रुपन्देहीका स्थानीय तहले सुधार्दै स्वास्थ्य क्षेत्रको अवस्था

स्वास्थ्यसमाचार/स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रामजनम कुर्मीले स्वास्थ्य क्षेत्रमा स्थानिय तहको योगदान राम्रो रहेको बताउनु भयो। उहाँले पालिकामा हेल्थपोष्ट बर्थिङ केको आबश्यक हो त्यसलाई बुझेर लगाउन बढाउन आग्रह गर्नु भयो।

बुटबलमा रुपन्देहीका स्थानिय तहका उपप्रमुख/उपाध्यक्षहरूका लागी नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि पुनर्ताजगी कार्यशाला गोष्ठी मा यस्तो बताउनु भएको हो।उहाँले लुम्बिनी प्रदेश सात प्रदेशमै मात्रृमुत्युदर बढी रहेको छ यसलाई हटाउन सबै पालिकाको स्वास्थ्य अबस्था सुधार्ने पर्ने बर्थिङ सेन्टर नभएका ठाउंमा आवश्यकता अनुसार बढाउन समेत आग्रह गर्नु भयो।

उहाँले पालिकाले बिषेश कार्यक्रम ल्याएपनि स्थानिय सेवाग्राही लाई थाह हुने तरीकाले प्रचार पसारसक गर्नु पर्ने बताउनु भयो सबै भन्दा बढी जनचेतना कर्मी भएकोले सचेत बनाउन लाग्नु पर्ने कुर्मीले बताउनु भयो।

आधारभुत स्वास्थ्य परियोजना, फेयरमेड फाण्उडेशन नेपाल/इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको समन्वयन तथा सहयोग र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय शान्ति सम्झौता महाशाखाको सहकार्यमा उक्त नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि पुनर्ताजगी कार्यशाला गोष्ठी सम्पन्न भएको हो। रुपन्देहीका १६ स्थानीयका तहका उपप्रमुख/उपाध्यक्षहरु सहभागी रहेको कार्यशालामा स्थानिय तहमा भएका प्रगति तथा काम गर्दा भएका वाधा अडचन र चुनौतिका बिषयमा छलफल भएको थियो ।

गोष्ठीमा वोल्दै उहाँहरुले न्यायिक समितिमा उजुरी दर्ता गर्ने तर छलफलको लागी वोलाउदा नआउने दोहोरो ठाउंमा उजुरी दिने समस्या अत्याधिक रहेको बताउनु भएको छ । बुटबल भैरहवामा मात्र नभएर मर्चबारी सम्मरीमाई लुम्बिनी गैडहवा लगायका पालिकामा यस्तो अबस्थाआएको बताउनु भयो।

बुटबल उपमहानगरपालिका उपप्रमुख साबित्री अर्यालले महिलामैत्री, बालमैत्री र अपांगमैत्री क्षेत्रमा बजेट बिनियोजन तालिम सञ्चालमा गरि उनीहरुलाई आत्मनिर्भरको बाटोतर्फ लागेको बताउनु भयो।

 

बुटबलका सबै अपाङ्गता भएका व्यक्तिहरुको घर घरमा पुगेर उनीहरुको अबस्था वारे जानकारी लिएको र आबश्यक बजेट तथा अन्य कार्यक्रमका आबश्यक भए सम्बोधन गर्न उपमहानगरपालिका तयार भएको बताउनु भयो। उहाँले १ सय वटा उजुरी आएको र त्यस मध्ये २ बटा जिल्लामा पठाएको अरु मेलमिलापबाट सुल्झाएको बताउनु भयो। उहाँले बुटबल उपमहानगरले स्वास्थ्यको क्षेत्रमा पनि २ बटा नगर अस्पताल बनाएर सञ्चालकको तयारीमा रहेको बताउनु भयो।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तिदेबि ज्ञावालीले महिला अपाङ्गको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनु भयो।उहाँले गत बर्षमा ४० बटा उजुरी न्यायीक समितिमा आएको २६ बटा मेलमिलाप गरेको केहि बाकी रहेको बताउनु भयो। बढी समस्या लेनदेनका र जग्गाका बिषयमा आउने गरेको ज्ञवालीको भनाई छ । शुद्धोधन ले शुन्य होमडेलिभेरी बनाएको बताउनु भयो। स्वास्थ्य शिक्षा क्षेत्रमा पालिकाले बिषय योजनाबनाएर काम गरेको बताउनु भयो।

 

देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले महिला वालवालिका अपाङता क्षेत्रमा उल्लेखनीय काम भएको भएपनि जनशक्ति अभाब र मेलमिलाप तथा कार्यन्वयनमा चुनौती रहेको बताउनु भयो।

