स्वास्थ्यबीमा बोर्डको आचार संहिता : सामाजिक सञ्जाल देखि मोबाइल प्रयोगसम्म रोक

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले बोर्डमा कार्यरत कर्मचारीहरुका लागि आचार संहिता जारी गरेको छ। बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ।

बोर्डको शुक्रबार बसेको बैठकले बोर्डका पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो।बोर्डले जारी गरेको आचार संहिता अनुसार अब बोर्ड तथा जिल्लास्थित कार्यालयका कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन्यस्तै बोर्डको दावी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीहरुले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्।

यस्तै, बोर्डले गरेको अर्को निर्णयमा स्वास्थ्य बीमा बोर्ड र कार्याक्रमको विषयमा धारणा राख्नु पहिले सो विषय सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनु पर्ने, विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरितका कार्यहरु गर्न नहुने, सामाजिक सञ्जालमा सबै तहका सरकारको आलोचना गर्न राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्ने तथा राष्ट्रहित विपरितको कुनै टिप्पणी वा लाइक गर्न नपाइने लगयातका विषय आचार संहितामा उल्लेख छ।

यसका साथै, औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसिमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने, जुनसुकै फाइल बारेमा तीन दिन भित्र निर्णय दिने, निर्णय दिन नसक्ने विषय कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना गर्ने र आचार संहिता पालना भए नभएको अनुगमनको व्यवस्था बीमा बोर्डले गर्ने विषय आचार संहितमा उल्लेख छ।

सम्बन्धित शिर्षक :