पाल्पा मिसन अस्पतालले भन्यो : ‘हामी बीमा बन्द गर्ने पक्षमा छैनौं, सम्झौता कार्यान्वयन भए लागु गर्छौं’

पाल्पा । पाल्पामा गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने बताएको छ । २४ औं वार्षिक साधारणको अवसरमा अस्पतालले सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेको हो ।

युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु बिमा सञ्चालन गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो ।

युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टद्वारा सञ्चालित मिसन अस्पतालले दिर्दै आएको स्वास्थ्य बिमा सेवा बन्द भए पछि धेरै नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित रहेको व्यापक गुनासो आए पनि सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै उहाँले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्देशक आचार्यले भन्नुभयो ‘हामी बिमा बन्द गर्ने पक्षमा छैनौं, तर सम्झौता अनुसार भुक्तानी नभएपछि अस्पताल चलाउनै धौं धौं भएपछि बन्द गरेका हौं, सम्झौता कार्यान्वयन भए हामी छिट्टै लागु गर्ने सोंचमा छौं ।’

निर्देशक आचार्यले भन्नुभयो ‘बिमाले स्वास्थ सेवालाई सुनिश्चित गर्दछ, तर यसको व्यवस्थापन फितलो हुँदा कहि कतै समस्या आएको हो ।’ सरकारले रेटमा संसोधन गरेमा बिमा सञ्चालन गर्ने पक्षमा अस्पताल रहेको उहाँले दोहो¥याउनुभयो । स्वास्थ्य बीमा बोर्डले नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरु अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएको भन्दै अस्पतालले गत साउन २१ गतेदेखि बिमा उपचारको सेवा स्थगित गरेको थियो ।

यहाँ सेवा बन्द भएपछि अस्पताललाई लागु गर्न जिल्लाका सरोकारवालाहरुले समेत आग्रह गर्दै आएका छन् । साधारण सभाका अवसरमा समेत सरोकारवालाहरुले स्वास्थ्य बिमा लागु गर्ने विषयमा चासो देखाएपछि ट्रष्टका अस्पताल सेवा निर्देशक आचार्यले अस्पतालको तर्फबाट धारणा राख्दै सो कुरा बताउनुुभएको हो ।

उहाँले अस्पताल जर्नल अस्पताल रहे पनि विशेषज्ञ सेवा दिर्दै आएको बताउनुभयो । आचार्यले पञ्चवर्षे योजना बनाएर आफुहरु अगाडि बढेको बताउँदै आगामी दिनमा थप विशिष्टकृत सेवा थप्दै जाने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘५ वर्षे योजाना बनाएका छौं, त्यसमा गुणस्तरीय सेवा सहित ३ सय बेडको अस्पताल बनाउने योजना रहेको छ ।’ निकट भविष्यमै सिटिस्क्यानको व्यवस्था गर्ने र अन्य विशेषज्ञ सेवाका विषयमा समेत छलफल भइरहेको आचार्यको भनाई छ ।

लुम्बिनी प्रदेशका सांसद खेम सारुले स्वास्थ्य क्षेत्रमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले बाँकी भुक्तानी दिने विषयमा बिमा बोर्ड सकरात्मक रहेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अस्पतालाई आग्रह गर्नुभयो । सांसद सारुले कार्यक्रम लागु गर्नका लागि प्रदेश सभामा समेत पटक पटक कुरा उठाएको पनि बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।राजेन्द्र गिरी, तानसेन नगरपालिका–१ का वडा अध्यक्ष सुनिल बस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना लगायतले स्वास्थ्य क्षेत्रमा अस्पतालले पु(याएको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै विगतको इतिहास र गरिमालाई कायम राख्ने गरी काम गर्न अस्पताललाई सुझाव दिनुभयो ।

अस्पतालकी निर्देशक रचेल कारखले १ सय ६९ बेड रहेको अस्पतालबाट आर्थिक वर्ष २०७९र०८० मा १ लाख छ हजार ९ सय २ जना विरामीलाई सेवा दिएको बताउनुभयो । उहाँले अस्पालबाट गरिब, विपन्नहरुका लागि १ करोड १६ लाख ४५ हजार बराबरको निःशुल्क उपचार गरेको समेत जानकारी दिनुभयो । गत वर्ष २ हजार ३ सय ७३ जना सुत्केरीले अस्पतालबाट सेवा लिएको निर्देशक कारखको भनाई छ ।

उहाँले फोहोर ब्यवस्थापनमा समस्या रहेकाले त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको समेत धारणा व्यक्त गर्नुभयो । अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले बिमा बोर्डबाट अझै पनि सात करोड भुक्तानी लिन बाँकी रहेको बताउनुभयो ।

सम्बन्धित शिर्षक :