रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको समिक्षा: चुम्यो नयाँ उचाई

स्वास्थ्यसमाचार/ रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षा सम्पन्न भएको छ । न्युनतम सेवा मापदण्ड  २०८०८१ को  को समिक्षा गरिएको हो।

अस्पतालका मेसु डा लोकरत्ना ज्ञवालीका अनुसार इतिहासमै पहिलो पटक अस्पतालले न्न्युनतम सेवा मापदण्डको स्कोर ८५% ल्याइ नयाँ उचाई पुगेको बताउनु भयो।

अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीको नेतृत्वमा आउनुभएको स्वास्थ्य निर्देशनालयको टोलीमा कौशल भन्डारी, अस्मिता नेपाल , संदेश पौडेल लगायतको सहभागीता रहेको थियो ।

मङ्सिर २८ गते अस्पतालको अनुगमन तथा निरीक्षण सम्पन्न भएको थियोे भने मङ्सि २९ गते समिक्षा गरिएको थियो। समिक्षा कार्यक्रममा प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश योजना आयोगका सदश्य डाक्टर सुदन कुमार ओली ले गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनैतिक दल, उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकार संघ,विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सम्पुर्ण सरोकारवाला निकायका उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको अस्पतालका मेसु डा लोकरत्ना ज्ञवालीले बताउनु भयो।

सम्बन्धित शिर्षक :