रुकुम पश्चिम र जाजरकोटमा दादुरा रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने

स्वास्थ्यसमाचार/रुकुम पश्चिम र जाजरकोट जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुस ५ देखि १४ गतेसम्म छ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइडविरुद्धको टि।सि।भी खोप अभियान सञ्चालन हुन लागेको हो ।

खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकाले पहिला जति पटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रुपमा एक मात्रा दादुरा रुबेला खोप लगाउनु मन्त्रालयको आग्रह छ ।

सोही अभियानमा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छुट खोप लगाइने मन्त्रालयले जनाएको छ । खोप सुरक्षित छ भएकाले ढुक्कासँग लगाउन मन्त्रालयको सुझाव छ ।

खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोप लगाउन आफुसँग भएका नियमित खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक :