सम्बन्धित वडा प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले सुत्केरीका लागि एम्बुलेन्स सेवा नियमित रूपमा उपलब्ध हुँदै आएको उल्लेख गर्दै निर्वाचनका बेला अन्य लक्षित वर्गलाई पनि समस्या नहोस् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको बताउनु भयो।
तिलोत्तमा नगरपालिका वडा अध्यक्ष–१० गोपाल प्रसाद घिमिरेले “निर्वाचनको समयमा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडा नं. १० बाट निःशुल्क एम्बुलेन्स सेवा समन्वय गरिएको वताउनु भयो। उहाले भन्नु भयो हामी नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं।”
तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकाले निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मानवीय बनाउन स्वास्थ्य पूर्वतयारीलाई प्राथमिकतामा राखेको बिरामी, असक्त तथा सेवा लिन नसक्ने नागरिकलाइ आवश्यक परे सेवा लिन आग्रह गर्नु भयो ।

प्रतिकया दिनुहोस्