दाङ बस दुर्घटना :९ जनाको बुटवल र १२ को कोहलपुरमा उपचार हुँदै, २ को अवस्था गम्भिर

प्रधानमन्त्रीद्वारा उपचारमा प्रभावकारिता अपनाउन निर्देशन

स्वास्थ्यसमाचार/ दाङको भालुबाङमा भएको बस दुर्घटनाका घाइते मध्ये दाङ बस दुर्घटना परि घाईते भएका ९ जनाको बुटबल र १२को कोहलपुरमा उपचार हुदै उपचार भैरहेको छ। भने उपचारमा रहेको २कोअबस्था गम्भीर रहेको अस्पतालले जनाएकोे छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले वताए ।घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको उनको भनाई छ।

यस्तै बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन्। जावेद डिस्चार्ज भएसँगै अस्पतालमा अब बाँकी १२ जनाको उपचार चलिरहेको इप्रका कोहलपुरले जनाएको छ।

शिक्षण अस्पताल कोहलपुरमै उपचार गराइरहेका नेपालगन्जका २४ वर्षीय अशुतोष गौतम, २० वर्षीय निरन्जन कोरी, २० वर्षकै अरवाज नाउ, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बि.क., बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाई, नेपालगन्जकी ३५ वर्षीया लिला वली, बाँकेकै २१ वर्षीय शंकर थारु र रावलकुमार यादवको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ।

उक्त बसमा सवार ३५ जना मध्ये ७ जना घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेको उक्त बस नमस्ते यातायात प्रा.ली. कोहलपुरको रहेको बताइएको छ।राप्ती नदीमा खसेको बसका चालकले इन्जिनमा समस्या भएपछि दुर्घटना भएको बयान दिएका छन्।

प्रहरीको नियन्त्रणमा रहेका चालक लाल बहादुर नेपालीले बसको सापट बिग्रिएपछि दुर्घटना भएको बयान दिएका हुन्। ‘हामीले चालकसँग बयान लिँदा बसको सापटले काम नगरेपछि दुर्घटना भएको भनेका छन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक मल्लले भने ‘बसको इन्जिनमा समस्या भए नभएको बारे परीक्षण गरिनेछ।’

राप्ती नदिमा खसेको बस बाहिर निकालिने र बसको इन्जिनको परीक्षण गरिने उनले बताए। चालकले बसको सापट बिग्रिएको र बस नमोडिँदा नदिमा खसेको प्रहरी समक्ष बयान दिएका छन्। तर सवारी साधनका जानकारहरु भने बसको इन्जिनमा प्रयोग हुने सापटको समस्याका कारण बस नमोडिने समस्या नहुने बताउँछन्।

स्टेरिङ फेल हुनु, पट्टा भाँचिदा बस नमोडिएर दुर्घटना हुने खतरा रहने तर सापट बिग्रिँदा यो समस्या नहुने उनीहरू बताउँछन्।
दाङको भालुबाङ स्थित राप्ती नदिमा गए राती भे १ ख ३९१२ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्।

सम्बन्धित शिर्षक :