सीटीईभीटीको सदस्य सचिव पदमा महेश भट्टराई नियुक्त

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त भएका छन् ।

सदस्य सचिव पदमा महेश भट्टराईसहित अरविन्दकुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य प्रतिस्पर्धामा थिए।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन।

सम्बन्धित शिर्षक :