चिकित्सक संघ लुम्बिनीको नयाँ नेतृत्वको लागी पुस २८ गते निर्वाचन

डा. कृष्ण खरेलले चिकित्सक संघ लुम्बिनीमा नेतृत्व गर्ने संभावना

स्वास्थ्यसमाचार /चिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्वको लागी  निर्वाचन हुने भएको छ।चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलका अनुसार आगामी ३ बर्षको लागी यहि पुस २८ गते निर्वाचन हुन लागेको बताउनु भयो।

चिकित्सक संघ लुम्बिनी शाखाले निर्वाचनको लागी कार्यतालिका समेत सार्वजानिक गरेको छ। ७ सय भन्दा बढी चिकित्सकहरु आवद्ध रहेको शाखामा निर्वाचन भन्दा कार्यतालिका तयार गरेपनि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था देखिएको छ।

बिगतका बर्षमा पनि यस्तै अबस्था रहेको र अहिले पनि त्यहि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था रहेको महासचिव पोखरेलले बताउनु भयो।यस पटक भने चिकित्सक संघ लुम्बिनीमा डा .कृष्ण खरेलले नेतृत्व गर्ने संभावना रहेको देखिएको छ।

एक चिकित्सक अनुसार अरु क्षेत्रमा जस्तो पदका लागी मरिहत्ते गर्ने अबस्था नभएको बताए । चिकित्सक संघको कार्य विधिअनुसार निर्वाचन गरिने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।।

सम्बन्धित शिर्षक :