अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सरकारले तोक्यो २५ हड्ताल निषेधित क्षेत्र

स्वास्थ्यसमाचार/सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै अस्पताल तथा स्वास्थ्य केन्द्रसहित २५ हड्ताल निषेधित क्षेत्र तोकेको छ।गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको हो।

राजतन्त्रमा प्रकाशित सूचनामा अस्पताल तथा स्वास्थ्य केन्द्र संचालासम्बन्धी सेवा(एम्बुलेन्स जस्ता सेवाहरु)मा हडताल निषेधित क्षेत्र तोकेको छ। यस्तै मास्क तथा सेनिटाइजरसम्बन्धी सेवामा पनि हड्ताल गर्न नाइने भएको छ।

यसैगरी डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :