सैनामैनाको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित रहेको छ । शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए । नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाईने उल्लेख गरे । यसैगरी पर्रोहा…

रुपन्देहीमा १ सय ५१को पीसीआर गर्दा १९ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ रुपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या लगातार ओरालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्कमा रुपन्देहीमा बिहीबारसम्म पाँच सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । दुई हप्ता अघिसम्म दुई हजारभन्दा धेरै रहेका सक्रिय संक्रमितको संख्या लगाता घटिरहेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा थपिने संक्रमितको संख्या पनि घट्दो छ । पछिल्लो २४ घण्टामा जिल्लामा १९ जना संक्रमित थपिएको बताए। । एक सय ५१ जनाको आरटी पीसीआर परिक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएको कार्यालयले जनाएको छ । हिजो बुधबार जिल्लमा २२ जना…

आम्दामा कोभिड लक्षित सेवा विस्तार गर्न उपमहानगरद्वारा ५० लाख

स्वास्थ्यसमाचार/ कोभिड–१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ । स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको हो । महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसंग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरि पहल…

रुपन्देहीका होटल व्यवसायीले सरकारसंग मागे कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका लागि उपलब्ध गराएका होटल व्यवसायीहरु पनि कोभिडको फन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई विहिवार भेटी होटल व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप नै सबै भन्दा उपयुक्त विधीका रुपमा लिएको र खोपको उपलब्धता नभयकाले समस्या हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले…

तिलोत्तमा नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्यसमाचार /नगरबासीका लागि कोभिड–१९विरुद्धको खोपको पहुँचमा पुर्याउने कार्यक्रम सहित तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरप्रमुख बासुदेव घिमिरेले बुधबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीका लागि खोप उपलब्ध गराउन कुटनीतिक पहल भैसकेको बताए । नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको छ । प्राथमिक स्वास्थ्य सेवा मात्र रहेका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्ति तथा प्रविधियुक्त बनाइ विश्वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, स्वास्थ्य चौकीहरुमा चिकित्सक सहितको सेवा प्रदान गर्ने विगतको कार्यलाई थप स्वास्थ्य…

तिलोत्तमाको नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

-स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता -कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था -अतिविपन्न ५० परिवारलाई घर बनाउन प्रतिपरिवार दुई लाख अनुदान -“ग” वर्गको अपाङ्गता भएकालाई ६ हजार सामाजिक सुरक्षाभत्ता -जीर्ण पक्की सडकको मर्मतलाई प्राथमिकता -असोजभित्र व्यवसाय कर तिर्दा तीन महिनाको कर छुट -चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता -कोरोना प्रभावित युवालाई सस्तो ब्याजदरमा ऋण दिइने स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर: खुशी…

थप उपचार गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिल्ली लगिँदै

स्वास्थ्यसमाचार /पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ। खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड, स्वास्थ्य र कृषिलाई प्राथमिकता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ को लागी ४० अर्ब ९५ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक बर्षको लागी उक्त बजेट बिनियोजन गरेका हुन । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत अस्पतालको रुपमा निर्माण थालनी गर्न सरकारले आगामी आर्थिक बर्षको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताललाई विशिष्किृत अस्पतालको रुपमा विकास गर्नका लागि त्यसको विस्तृत परियोजना रिपोर्ट अर्थात् डिपिआर निर्माणसम्मका लागि आवश्यक बजेट विनियोजन गरेको छ । हालसम्म…

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत बनाउन २५ करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन भएको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताए । मन्त्री चौधरीले राप्ती अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेकोे बताए। यस्तै जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड विरामीको निशुल्क उपचार गर्ने र स्तरीकरण गर्ने रुपन्देहीको रहेको लुम्बिनी आयुर्वेद चिकित्सालय र दाडको बेलझन्डीमा रहेको आयुर्वेद अस्पतालमा १५ सैया संञ्चालन गर्ने…

कोरोना उपचारमा संग्लन स्वास्थ्यकर्मिहरुको लागी ५० प्रतिशत भत्ता

स्वास्थ्यमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना उपचारमा संग्लन स्वास्थ्यकर्मिहरुको लागी ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले उक्त कुरा बताए ।मन्त्री चौधरीले यो भत्ता कोरोना उपचारमा संग्लनमात्र भएको बताएका छन । मन्त्री बैजनाथ चौधरीले कोभिड १९ विरुद्ध खटिनका लागि सरकारले बजेटलाई प्राथमिकता दिएको बताएका छन्।उनले भने सडक बाटो बनाउँदै गरौंला, अरु विकासका काम गर्दै गरौंला, पहिले स्वास्थ्य उपचारलाई ठीक बनाउँ, पहिले बाँचौं भन्ने मान्यतालाई आत्मसात गरेर अघि बढेका छौं । उनले कोभिड १९ संक्रमितको उपचारका लागि…