रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम

स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो।

राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो।

रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली परिवर्तन गर्नेबारे छलफल गरिएको थियो । सहभागीहरुले आयुर्वेद औषधी र उपचारको वारेमा जानकारी नभएको बताउनु भएको थियो ।

सहभागीले औषधी सेबनका फाईदा र बेफाइदा वारे जानकारी लिएका थिए। स्थानिय समाजसेवी हर्कबहादुर थापाको सहजीकरण र शालिकराम भुसालको ब्यबस्था पनमा शिबिर सञ्चालन भएको थियो।

रक्षा आयुर्वेद औषधालयले आफनो वार्षिक उत्सवकोे अबसरमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी निशुल्क बितरण गर्दे आएको सञ्चालक भुसालले बताउनु भयो।

 

सम्बन्धित शिर्षक :