स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रान को लुम्बिनी प्रदेशस्तरीय प्रथम भेला यहि माघ ७ गते बुटबलमा हुने भएको छ। लुम्बिनी प्रदेश तदर्थ समितका संयोजक नरहरि अर्यालका अनुसार लुम्बिनी प्रदेशस्तरीय भेला तथा रमाइलो बनभोज कार्यक्रम २०७९ माघ ७ गते शनिबारको दिन बुटवल फुलवारी हुने बताउनु भयो। केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको आतिथ्यमा बसेको बैठकमा रान लुम्बिनी प्रदेश संयोजक नरहरी अर्याल रुपन्देही जिल्ला सल्लाहकार नारायण सापकोटा ,रान जिल्ला अध्यक्ष दिपक कार्की लगायको उपस्थिति थियोे । उक्त बैठक ले मितितय गरेको हो। उक्त बैठकले प्रदेश भेला सफल गर्नुका साथै ,यहि माघ २८…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
साझा स्वास्थ्य सेवा सहकारीको १५ औँ बार्षिक साधारणसभा सम्पन्न
स्वास्थ्यसमाचार/ दश वर्ष सम्म हुन नसकेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको १५ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले चार वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नयाँ पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको छ । साझाका महाप्रवन्धक चुडामणि भण्डारीका अनुसार शुक्रबार भएको निर्वाचनबाट साझा स्वास्थ्य सेवा सहकारीको अध्यक्षमा हिमबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । सञ्चालक समिति सदस्यहरुमा शिवप्रसाद भट्टराई, शम्भुप्रसाद घिमिरे, श्रीपा श्रेष्ठ निर्वाचित हुनुभएकोछ । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा ताराप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । सो समितिको सदस्यहरुमा रवि गोर्खाली र खिमाराम…
चिसोमा बढी सताउने बाथरोग के हो र कसरी बच्ने ?
डा अरुण कुमार गुप्ता, बाथरोग विशेषज्ञ काठमान्डौ/ बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो। जब हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउँछ त्यसपछि बाथ रोग देखा पर्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुराएर समयमै उपचार नगरेमा अपांग समेत बनाउने गर्छ । बाथरोग धेरै प्रकारका हुन्छन्। त्यसको प्रकार अनुसार विभिन्न भिन्न खालका लक्षण देखाउँछन्। तर सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नीहरु दुख्ने, सुन्निने र हिंडडुलमा समस्या हुने हो । यसले जोर्नी बाहेक शरीरका भित्री अंगहरु मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजोलाई हानी गर्न सक्छ। समयमा सही उपचार नपाए…
प्यूठानकी तुलसा कुवेतको अस्पतालमा अलपत्र, उद्धार गरिदिन आग्रह
स्वास्थ्यसमाचार/ प्यूठानकी तुलसा जीसी ठूला सपना बोकेर २०७४ सालमा वैदेशिक रोजगारीको लागि कुवेत पुगिन् । घरको आर्थिक अवस्था उकास्दै जीवनयापनमा सहजता ल्याउन कुवेत पुगेकी उनी अहिले अलपत्र छिन् । स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेकी छिन् । ब्रेन ह्यामरेज भएपछि कुवेतको कुवेत अदान अस्पतालको पीआइसीयूमा उनको उपचार भइरहेको छ । घाँटीबाट पाइप लगाइएको छ भने उनको आधा ज्यान नचल्ने अवस्थामा छ । उनी २०७४ सालमा भारतबाट हाउसमेटका लागि कुवेत गइन् । दुई वर्षको भिषा लगाएर कुवेत पुगेकी उनी भनिएको घरमा काम गर्न निकै गाह्रो…
दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेशको नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई…
सिद्धार्थनगर पालिकामा सुत्केरीलाई कोसेली दिदै उपप्रमुख घरघरमा
स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ । सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहिया स्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसगँ कोसेली भेट गरेकी छिन् । कोसेली झोला सहित घर घरमा पुगेर आमाहरुलाई कोसेली दिदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थयका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् । नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन…
हप्तामा ४० घण्टा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने
स्वास्थ्यसमाचार/ सरकारले साप्ताहिक ४० घण्टा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने भएको छ । सत्तारुढ दलहरूले सोमबार न्यूनतम साझा कार्यक्रममा सार्वजानिक गर्दै चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने जनाएको छ । सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा दलहरूले चुनावी घोषणापत्रका वाचा पनि समेटिएका छन् । सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतनामा अभिवृद्धि र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद…
बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो
नेपालगन्ज /बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् ।सोमबारसम्म २१ सय १९ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको हो । उपमहानगरको १, ५, ७, ८, ९,…
रक्षा आयुर्वेदिक औषधालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल र रक्षा आयुर्वेदिक औषधालयको संयुक्त आयोजनामा आयोजीत उक्त निःशुल्क स्वास्थ्य शिविरमा २ सय १३ जनाले स्वास्थ्य सेवा लिएका छन् । एक दिने स्वास्थ्य शिविरमा पाईल्स फिसर, फिस्टुला, पेट सम्बन्धी रोग र हार्डजोर्नी तथा नसा बाथको चेकजांच गरिएको थियो ।विशेष गरेर तिलोत्तमा नगरपालकालाई मध्येनजर गरी स्वास्थ्य शिविरको आयोजना गरिएको राष्ट्रिय आयुर्वेदिक एशोसिएसन नेपालका उपाध्यक्ष शालिकराम भुसालले जानकारी गराए । तिलोत्तमा नगर क्षेत्रलाई विशेष महत्व दिईएपनि स्वास्थ्य चेकजौच तथा उपचारका लागि…
जिल्ला स्वास्थ्य कार्यालय पाल्पा सहित उत्कृष्ट चार कार्यालय पुरस्कृत
स्वास्थ्यसमाचार/ जिल्ला प्रशासन कार्यलय पाल्पाले उत्कृष्ट कार्यालयको रुपमा स्वास्थ्य कार्यालय पाल्पालाई पुरस्कृत गरेको छ। जिल्ला प्रशासन कार्यालय, पाल्पा ले जिल्लामा स्वास्थ्य सेवाका प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालनमा स्थानीय तहहरु संग निरन्तर सहकार्य, समन्वय, नियमित खोप तथा कोभिड १९ विरुद्धको प्रथम चरणका खोप कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी जन स्वास्थ्य सुरक्षाका क्षेत्रमा पुयाउनु भएको योगदानको उच्च कदर गर्दै त्यस कार्यालयलाई आ.ब. २०७२/ ८० को अर्धवार्षिक जिल्ला उत्कृष्ट कार्यसम्पादनका स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरी, पुरस्कृत तथा सम्मान गरिएकोे प्रजिअ पन्तले जानकारी दिनुभयो । स्वास्थ्य कार्यलय सैगै उत्कृष्ट कार्यालय प्रमुखको रुपमा जिल्ला…