तिलोत्तमाका सडक /चोकमा कोरोना परीक्षण १३ जना संक्रमित फेला

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण सुरु गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । ‘सडक एन्टिजन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको बुधबार मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकोले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गरे । व्यक्तिको हेलचेक्रयार्इँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिए । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण…

कोभिडको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै

स्वास्थ्यसमाचार /सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अब उपरान्त सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै गर्ने गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै हालसम्म सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अबदेखि सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै गरिने बताएको हो । मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने निर्णय भएको बताए । उनले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन समेत…

लुम्बिनी प्रादेशिक अस्पतालाई कृषि बिकास बैक खस्यौलीले दियो १० लाखको चेक

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई कृषि बिकास बैक खस्यौली शाखाले औषधी खरिद गर्ने १० लाख दिएको छ । अस्पताल आयोजीत एक समारोहमा कृषि बिकास बैक खस्यौली शाखाका क्षेत्रिय निर्देशक जगदिश्वर पन्थीले अस्पतालका मेसु डा राजेन्द्र खनाललाई उक्त १० लाखको चेक हस्तान्तण गरेका हुन । चेक हस्तान्तण कार्यक्रममा बोल्दै बैकका क्षेत्रिय निर्देशक जगदिश्वर पन्थीले अस्पतालमा केहि भएपनि बैकको तर्फबाट सहयोग गरेको बताए । उनले खस्यौली शाखाले उपलब्ध गराएको रकबाट अस्पतालमा क््रयासकार्ड crash card   खरिद गर्नेको लागी सहयोग गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले कोरोना…

रोटरीको लगानीमा आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

स्वास्थ्यसमाचार /रोटरी क्लव अफ बुटवलको लगानीमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपियाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । कोभिड १९ को महामारीले केही समय पहिले रुपन्देही लगायत देशभर अक्सिजन अभाव भएको थियो । कोभिडको तेस्रो भरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताए । अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९…

रुपन्देहीमा १८७ को नमुना परिक्षणमा २७ संक्रमित थपिए, मृतकको संख्या शून्य

स्वास्थ्यसमाचार /रुपन्देहीमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २७ जनामा संक्रमण पुष्टि भएको छ भने २४ जना निको भएका छन् । १सय८७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल महानगरपालिका र तिलोत्तमा नगरपालिकामा ७/७ जना , बुटवल उपमहानगरपालिकामा ५, देबदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा ३ , ओमसितया गाउँपालिका र कञ्चन गाउँपालिकामा २/२ जना, सियारी र लुम्बिनी सास्कृतिक नगरपालिकामा १/१ जना संक्रमीत थपिएका छन् । रुपन्देहीमा पछिल्लो २४…

आगामी निर्वाचनसम्म सबैलाई कोभिड विरुद्धको खोप :अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/ अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनसम्म सबै नागरिकलाई कोभिड विरुद्धको खोप उलब्ध गराइने दाबी गरेका छन् । सरकारले घोषणा गरेको निर्वाचन मितिसम्म सबैलाई खोप उलब्ध गराई मास्क खोलेर हिड्न सक्ने वातावरण सिर्जना गरिने बताए । विहिबार मात्रै अर्थसहित उद्योग बाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिञ्चाई गरी ५ मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका पौडेलले एक दुई हप्ताभित्रै कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिने बताए । अब सुरु हुने खोप अभियान रोक्न नपर्ने गरी सरकारले तयारीमा लागेको उनले बताए । कोभिड विरुद्धको खोप नेपालमा उत्पादन नहुने र विश्व…

रोटरीद्धारा आम्दाअस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्यसमाचार /रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले बालबालिकाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणको साथै विभिन्न खेलौना सामाग्री–सेट रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको संरक्षणमा रहनेगरी अस्पताललाई हस्तान्तरण गरेको हो । शुक्रबार सामाग्री हस्तान्तरण कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले क्लवले प्रदान गरेका सामाग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यन्वाद व्यक्त गर्दै उहाँले बालबालिका र महिलाको उपचारका लागि पश्चिम क्षेत्रको गहनाका रुपमा रहेको आम्दा अस्पताललाई अझै सुधार गर्दै लैजान…

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

स्वास्थ्यसमाचार /जेठ २५ गतेदेखि सञ्चालन भएको कोराना भाइरस विरुद्धको भेरोसेल खोप अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । उक्त अभियानमा ३ लाख ७० हजार जनाले पहिलो मात्रा लगाएका थिए । भेरोसेल को पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने भएकाले असार २२ गतेबाट दोस्रो मात्राको मिति तय भएको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले वताए।…

देवदहमा रोटरीद्वारा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर

स्वास्थ्य समाचार /रोटरी क्लव अफ बुटवलले रुपन्देहीको देवदहमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सय ५५ जना महिला सहभागी भएका थिए । उनीहरुलाई महिलासम्बन्धी प्रोल्याप्स र सर्भिकल क्यान्सर स्क्रिनिङ गरिएको थियो । देवदह स्वासथ्यचौकी खैरेनीमा आयोजना गरिएको स्वास्थय शिविरमा देवदह मेडिकल कलेजमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ज्योती राना, रेडियोलोजिस्ट डा. अन्जान कोइरालाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै एशियन डाइग्नोसिस ल्यावबाट मनिष महतो लगायतको टोलीले प्राविधिक परीक्षण गरेको थियो ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य समाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बाँकीको आइसीयुमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतले जानकारी दिए ।