वाँकेमा सिकलसेलका बिरामीलाई प्रदेश सरकारद्धारा निःशुल्क बीमा

स्वास्थ्यसमाचार/लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गरी बीमा कार्यक्रमको सुरुवात गर्नुभएको हो । सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहात होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । उहाँले…

नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो । निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए । सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिए ।संघको लुम्बिनी…

पोषणमा लुम्बिनी :१६ प्रतिशत बालबालिकामा ख्याउटेपना जुन नेपालमै बढी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका पाईएको छ। स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार देशमा सबैभन्दा बढि ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो । नेशनल डेमोग्राफि एण्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको छ। प्रदेशका विभिन्न निकाय, संघीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताएपनि यसमा सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो । देशभर कुल बालबालिका मध्ये ८ प्रतिशत बालवालिका रहेकोमा कुल ख्याउटे बालबालिकाहरूको संख्यामा सबैभन्दा बढि १६ प्रतिशत बालबालिकामा ख्याउटेपना…

चिकित्सक संघ लुम्बिनीको नयाँ नेतृत्वको लागी पुस २८ गते निर्वाचन

स्वास्थ्यसमाचार /चिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्वको लागी  निर्वाचन हुने भएको छ।चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलका अनुसार आगामी ३ बर्षको लागी यहि पुस २८ गते निर्वाचन हुन लागेको बताउनु भयो। चिकित्सक संघ लुम्बिनी शाखाले निर्वाचनको लागी कार्यतालिका समेत सार्वजानिक गरेको छ। ७ सय भन्दा बढी चिकित्सकहरु आवद्ध रहेको शाखामा निर्वाचन भन्दा कार्यतालिका तयार गरेपनि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था देखिएको छ। बिगतका बर्षमा पनि यस्तै अबस्था रहेको र अहिले पनि त्यहि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था रहेको महासचिव पोखरेलले बताउनु भयो।यस पटक भने चिकित्सक संघ लुम्बिनीमा…

१ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बने (सूचीसहित)

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागले १ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बनेका छन् । विभागले सार्वजनिक गरेको स्तरवृद्धि विवरणअनुसार १ सय ८४ जना स्वास्थ्यकर्मी सहायक पाँचौबाट अधिकृत छैटौंमा स्तरवृद्धि भएका हुन् । स्तरवृद्धि हुनेहरुमा सबैभन्दा बढी हेल्थ असिस्टेन्ट एचए रहेका छन् । त्यसबाहेक केही रेडियोग्राफर, ल्याब टेक्नीसियन, एनेस्थेटिक सहायक, परिवार नियोजन सुपरभाइजर, भेक्टर कन्ट्रोल सुपरभाइजर, फार्मेसी सुपरभाइरजर, सिअहेब र बरिष्ठ ल्याब असिस्टेन्ट पनि अधिकृतमा बढुवा भएका छन् । विभागकाअनुसार विसं २०८० साल असारमा आवेदन दिएकाहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ ले तोकेको आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको बढुवा भएको हो…

देवदह नगरपालिका वडा नं २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा

स्वास्थ्यसमाचार/स्वास्थ्य समाचार रुपन्देहीको देवदह नगरपालिका वडा नं २ लाई पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको छ । देवदह नगरपालिका वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा हुने देवदहको पहिलो वडा हो ।   देवदह २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको हो। देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिका जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत देवदह वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । कुनै पनि…

रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम

स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो। रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो। ६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली…

रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम

स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो। रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो। ६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली…

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सतर्क रहन आग्रह

स्वास्थ्यसमाचार/छिमेकी देशमा फैलिएको कोरोनाको नयाँ सब-भेरियन्टमा नेपालमा पनि देखा परेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तरगतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्टमा  जेएन.१ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी विज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सव भेरियन्टमा जेएन.१  देखिएको उल्लेख छ । यो सब भेरियन्टमा नेपालमा पहिलो पटक भेटिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले नयाँ सव भेरियन्टमा देखिएसंगै नाकामा सतकर्ता अपनाएको भन्दै व्यक्तिहरुलाई पनि सतर्क…

भूकम्प प्रभावित रुकुम पश्चिममा घुम्ती स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिमको सात अलग अलग ठाउँमा घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गत १३ पुस देखि सञ्चालित शिविरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र तथा जिल्ला स्थित प्रादेशिक स्वास्थ्य सेवा कार्यालयहरुले स्थानीय निकायसंग समन्वय गरेका थिए । उक्त शिविरलाई क्यानेडियन रेडक्रस र नेपाल रेडक्रसको सहयोग थियो ।शिविरमा सामान्य चेक जाँच,आकस्मिक सेवा,मनोसामाजिक परामर्श,परिवार नियोजन सेवा,औषधी बितरण तथा परामर्श सेवाप्रदान गरिएको थियो । शिविरमा पाठेघरको समस्या,छालाको रोग,आ“खा सम्बन्धी र ग्याष्ट्रिकको समस्या बढी पाईएको नेपाल रेडक्रसकी टोली प्रमुख यशोदा पोखरेलले बताईन् ।शिविरमा आठबीस नगरपालिकाको वडा नम्बर…