पर्रोहा स्वाथ्य चौकीको सेवा सुविधा तथा गुणस्तर सम्बन्धी सामाजिक परिक्षणः स्वाथ्यमा पहुँच वृद्धि गर्न आवश्यक नगरप्रमुख शर्मा

स्वास्थ्यसमाचार/ पर्रोहा स्वाथ्य चौकी सैनामैनाको स्वाथ्य सेवा तथा गुणस्तर सम्बन्धी सामाजिक परिक्षण तथा आम भेला सम्पन्न भएको छ । रुपन्देही मिडिया नेटवर्कको आयोजानमा भएको आम भेलामा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले गर्भवती जाँच सहितको सेवा पर्रोहा स्वाथ्य चौकीमा सुरुवात गरिएको जानकारी दिदै ८ पटक गर्भवती जाँच गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाले नियमित जाँच गरेपनि अहिले घरमा नै प्रसुती हुने परिपाटी रहेको भन्दै यसको लाग स्वाथ्य चौकीमा पहुँच वृद्धि गर्न आवश्यक भएको बताउनु भयो ।उहाले स्वाथ्य चौकीमा आउने गर्भवती महिलाहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने गरिएको जानकारी दिदै गर्भवती महिलाहरुको सुत्केरी स्वाथ्य संस्थामा अनिवार्य गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख शर्माले सैनामैना नगरपालिकाले स्वाथ्य सेवामा फड्को मार्दैै गरेको बताउँदै बच्चा जन्मीदा भन्दा पहिला देखि नै महिला विशेष ख्याल गर्नुपर्ने बताउनु भयो । नगरप्रमुख महिला सुत्केरीहरुको लागि निःशुल्क रुपमा एम्बुलेन्स र एक हजार रुपैया पोषण सुविधा समेत प्रदान गर्दै आएको बताउनु भयो। उहाँले उहँले नगरपालिकाको चलाएको एम्बुलेन्सबाट अपाङ्गता भएका व्याक्ति, जेष्ठ नागरिकहरुको लागि निःशुल्क रुपमा प्रदान गर्दै आएको बताउनु भयो।

नगर प्रमुख शर्माले रेबीज विद्धको खोप लगाउनेहरुको संख्या समेत बढेको भन्दै रेबीजबाट अन्य मानिसलाई सर्न नदिनको लागि ५ सय भन्दा बढि कुुकुर लाई बध्याकरण गरिएको जानकारी गराउनु भयो । सैनामैना नरपालिका उप प्रमुख विना रानाले महिलाहरुको स्वाथ्यमा नगरपालिका जहिले पनि सकारात्मक रहेको बताउँदै, जनस्वाथ्यको विषयमा नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको वताउनु भयो ।

कार्यक्रममा बोल्दै सैनामैना वडा नम्बर ४ का अध्यक्ष तथा पर्रोहा स्वाथ्य चौकी व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष समेत रहेका राम प्रसाद अधिकारीले हरेक निकायको भुमिका सामाजिक परिक्षण आवश्यक रहेको बताउनु भयो । स्वाथ्य संस्थाको विषयमा नियमित रुपमा सामाजिक परिक्षण गर्न आवश्यक रहेको बताउनु भयो। जसले गर्दा स्वाथ्य सेवा सुधारको लागि सबैभन्दा ठुलो भूमिका खेल्ने बताउनु भयो ।

उहाले सैनामैना नगरपालिकाको वडा नम्बर ४ मा स्वाथ्य चौकी लाई सुशासन युक्त बनाउन आवश्यक रहेको बताउनु भयो । उहाले नेपालको संविधानतह प्रदान गरिएको हरेक नागरिकले आधारभुत स्वाथ्य सेवा प्राप्त गर्ने अधिकार रहेको भन्दै सोही अनुसार सैनामैनाले पनि यसलाई सेवा प्रदान गर्नको लागि काम गर्दै आएको बताउनु भयो ।

पर्रोहामा कपिलवस्तु, अर्घखाँची, पाल्पा, रुपन्देहीका विभिन्न स्थानबाट मानिसहरुले सेवा लिन आएको बताउनु भयो । पर्रोहा स्वाथ्य चौकीबाट प्रत्येक बर्ष ४ सय ५० भन्दा बढि महिला सुत्केरी हुने व्यवस्था भएको वताउनु भयो ।

उहाले हरेक महिनाको २३ गते महिलाको पाठेघरमा क्यान्सर छ वा छैन भनेर भी आईए टेष्ट कार्यक्रम समेत निरन्तर सञ्चालन गरिएको जानकारी दिनुभयो । जसको परिक्षणको लागि अन्य स्थानमा जानुनपर्ने उहाको भनाई रहेको थियो ।एक बर्षमा पर्रोहा स्वाथ्य चौकीले २६ हजार पटक मानिसलाई सेवा प्रदान गरिएको जानकारी दिदै सबैको साझा पहलबाट मात्रै पर्रोहा स्वाथ्य चौकीले सेवा सुविधा विस्तार गर्दै आएको जानकारी दिनुभयो ।

उहाले केही समयमा नै नयाँ स्थानबाट स्वाथ्य चौकीबाट सेवा प्रदानगर्ने बताउनु भयो । नयाँ स्थापना हुने नयाँ हस्पीटल बाट सेवा विस्तार गर्ने त्यहाँ बाट नगर अस्पतालको रुपमा विकास गर्ने गरी योजना बनाइएको वताउनु भयो।

सामाजिक परिक्षण कार्यक्रममा सैनामैना नगरपालिका स्वाथ्य शाखाका जनस्वाथ्य निरिक्षक हेमराज पन्थी, रुपन्देही मिडिया ग्रुपका कार्यकारी निर्देशक चन्दकान्त खनाल, रुपन्देही मिडीयाका कार्यक्रम संयोजक अशोक भुषाल, पर्रोहा स्वाथ्य चौकी ईन्चार्ज जेबी सुनार, महिला स्वाथ्य स्वयमसेविका ईन्द्र कार्की, प्रदिपक पौडेल, लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो।

 

सम्बन्धित शिर्षक :