स्वास्थ्यसमाचार/ प्रदेशमै उत्कृष्ट सेवा दिइएको भनिएको कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बन भएका छन। स्वास्थ्यका दृष्टिकोणले अति संवेदनशील मानिने इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिएका हुन्छन् । तर अस्पतालको इमर्जेन्सी बेडमा कुकुर गएर सुतेपछि डिउटिमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन। इमर्जेन्सी फाटको बेडमा कुृकुर सुतेको तस्विर, सामाजिक संजालमा भाईरल आएको थियो । अस्पताल प्रशासनको सोमवार बसको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना
स्वास्थ्यसमाचार/क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल लगिएको उनीनिकट स्रोतले जनाएको छ । उनको उपचार चलिरहेको बताइएको छ ।
स्वास्थ्यबीमा बोर्डको आचार संहिता : सामाजिक सञ्जाल देखि मोबाइल प्रयोगसम्म रोक
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले बोर्डमा कार्यरत कर्मचारीहरुका लागि आचार संहिता जारी गरेको छ। बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ। बोर्डको शुक्रबार बसेको बैठकले बोर्डका पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो।बोर्डले जारी गरेको आचार संहिता अनुसार अब बोर्ड तथा जिल्लास्थित कार्यालयका कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन्यस्तै बोर्डको दावी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीहरुले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्। यस्तै, बोर्डले गरेको अर्को निर्णयमा स्वास्थ्य बीमा बोर्ड…
मृगौला रोगको एउटा गोठालो यात्रा: डा. शम्भु खनाल
मनुष्य जीवनको सार उद्देश्य बाँच्नु मात्रै हो वा कर्तव्य निर्वाह गर्नु हो ? सन्तुष्टिको मुल स्रोत कहाँ हुन्छ ? व्यक्तिको कुन अहम् पूरा भएपश्चात भागिरहने मन चङ्गा हुने हो ? त्यसैले त भनिन्छ, सन्तुष्टिको सिमा रेखा हुँदैन। त्यो रेखा मनले कोर्ने रेखा हो । लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा एक जना अर्धबैंसे महिला थिलथिलिएको व्हिल चियरमा बसेका आफ्ना थलिएका श्रीमानलाई हतारहतार गर्दै भित्र प्रवेश गर्दै छिन् । त्यो दृश्यमा मेरा आँखा उनको च्यातिन लागेको चप्पल , रौनक हराएको चेहरा र उमेर नहुँदै जीर्ण भएका श्री पर्छ । उनको शरीर भर्खरै अगेनाको…
विवाह खर्च कटाएर गाउँमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
स्वास्थ्यसमाचार /गुल्मीमा एक पत्रकारले विवाह खर्च कटाएर गाउँमा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँका मोहन बस्नेतले स्वास्थ्य शिविरको आयोजना गरि स्थानीयलाई सेवा प्रदान गर्नुभएको हो । युट्युबर बस्नेतले पछिल्लो समयको भड्किलो बिबाहलाई निरुत्साहित र समाजलाई सकारात्मक सन्देश दिनको लागि आफ्नै गाउँको भाडगाउँ माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको बताउनु भयो । बस्नेतले मंङ्सिर १३ गते सरु आचार्यसँग विवाह गर्नुभएको हो । उहाँहरु दुवै जनाले भड्किलो बिबाह होईन, त्यसको सट्टा मानवीय सेवा गरौं भन्ने उद्देश्य राखेको बताउनुभयो । उहाँको आफ्नै युट्युब च्यानल नेपाल अपडेट…
गुल्मी अस्पतालमा नियमित रूपमा डायलासिस सेवा सुरु
स्वास्थ्यसमाचार /गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमित रूपमा सेवा सुरु हुने भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो । गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ । डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा…
बुटबलमा औलो तथा अन्य उपेक्षित रोगहरुको वार्षिक समिक्षा
स्वास्थ्यसमाचार /स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा बुटबलमा औलो तथा अन्य उपेक्षित रोगहरुको वार्षिक समिक्षा गरिएको छ। प्रदेशका १३ अस्पताल १२ जिल्ला स्वास्थ्य कार्यलय र १३ बटा औलो देखिएका पालिकाका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागी रहेको समीक्षामा आगामी बर्षको योजना तर्जुमा तथा गत बर्षको कार्यक्रमको समिक्षा गरिएको हो । स्वास्थ्य निर्देशनालय लुम्बिनीका (VBDs/NTDs)फोकल प्रर्दशन खिमलाल पाण्डेका अनुसार बुटबलमा भएको २ दिने समीक्षामा आगामी बर्षको योजना तर्जुमा तथा गत बर्षको कार्यक्रमको समिक्षा गरिएको बताउनु भयो। पाण्डेले भन्नुभयो २ दिन सम्म चलेको समीक्षामा स्वास्थ्य कार्यालयले पालिकाले कहिले के गर्ने भन्ने बारेसमेत जानकारी गराइएको वताउनु…
बालबालिकामा हस्पिटलको डर भगाउन लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण
स्वास्थ्यसमाचार/ बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ । बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचार बारे सकारात्मक सन्देश दिनेगरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा सुदर्शन थापाले बताए । बालबालिकाहरु बारे अनुसन्धान तथा उपचार पद्दतीलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक…
पर्रोहा स्वाथ्य चौकीको सेवा सुविधा तथा गुणस्तर सम्बन्धी सामाजिक परिक्षणः स्वाथ्यमा पहुँच वृद्धि गर्न आवश्यक नगरप्रमुख शर्मा
स्वास्थ्यसमाचार/ पर्रोहा स्वाथ्य चौकी सैनामैनाको स्वाथ्य सेवा तथा गुणस्तर सम्बन्धी सामाजिक परिक्षण तथा आम भेला सम्पन्न भएको छ । रुपन्देही मिडिया नेटवर्कको आयोजानमा भएको आम भेलामा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले गर्भवती जाँच सहितको सेवा पर्रोहा स्वाथ्य चौकीमा सुरुवात गरिएको जानकारी दिदै ८ पटक गर्भवती जाँच गर्न आवश्यक रहेको बताउनु भयो । उहाले नियमित जाँच गरेपनि अहिले घरमा नै प्रसुती हुने परिपाटी रहेको भन्दै यसको लाग स्वाथ्य चौकीमा पहुँच वृद्धि गर्न आवश्यक भएको बताउनु भयो ।उहाले स्वाथ्य चौकीमा आउने गर्भवती महिलाहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने गरिएको जानकारी…
सीटीईभीटीको सदस्य सचिव पदमा महेश भट्टराई नियुक्त
स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त भएका छन् । सदस्य सचिव पदमा महेश भट्टराईसहित अरविन्दकुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य प्रतिस्पर्धामा थिए। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन।

