सडक दुर्घटनामा छोराछोरी र सासु ससुरा सहित अस्ताए डा.महेश गौतम

डा महेश कुमार गौतमको असामयिक निधनले हामि स्तब्ध छौ :नेपाल चिकित्सक संघ

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघका आजिवन सदस्य डा महेश कुमार गौतमको दुर्घटनाका कारण अल्पायुमै भएको असामयिक निधनले स्तब्ध संघ परिवार स्तब्ध भएको जनाएको छ।

संघका आजिवन सदस्य डा महेश कुमार गौतम सहित उनको परिवारका ५ जना सदस्यको असामयिक निधन भएको हो।संघको सोक बक्तब्य जारी गर्दै भनेको छ नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा वालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको मिति २०८० पौष २८ गतेका दिन असामयिक निधन हुन गएकोमा नेपाल चिकित्सक संघ परिवार स्तब्ध भएको छ।

त्यसैगरी संघले भनेको छ स्व डा गौतमले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पुर्याउनु भएको योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहनेछ। इमान्दार, लगनशिल र बरिष्ठ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहीत भएको छ।

त्यस्तै यस दुःखद घडीमा नेपाल चिकित्सक संघ परिवार दीवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ। भनि संघले दुख व्यक्त गरेको छ।

दुर्घटनामा ३८ वर्षीय डा महेशकुमार गौतमसहित उनको छोराछोरी र सासु ससुराको मृत्यु भएको छ। डा गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको हो।

६ वर्षीया छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।यत्रामा सँगै रहेकी डा गौतमकी श्रीमती क्यान्सर रोग विशेषज्ञ डा सृष्टि तिवारी गौतम भने बाच्न सफल भएकी छन्।

सम्बन्धित शिर्षक :