बुटबलमा औलो तथा अन्य उपेक्षित रोगहरुको वार्षिक समिक्षा

भारतबाट आयातीत औलोको बिरामीको सङ्ख्यालाई कम गर्न चुनौती: स्वास्थ्य निर्देशक डा गिरी

स्वास्थ्यसमाचार /स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा बुटबलमा औलो तथा अन्य उपेक्षित रोगहरुको वार्षिक समिक्षा गरिएको छ।

प्रदेशका १३ अस्पताल १२ जिल्ला स्वास्थ्य कार्यलय र १३ बटा औलो देखिएका पालिकाका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागी रहेको समीक्षामा आगामी बर्षको योजना तर्जुमा  तथा गत बर्षको कार्यक्रमको समिक्षा गरिएको हो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका  (VBDs/NTDs)फोकल प्रर्दशन खिमलाल पाण्डेका अनुसार  बुटबलमा भएको २ दिने समीक्षामा आगामी बर्षको योजना तर्जुमा  तथा गत बर्षको कार्यक्रमको समिक्षा गरिएको बताउनु भयो।

पाण्डेले भन्नुभयो २ दिन सम्म चलेको समीक्षामा स्वास्थ्य कार्यालयले पालिकाले कहिले के गर्ने भन्ने बारेसमेत जानकारी गराइएको वताउनु भयो। उहाले लुम्बिनीका सबै स्वास्थ्य कार्यलय र पालिकामा औलोको अबस्था परिक्षणको दायर बढाउनु पर्ने लगायका बिषयमा छलफल गरिएको बताउनु भयो।

समीक्षामा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले वोल्दै तालिम केन्द्रमा के कस्ता तालिम आबश्यक छन माग अनुसार आफुहरुले तालिम उपलब्ध गराएको बताउनु भयो।

समीक्षामा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरीले पालिकामा औलो बढी देखिएको र परिक्षणको दायरा बढाउन निर्देशन दिनु भयो। उहाले परिक्षणका लागी आबश्यक किट तथा अन्य सहयोग आबश्यक रहेकोे स्वास्थ्य निर्देशनालयमा जानकारी गराउनु पर्ने बताउनु भयो ।

उहाले सरकारको लक्ष्य अनुसार काम लाई अघि बढाउन अस्पताल  तथा स्वास्थ्य र पालिकाका स्वास्थ्य प्रमुखहरुलाई आग्रह गर्नु भयो।स्थानीय औलोका बिरामीको संख्या अहिले घटेपनि भारतबाट आयातीत औलोको बिरामीको सङ्ख्यालाई कम गर्न चुनौती रहेको गिरीले बताउनु भयो ।

स्वास्थ्य प्रमुखहरुले तालिम किट तथा बजेटको अभाव नगराई दिन आग्रह गर्नु भएको थियो। किट स्वास्थ्यकर्मी र आबश्यक तालिम उपलब्ध गराए सरकारको लक्ष्य अनुसार अघि बढन सहज हुने बताउनु भयो।

सेभ चिल्ड्रेनका ब्यबस्थापक मिम बहादुर सिहको सहजीकरणमा भएको  समीक्षामा  स्वास्थ्य निर्देशनालयका अधिकृत खिमलाल पाण्डेको सञ्चालन र निर्देशक डा बिनोद गिरीको अध्यक्षमा समिक्षा सम्पन्न भएको थियो।सरकारले  २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पुर्याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको वताएको छ।

औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा  रहेको छ। औलो निवारणका लागि जोखिम क्षेत्रमा स्क्रिनिङ गर्नुका साथै क्रस बोर्डरको संयन्त्रको राम्रो सदुपयोग गर्नुपर्ने स्वास्थ्य निर्देशक गिरीले बताउनु भयो।

 

लुम्बिनी प्रदेशमा १ सय ४० जना औलोका बिरामी

लुम्बिनी प्रदेशमा १ सय ४० जना औलोका बिरामी मध्ये आठ जना मात्र स्थानीय औलो बिरामीको सङ्ख्या रहेको र बाँकी १ सय ३२ जना खुल्ला सीमाबाट प्रवेश गरेका बिरामी रहेको बताईएको छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै १ सय ४० जना औलोका बिरामी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताउनु भयो ।

प्रदेशको सबै भन्दा धेरै बाँकेमा ९३ जना औलोका बिरामी रहेका छन् ।दोस्रोमा कपिलवस्तुमा १२ जना, बर्दियामा चार जना, दाङमा चार जना, रुकुम पूर्वमा एक, रोल्पामा एक, प्युठानमा तीन, अर्घाखाँचीमा एक, गुल्मीमा दुई, रुपन्देहीमा आठ, पाल्पामा पाँच, नवलपरासी पश्चिममा ६ जना बिरामी फेला परेका वताउनु भयो।

 

सम्बन्धित शिर्षक :