भूकम्प प्रभावित रुकुम पश्चिममा घुम्ती स्वास्थ्य शिविर

१ हजार ६सय ३७ जनाले लिए स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिमको सात अलग अलग ठाउँमा घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गत १३ पुस देखि सञ्चालित शिविरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र तथा जिल्ला स्थित प्रादेशिक स्वास्थ्य सेवा कार्यालयहरुले स्थानीय निकायसंग समन्वय गरेका थिए ।

उक्त शिविरलाई क्यानेडियन रेडक्रस र नेपाल रेडक्रसको सहयोग थियो ।शिविरमा सामान्य चेक जाँच,आकस्मिक सेवा,मनोसामाजिक परामर्श,परिवार नियोजन सेवा,औषधी बितरण तथा परामर्श सेवाप्रदान गरिएको थियो ।

शिविरमा पाठेघरको समस्या,छालाको रोग,आ“खा सम्बन्धी र ग्याष्ट्रिकको समस्या बढी पाईएको नेपाल रेडक्रसकी टोली प्रमुख यशोदा पोखरेलले बताईन् ।शिविरमा आठबीस नगरपालिकाको वडा नम्बर ४,५ र ६ को लागी गोतामकोटबाट ६ सय १० जना, वडा नं ७ दाजेबाट ४ सय ६८ र सानीभेरी नगरपालिका वडा नम्बर ५ बाट २ सय ६६ र वडा नं ६ बाट १ सय ९३ गरी जम्मा १ हजार ६३७ जनाले सेवा लिएका थिए ।

शिविरको समापनको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको टोली रुकुम पश्चिम पुगेको थियो ।

सानीभेरी नगरपालिकाको वडा नम्बर ६ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा भएको कार्यक्रममा डा बुढाथोकीले विपदपछि हुने स्वास्थ्य जोखिमको जानकारी दिदै खानपान, दिनचर्या, जीवनशैलीमा ध्यान दिई पानीजन्य,खानाजन्य,छालाजन्य,चिसोजन्य संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सतर्कताबारे जानकारी दिए ।

सम्बन्धित शिर्षक :