१ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बने (सूचीसहित)

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागले १ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बनेका छन् ।

विभागले सार्वजनिक गरेको स्तरवृद्धि विवरणअनुसार १ सय ८४ जना स्वास्थ्यकर्मी सहायक पाँचौबाट अधिकृत छैटौंमा स्तरवृद्धि भएका हुन् ।

स्तरवृद्धि हुनेहरुमा सबैभन्दा बढी हेल्थ असिस्टेन्ट एचए रहेका छन् । त्यसबाहेक केही रेडियोग्राफर, ल्याब टेक्नीसियन, एनेस्थेटिक सहायक, परिवार नियोजन सुपरभाइजर, भेक्टर कन्ट्रोल सुपरभाइजर, फार्मेसी सुपरभाइरजर, सिअहेब र बरिष्ठ ल्याब असिस्टेन्ट पनि अधिकृतमा बढुवा भएका छन् ।

विभागकाअनुसार विसं २०८० साल असारमा आवेदन दिएकाहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ ले तोकेको आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको बढुवा भएको हो ।

(सूचीसहित)

सूचि यहाँ हेर्नूहोस

सम्बन्धित शिर्षक :