उहाँले न्यायीक समितिमा आफुले दर्ता प्रतिउत्तर निशुल्क गराएको र न्यायिक समितिमा आउनेले अध्ययनको लागी आफुले ५० हजारको किताब किनेर अध्ययनको लागी राखिदिएको बताउनु भयो । साथै स्वास्थ्यको क्षेत्रमा उपेक्षीत उष्ण प्रदेशीय रोगहरुबाट प्रभावित व्यक्तिहरुको समूह गठन तथा परिचालनको लागि नगरपालिकाले स्वयं हेरचाह समुह गठन, व्यवस्थापन तथा परिचालन कार्यविधि २०८० नगरपालिकाबाट स्वीकृत गरिएको जानकारी गराउनु भयो ।

महिला वालवालिका लागी लैगिंक बहस स्वास्थ्य कार्यक्रमको लागी उपप्रमुख पोषिलो झोला सुत्केरी मसाला १० शैयाको नगर अस्पताल सञ्चालन लगायका क्षेत्रमा काम गरेको बताउनु भयो। आफुहरुले यि काम गर्दा उपलब्धी राम्रा भएको बताउनु भयो।

हिंसाका प्रकार पत्ता लागेको छ अपाङ्गको लागी तालिम शिविरले राह दिएको छ। महिलाहरुलाई जिम्मेबारी बन्न मद्धत पुगेको छ महिला को लागी बिभिन्न तालिमको साथै लोक सेवा तयारी कक्षा सञ्चालन समेत गरेपछि उपलब्धी भएको बताउनु भयो। उहाँले न्यायीक समितिमा ७७ बटा उजुरी परेको र धेरै मेलमिलाप भएको र केहि बाकी रहेको बताउनु भयो।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरमा पनि अबस्था उस्तै रहेको र धेरै सुधारका काम भएको बताउनु भयो।उपप्रमुख सुत्केरी कार्यक्रमले महिलाहरुलाई स्वास्थ्य संस्थामा जानुपर्छ जन्म दर्ता गराउनु पर्छ भन्ने मानशिक ल्याएको बताउनु भयो।
न्यायिक क्षेत्रमा अरु पालिकाको अबस्था जस्तै आफूमा पनि भएको बताउनु भयो। कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले स्वास्थ्य क्षेत्रमा पिछाडीको पालिका भएको भएपनि अहिले राम्रो बनाएको बताउनु भयो।

गर्भवतीलाई पोषण किशोर किशोरीलाई तालिम बैदेशिक रोजगारीमा गएका लाई तालिम र जानेलाई पनि तालिम दिएको बताउनु भयो। न्यायीक समितिमा उजुरी आउने र मेलमिलापको मध्यमाबाट मिलापत्र गराएको र केहि अदालतमा समेत गएको बताउनु भयो। अर्काे कुरा महिला तथा अन्य कार्यक्रम वा तालिममा आउनु भन्दा पहिले भत्ताको कुरा गर्ने यो समस्या भएको बताउनु भयो।

ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले किशोर किशोरीलाई तालिम स्वास्थ्य शिबिर आपाङहरुको लागी स्वास्थ्य उपचार शिबिर लगायका काम गरेको बताउनु भयो। उहाँले न्यायीक समितिमा ६५ बटा उजुरी आएको ४७ मेलमिलाप २ जिल्ला र २ अदालत पठाएको बताउनु भयो। मर्चबारी गाउँपालिका उपाध्यक्ष आशा सिहले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगती भएको तालिम सञ्चालन गरेको महिला स्वास्थ्य स्वयमसेवक लाई बिषय भत्ताको ब्यबस्था गरेको लगायतको काम गरेको बताउनु भयो।

कार्यक्रममा गैडहवा गाउँपालिका माधुरी जैश वाल, सियारी गाउँपालिका तारा थारु कोटहीमाई गाउँपालिका अनिता मिश्रा लुम्बिनी सांस्कृतिक नगरपालिका न्यायीक समितिका सदस्य अहम हुसेन ले बोल्दै आफनो पालिकामा सुधारका काम भएको बताउनु भयो ।

नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि पुनर्ताजगी कार्यशाला प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयका सह सचिब राजेन्द्र थापाले संघ र प्रदेशमा ठुला ठुला योजना बजेट भएपनि स्थानिय निकाय काम गर्ने स्थानमा अग्रणी रहेको बताउनु भयो।उहाँले स्थानिय तहलाई दिएको अधिकारी प्रयोग गरि काम गर्ने उपप्रमुख/ उपाध्यक्षहरूलाई आग्रह गर्नु भयो। कानुन सचिब समेत रहेको थापाले संघले दिएका अधिकारलाई कानुन बनाएर भएपनि काम गर्नु पर्ने बताउनु भयो।

बुटबल उच्च अदालतका न्यायधीश सरला कुमारी पाण्डेले न्यायिक क्षेत्रमा काम गर्दा आफुहरुले कानुन अनुसार काम गर्नु पर्ने बताउनु भयो। आधारभुत स्वास्थ्य परियोजनाका प्रमुख शशि लाल कर्णले कार्यक्रमको बारे जानकारी गराउनु भएको थियो।

इन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपालका अध्यक्ष महेन्द्र पाण्डेको अध्यक्षता, उपाध्यक्ष चेतना थापाको स्वागत र सुरक्षा पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :