स्वास्थ्य बिमा बोर्डले माघ १ गते देखि सह-भुक्तानी प्रणाली लागू गर्दै

यी हुन् सह-भुक्तानी प्रणाली लागू हुने अस्पतालहरु

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्ने भएको छ ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो ।

यससँगै अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्नेछ ।स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह(भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा ल्याउन लागेको हो ।

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ ।

अब अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनस्थापना सेवामा सह-भुक्तानी प्रणाली लागू हुनेछ ।

कार्यविधिअनुसार लक्षित वर्गका बिमित, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका सरकारी अस्पतालमा भने सह(भुक्तानी प्रणाली लागु हुने छैन् ।

सह-भुक्तानी लागू नहुने अस्पताल वा सेवा प्रदायकहरु
प्राथमिक स्वास्थ्य केन्द्र
२५ शय्या सम्मका सरकारी अस्पताल

सह-भुक्तानीको व्यवस्था लागू हुने अस्पतालहरु
संघीय अस्पताल
२५ शय्या माथिका प्रदेश,प्रादेशिक अस्पताल
सबै निजी वा सामुदायिक अस्पतालहरु

सह-भुक्तानीको व्यवस्था लागू नहुने लक्षित वर्ग
अति गरिबको परिचय प्राप्त परिवार,
७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक,
अति अशक्त अपाङ्गताको परिचय पत्र पाएका अपाङ्ग रातो कार्ड, एचआइभी एड्स संक्रमित जटिल क्षयरोगि, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविका आदि
नेपाल सरकारले समय समयमा तोकेको समूह वा वर्गहरु

सह-भुक्तानी अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिएका सेवाग्राहीहरुले कुल खर्चको दश प्रतिशत सह१० भुक्तानी गर्नु पर्नेछ।स्वास्थ्य संस्थाहरुले सुविधा थैलीमा भएको व्यवस्था अनुसार सेवाग्राहीलाई खर्च र सुविधाको थैली बारेमा स्पष्ट बुझाई कुल खर्चको दश प्रतिशतले हुन आउने रकम सेवाग्राहीसंग लिनु पर्नेछ।

सेवा प्रदायक स्वास्थ्य संस्थाले रकम भुक्तानी लिएपछि बाँकी नब्बे प्रतिशत सोधभर्ना लिनुपर्ने विवरण स्पष्टरुपमा समावेश गरी बीमा बोर्डसँग नियमानुसार दाबी गर्नु पर्नेछ।

सह(भुक्तानी प्रणाली लागू गर्ने अवस्थामा यस्तो सेवा दिएका सेवा प्रदायकले मासिकरुपमा कति प्रतिशत सेवा प्रदायकबाट असुली भयो र कति बीमा बोर्डबाट दाबी गरियो त्यसको अभिलेख राख्नु पर्नेछ।

सम्बन्धित शिर्षक :