डा .रमेश सिंह भण्डारीको नेतृत्वमा नेपाली डाक्टरहरुको मात्र संलग्नतामा टिचिङमा कलेजो प्रत्यारोपण सफल

स्वास्थ्यसमाचार/विदेशी विशेषज्ञको सहयोग विना मुलुक कै विशेषज्ञहरूको प्रयासले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालको टोलीले आफ्नै क्षमतामा सफलता पूर्वक कलेजो प्रत्यारोपण गरेका हुन ।

उक्त कलेजो प्रत्यारोपण कर्ता ४१ वर्षीय पुरुष बिहीवार शिक्षण अस्पतालबाट डिसचार्ज समेत भएका छन् । नाताले श्रीमती रहेका ४० वर्षीय महिला दाता भने यस अघि नै १० दिनको अस्पताल बसाइ पछि डिसचार्ज भएका थिए ।

कलेजो प्रत्यारोपण शल्य चिकित्सक प्रा डा रमेश सिंह भण्डारीको नेतृत्वमा भएको उक्त प्रत्यारोपण २१ दिन अघि अर्थात् गत पुस २७ गते ६० जना नेपाली चिकित्सा कर्मी को टोलीले झन्डै १२ घन्टा लगाएर सम्पन्न गरेका थिए ।

‘अब हामी ले कलेजो प्रत्यारोपण गर्न विदेशी विशेषज्ञको सहयोग कुर्नु पर्दैन’, डा भण्डारीले  भने–‘नेपाल मा नेपाली विशेषज्ञहरू आफ्नै क्षमताले सामान्य कलेजो प्रत्यारोपण गर्न सक्ने भएका छन । अर्थात हामीले कलेजो प्रत्यारोपण क्षमतामा आत्म निर्भरता हासिल गरेका छौं ।’

डा भण्डारीले शिक्षण अस्पतालमा २०७२ साल देखी नै कलेजो प्रत्यारोपण को तयारी थालिए पनि ८ वर्ष पछि आत्मनिर्भर भएको बताए । यस अघि शिक्षण अस्पतालको टोलीले भारतीय विशेषज्ञ चिकित्सकको सहयोग लिएर १० वटा कलेजो प्रत्यारोपण गरि सकेको छ । हाल मुलुकमा एउटा कलेजो प्रत्यारोपण गर्न २५ देखि ३५ लाख सम्म खर्च हुने गरेको समेत डा भण्डारी बताउँछन् ।

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण करिब ७ वर्ष अघि शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दक्षिण कोरियाली कलेजो प्रत्यारोपण विशेषज्ञको सहयोगमा केन्द्रका निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा गरिएको थियो ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुलुकको पहिलो कलेजो प्रत्यारोपण भएको झण्डै अढाई वर्ष पछि त्रिवि शिक्षण अस्पतालमा भारतको अपोलो अस्पताल का विज्ञको सहयोगमा डा।भण्डारी नेतृत्वको टिमले पहिलो कलेजो प्रत्यारोपण गरेको हो ।

मुलुकमा शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र वाट शुरु भएको कलेजो प्रत्यारोपण गर्ने प्रकृया हाल त्रिवि शिक्षण अस्पताल हुँदै सीएमसी अस्पताल चितवन र किष्ट मेडिकल कलेज, ललितपुर गरी चार वटा केन्द्र सम्म पुगी सकेको छ ।

हाल सम्म सबै भन्दा बढी मानव अंग प्रत्यारोपण केन्द्रले १८ वटा, त्रिवि शिक्षण अस्पतालले ११ वटा, सीएमसी चितवनले ६ वटा र किष्टले ३ वटा गरी देश भरीमा ३८ वटा कलेजो प्रत्यारोपण भइ सकेको किष्टका कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा।एकानन्द सिंह बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड ले बिहीवार डा।भण्डारी सहितको टिमलाई फेस बुक पेज मार्फत विदेशी विशेषज्ञ को सहयोग विना आफ्नै क्षमताले नेपालमा पहिलो कलेजो प्रत्यारोपण गरेको मा बधाई दिएका छन् ।

प्रधानमन्त्री ले फेस बुकपेजमा भनेका छन्–‘मलाई गर्व र खुशी छ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्य कर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ । उक्त प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्रा डा रमेश सिंह भण्डारी सहितको शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

 

 

सम्बन्धित शिर्षक :