नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सतर्क रहन आग्रह

स्वास्थ्यसमाचार/छिमेकी देशमा फैलिएको कोरोनाको नयाँ सब-भेरियन्टमा नेपालमा पनि देखा परेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तरगतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्टमा  जेएन.१ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी विज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सव भेरियन्टमा जेएन.१  देखिएको उल्लेख छ ।

यो सब भेरियन्टमा नेपालमा पहिलो पटक भेटिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले नयाँ सव भेरियन्टमा देखिएसंगै नाकामा सतकर्ता अपनाएको भन्दै व्यक्तिहरुलाई पनि सतर्क र सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो समय यो सव भेरियन्टमा भारतका विभिन्न प्रान्तमा देखिएको छ ।नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले त्यहाँ देखिने संक्रमणहरु ढिलो चाँडो नेपालमा देखिने गरेको छ ।साथै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध पनि मन्त्रालयले गरेको छ।

 

सम्बन्धित शिर्षक :