लुम्बिनी आयुर्वेद चिकित्सालय द्धारा सियारीमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्बेद चिकित्सालय बुटबलको आयोजना सियारी गाउँपालिकाको समन्यमा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

सियारी गाउँपालिका वडा नं ३मा भएको स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम १०२ स्थानियहरूको निःशुल्क स्वास्थ्य परिक्षण र आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिएको चिकित्सालयले जनाएको छ।

चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवको अध्यक्षता एवं गाउँपालिका प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यमा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा स्थानियको स्वास्थ्य परिक्षण गरी स्वस्थ जीवनशैली परामर्शका साथसाथै आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिएको चिकित्सालयका बरिष्ठ कबिराज गणेश सापकोटाल बताउनु भयो।

उक्त कार्यक्रममा चिकित्सालयका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकोसहभागीता रहेको उहाले बताउनु भयो।

सम्बन्धित शिर्षक :