नेपाल स्वास्थ्यकर्मी संघ दाङको अध्यक्षमा हरी पुनमगर निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ दाङमा हरी पुनमगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । दाङको धारापानीमा सम्पन्न भेलाले चार वर्षका लागि पुनमगरको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अन्य पदाधिकारीमा खुला उपाध्यक्षमा प्रदिप योगी, उपाध्यक्ष महिलामा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजिमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकातर्फको उपाध्यक्षमा धना जिसी, समावेशी उपाध्यक्षमा बबि महत, सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी चयन हुनु भएको छ ।

यसैगरी सहसचिवमै सरकारी क्षेत्रबाट वीरेन्द्र खड्का, निजी क्षेत्रबाट रमिता गौतम,स्वास्थ्य स्वयंसेविकातर्फ तिला जि एम र युवाका तर्फबाट बिक्रम राना सर्वसम्मत चयन हुनुभयो । सदस्यहरुमा कृष्ण आचार्य, कुलराज चौधरी, बिष्णु भण्डारी र राजदेवि चौधरी पनि सर्वसम्मत हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष पुनमगरले समग्र स्वास्थ्यकर्मीहरुको हकहितका पक्ष काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। अध्यक्ष पुनमगरले जनस्वास्थ्य बिषयमा स्नातकोत्तर गर्नु भएको छ ।

हाल उहाँ लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालको निजि सचिवालयमा जनस्वास्थ्य विज्ञ सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्छ ।

 

सम्बन्धित शिर्षक :